एमाले महाधिवेशन उद्घाटनमा शीर्ष नेता गएनन्

नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सत्रमा शीर्ष राजनीतिक दलका नेताहरु उपस्थित नहुने भएका छन् ।
नेकपा एमालेको ११ औं महाधिवेशन अहिले भक्तपुरको सल्लाघरीमा भइरहेको छ । आजदेखि २९ मंसिरसम्म चल्ने महाधिवेशनमा सहभागी २,२६२ प्रतिनिधिले आगामी पाँच वर्षका लागि पार्टीको केन्द्रीय नेतृत्व चयन गर्नेछन् ।

बिज्ञापन

सोही महाधिवेशनको उद्घाटन शर्तमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाल,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा,रास्वपा पार्टीका कार्यबहाक सभापति लगायका शीर्षस्थ नेता उपस्थित नहुने भएका हुन ।

बिज्ञापन

सो महाधिवेशनमा काँग्रेसले पूर्णबहादुर खड्कालाई पठाउने भएको छ भने नेकपाबाट देव गुरुङ सहभागी हुँदैछन् । यस्तै महाधिवेशनमा सहभागी हुनाका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लव सहभागी भइसकेका छन् । सो महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा सहभागी हुँदै छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी हुँदै छन् ।

एमालेले नेकपा, कांग्रेस, रास्वपासहित १६ दललाई उद्घाटन समारोहमा बोलाएको थियो।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

के हो ‘मौन अवधि’, : उल्लघंन गर्नेलाई हुनेछ यस्तो कारवाही

समीर अर्थात् रसुवाको सम्भावना

आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको थप निर्देशन

मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

परिणामले विश्वास जित्ने मोहन आचार्यको समुन्नत रसुवा यात्रा

उद्योगका तीन कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस

१४३ अस्थायी मतदान केन्द्रबाट ५ लाख ६१ हजार कर्मचारी, सुरक्षाकर्मीले गर्नेछन् मतदान

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट ९ कार्टुन मदिरा र चामलसहितका सामान बरामद

बिशेष