आफ्नै प्रस्तावबाट व्याक भए ओली

आफ्नो अडानबाट हत्तपत्त पछि नहट्ने नेताका रुपमा चिनिएका एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो प्रस्तावबाट व्याक भएका छन्,शुक्रवार ।  ११ औं महाधिवेशनमा नेताहरूको व्यवस्थापन गर्न सकस भए पछि पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउन खोजेका थिए । यस अघि १९ पदाधिकारी रहेको एमालेले गत भदौंमा विधान अधिवेशनबाट पदाधिकारीको संख्या घटाएर १५ मा झारेको थियो । यस्तै स्थायी कमिटी नराख्ने, केन्द्रीय कमिटीको संख्या घटाएर २५१ बनाउने निर्णय गरेको थियो ।

बिज्ञापन

विद्दान अधिवेशनले गरेका निर्णयका कारण पदाधिकारी व्यवस्थापनमा सकस भएसँगै ओलीले पदाधिकारी संख्या बढाउने, केन्द्रीय समिति बढाउने तयारी गरेका थिए । सोही प्रस्तावबाट ओली व्याक भएका हुन । अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव गरी १५ सदस्य रहने व्यवस्था विधानमा गरेको थियो । तर, सचिवालय बैठकमा ओलीले १९ पदाधिकारी नै बनाउने प्रस्तावमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईले असहमति जनाएसँगै ओली आफ्नो अडानबाट व्याक भएका हुन ।

बिज्ञापन

०७८ मा भएको महाधिवेशनले अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव गरी १९ सदस्यीय पदाधिकारी चुनेको थियो । १९ पदाधिकारीमा फर्काउने ओलीको चाहना सचिवालय बैठकबाट अस्वीकृत भएको छ ।

नेकपा एमालेले ११ औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा र बाँकी कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो ।

बिज्ञापन

महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको एमालेले जनाएको छ ।

महाधिवेशनमा अध्यक्ष ओलीसँग बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिष्प्रर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

समीर अर्थात् रसुवाको सम्भावना

आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको थप निर्देशन

मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

परिणामले विश्वास जित्ने मोहन आचार्यको समुन्नत रसुवा यात्रा

उद्योगका तीन कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस

१४३ अस्थायी मतदान केन्द्रबाट ५ लाख ६१ हजार कर्मचारी, सुरक्षाकर्मीले गर्नेछन् मतदान

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट ९ कार्टुन मदिरा र चामलसहितका सामान बरामद

रसुवामा ठेकेदारहरूको राजनीतिक सञ्जाल

बिशेष