जब प्रधानमन्त्रीले सुदन गुरुङलाई ‘मेरो जेठो छोरो’ भनिन्

सुदन गुरुङ तपाईको जेठो छोरो भए अरू घाइते र सहिदहरू चाहिँ यो देशका छोरा होइनन् ?

बिज्ञापन

प्रधानमन्त्री कार्यालयमा,प्रधानमन्त्रीकै अगाडि केही जेन्जीले यसरी प्रश्न राखेनन्,मात्र त्यहाँ सम्झौतापत्र च्यात्ने र उडाउनेसम्मका दृश्यहरु देखिए ।जेन जी आन्दोलनलाई संस्थागत मान्यता दिन सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सम्झौतामा हस्ताक्षर हुनु अगाडिको लफडा हो यो ।

बिज्ञापन

घटना हिजो साँझ ७ बजे पछिको हो । जेनजी र सरकारबीच ऐतिहासिक सम्झौता गर्ने कार्यक्रम राखिएको थियो । सोही कार्यक्रमको माहोल भने सुखद रहेन । सरकार र जेनजीका प्रतिनिधीबीच भएको सम्झौताप्रति जेनजीकै समूहबीच विवादमा उत्रिए,त्यो पनि प्रधानमन्त्री कार्यालयमा,प्रधानमन्त्रीकै अगाडि ।

गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हा, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताका अलाव मुख्य सचिव सुमनराज अर्याल, प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव आदर्श कुमार श्रेष्ठ, मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमल्सिना सरकारी तर्फबाट सहभागी थिए ।

बिज्ञापन

जेनजीको तर्फबाट सुधन गुरुङ, रक्षा बम, साङ्केन राई, जनक नेपाली, अपेक्षा तुलाधर, प्रदीप पाण्डे, राजेन्द्र अधिकारी, मोनिका न्यौपाने, आशिष राई, जीवन कार्की, पेमा वाङ्बो लामा, अनुपा खनालले प्रतिनिधित्व रहेको थियो । त्यहाँ केही नागरिक अगुवाहरु पनि उपस्थित थिए ।

प्रधानमन्त्री र शहीद, घाइते तथा जेनजीका प्रतिनिधिबीच सम्झौता पत्रमा हस्ताक्षर हुनुअगाडि सम्झौता पत्र वाचन गरेर सुनाउने कार्यक्रम थियो। जेनजीका प्रतिनिधि, शहीद परिवार र घाइतेलाई सम्झौताको प्रतिलिपि बाँडियो। प्रधानमन्त्री सुशीला कार्की कुर्सीमा आएर बसिन्। तर, माहोल एकाएक बिग्रन थाल्यो।

संविधान पुनर्लेखन र शासकीय स्वरुपबारे असहमती जनाउँदै जेनजी मुभमेन्ट नेपालका अजय सोडारीले सम्झौता पत्र हस्ताक्षरस्थलमै सम्झौता च्यातेका थिए। जेनजी मुभमेन्ट नेपालका रवि किरण हमालले पनि सम्झौता पत्र च्यातेर फालेका थिए। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सरकार र जेनजीबीच ऐतिहासिक सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको थियो। तर सोही कार्यक्रममा तनावको वातावरण समेत उत्पन्न भयो, त्यो पनि प्रधानमन्त्री सुशीला कार्कीकै अगाडि ।

प्रधानमन्त्रीकै अगाडि उपस्थित युवाहरूको एउटा समूहले सम्झौतालाई ‘धोका’, ‘नाटक’ र ‘षड्यन्त्र’ को संज्ञा दिँदै चर्को विरोध गरेका हुन् । विरोधमा उत्रिएका युवाहरूले सम्झौता आम आन्दोलनकारीको भावना विपरीत केही सिमित व्यक्तिले बन्द कोठामा तयार पारेको आरोप लगाएका छन्। उनीहरूले भने, सीमित मान्छेको ड्राफ्ट र हस्ताक्षर हामीलाई मान्य छैन। ९४ लाख जेनजी भएको देशमा २,४ जनालाई बोलाएर गरिएको सम्झौता आन्दोलन तुहाउने षड्यन्त्र हो ।
प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा वार्ता टोलीका सदस्य सुदन गुरुङलाई ‘मेरो जेठो छोरो’ भनेर सम्बोधन गरेको विषयलाई पनि असन्तुष्ट पक्षले मुद्दा बनाए। उनीहरूले प्रश्न गरे,सुदन गुरुङ उहाँको जेठो छोरो भए अरू घाइते र सहिदहरू चाहिँ यो देशका छोरा होइनन् ?
माहोलका कारण कार्यक्रमै अगाडि बढ्न नसकेपछि जेनजी मन्त्री बब्लु गुप्ता आफैँ उठेर होहल्ला भएको ठाउँतिर आएर सम्झाउने प्रयास गरिरहेको दृश्य देखिन्थ्यो । उनी सम्झाएर कुर्सीमा फर्किन्थे, यता हल्ला भइहाल्थ्यो। गृहमन्त्री ओमप्रकाश अर्याल नजिकै बसेका सुधन गुरुङ माहोल हेरेर बेचैन देखिन्थे। उनी कुर्सीबाट उठेर सबैलाई चुप बस्न हातले इशारा गरेर बसे। तर, माहोल शान्त भएन। केही जेनजीले सम्झौता मस्यौदा च्यातेर सिलिङतिर उडाए। प्रधानमन्त्री कार्की शान्त भएर हेरिरहिन्।

यद्यपि तनावका बिच ‘जेनजी’ आन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच १० बुँदे सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । तनाव यति लम्बियो कि प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन सकेपछि समेत कार्यक्रम स्थलमा होहल्ला र नाराबाजी भइरह्यो ।

विरोधका बाबजुद कार्यक्रममा १० बुँदे सम्झौता पत्र वाचन गरिएको थियो। जसमा आन्दोलनका क्रममा सहिद भएकालाई सहिद घोषणा गर्ने, घाइतेको उपचार गर्ने, भ्रष्टाचार नियन्त्रण र निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन सुझाव आयोग गठन गर्ने, पूर्ण समानुपातिक समावेशी सिद्धान्त लागु गर्ने लगायतका विषय उल्लेख छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नासु र खरिदारको सरुवा स्थगित,बढुवामा ‘तरमारा’ वर्गलाई राक्ने प्रयास

जब प्रधानमन्त्रीले सुदन गुरुङलाई ‘मेरो जेठो छोरो’ भनिन्

४१ खरिदार र १३८ नासुसहित १७९ कर्मचारीको सरुवा

अष्ट्रेलिया पुगेका उपसचिवको नेपालमा हाजिर,को- को जाकिन्छन् कीर्तेमा ?

अष्ट्रेलियामा सेकुवा बनाउँदै, नेपालमा तलब खाइरहने सरकारी डाक्टर

त्रिवि अध्यागमनमा अधिकृत र उपसचिवको दरबन्दी थप्ने तयारी

वैदेशिक रोजगार विभागभित्र १३ जना विचौलिया नियन्त्रणमा

डोल्मालाई ८८ करोड कर छुटदिएपछि मौरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज

बिशेष