मुलुकले कहिलेसम्ममा पाउँछ नयाँ प्रधानमन्त्री ?

नयाँ प्रधानमन्त्री नियुक्त हुनका लागि अझैं दुई साता कुनुपर्ने देखिएको छ । निर्वाचन आयोगको सुस्तता र कानुनी पाटोका कारण कम्तिमा चैत्र दोश्रो साता सम्ममा नयाँ सरकार बन्ने स्थिति रहेको जानकारहरु बताउँछन् ।

बिज्ञापन

प्रत्यक्षतर्फ १६५ सिटको नतिजा आइसकेको छ । प्राप्तनतिजानुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२५, नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र स्वतन्त्र उम्मेदवार महावीर पुनले जित हासिल गरेका छन् भने समानुपातिक प्रणालीतर्फको मतगणना तयारी छ । समानुपातिकतर्फ १ करोड ७ लाख ३० हजार मत गणना सकिएको छ । प्राप्त परिणाम अनुसार,रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत पाएको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७, तेस्रो भएको एमालेले १४ लाख ४८ हजार ३१८ र चौथौ भएको नेकपाले ८ लाख ३ हजार ६२७ मत प्राप्त गर्दा म संस्कृति पार्टीले ३ लाख ७८ हजार ५८७ मत पाउँदा छैटौं स्थानमा रहेर थ्रेसहोल्ड कटाएको राप्रपाले ३ लाख २९ हजार ४५७ मत ल्याएको छ ।

बिज्ञापन

नेपालको संविधानका केही धारा र उपधाराहरूमा ‘निर्वाचनको अन्तिम परिणाम’ सम्बन्धी व्यवस्था छ । निर्वाचन आयोगले ‘निर्वाचनको अन्तिम परिणाम’ प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुन्छ । त्यो प्रतिवेदन पाएपछि राष्ट्रपतिले औपचारिक रुपमा निर्वाचनको नतिजा थाहा पाएको मानिनेछ ।

संविधानको धारा ७६(१)मा ‘राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ’ भन्ने व्यवस्था छ । निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम पेश गरेपछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ७६ मा ‘निर्वाचनको अन्तिम परिणाम घोषणा भएको’ एक महिनाभित्र संयुक्त सरकार बनाउनुपर्छ । तर बहुमत प्राप्त दलको सरकारको निम्ति यो शर्तात्मक व्यवस्था मौन छ । नेपालको संविधान २०७२ जारी भएपछि शुरुमै धारा ७६९१० अनुसारको सरकार गठन भएको छैन ।गणतन्त्र पछि नेपालमा पहिलो पटक संविधानको धारा संविधानको धारा ७६ (१) अनुसार सरकार बन्दैछ । यसरी दुई तिहाई बहुमत २०१५ सालमा कांग्रेसले पाएको थियो । त्यसपछि अहिले नै हो, कुनै एउटा दलले दुई तिहाई बहुमत पाएको । २०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले १०९ सिटमध्ये ७४ सिट जितेर दुई तिहाइ ल्याएको थियो । त्यसयता कुनै पनि दलले यो सफलता दोहोर्याउन सकेका छैनन् ।

बिज्ञापन

त्यो व्यवस्था अनुसार, रास्वपाले चयन गर्ने संसदीय दलको नेता प्रधानमन्त्री बन्नेछन् । रास्वपाले बालेन शाहलाई प्रधानमन्त्री बनाउने घोषणा गरी निर्वाचनमा होमिएको थियो । चैत्र पहिलो साता भित्र रास्वपाले वालेन साहलाई संसदीय दलको नेता चयन गर्नेछ ।

निर्वाचन आयोगका अनुसार,अन्तिम निर्वाचन नतिजा पेश भएलगत्तै सार्वजनिक हुने २७५ जना सांसदहरूको सूचीबाट जेष्ठ सदस्यको टुंगो लाग्नेछ । सम्भवत नेपाली काँग्रेसका अर्जुन नरसिंह केसी नै जेष्ठ सदस्य बन्नेछन् । उनैले शपथका प्रक्रिया थाल्नेछन् । त्यसपछि रास्वपाको संसदीय दलको बैठकले राष्ट्रपतिलाई प्रधानमन्त्रीको सिफारिस गर्ने बाटो खुल्नेछ । निर्वाचन आयोग, संघीय संसद अनि राष्ट्रपति कार्यालयका पदाधिकारीहरूका अनुसार, ढिलोमा पनि दुई हप्तामा नयाँ प्रधानमन्त्री नियुक्ति हुने टुंगो लाग्नेछ, त्यसपछि प्रधानमन्त्रीको सिफारिसमा अरू मन्त्रीहरू चयन भइ मन्त्रीमण्डल गठन हुनेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आयल निगममा करोडौँ बुझाएर जुनियर र फरक समूहका कर्मचारी बने डिपो प्रमुख, अख्तियार मौन

मुलुकले कहिलेसम्ममा पाउँछ नयाँ प्रधानमन्त्री ?

भावी प्रधानन्यायधीशका लागि ६ जनाको संवैद्यानिक परिषद्मा सिफारिस,कस्ले मार्लान बाजी ?

कर्मचारीको सेवासुविधा दोब्बर नगरे प्रशासन चल्दैन : पन्थी

प्रतिनिधि सभामा निर्वाचित १६५ सांसदमध्ये सबैभन्दा पाका टेकबहादुर गुरुङ

नक्कली सर्टिफिकेटमा बढुवा, अख्तियारले चलायो मुद्दा

काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थ तहमा

सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, मन्त्रिपरिषद् नबस्दा निर्णय रोकियो

बिशेष