महालेखा नियन्त्रकको कार्यालयले ५१ जना लेखा अधिकृतहरूको पदस्थापन गरेको छ । लोकसेवा आयोगको योग्यताक्रमलाई ६० प्रतिशत र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिषठनको तालिमको नतिजाका आधारमा २०- २० प्रतिशत भार कायम गरी निर्धारण गरिएको योग्यताक्रमका आधारमा सम्बन्धित कर्मचारीबाट रिक्त कार्यालय छनौंट गराई ५१ जना लेखा अधिकृतको बिहिबारको निर्णय अनुसार पदस्थापना गरिएको महालेखाले जनाएको छ । पदस्थापनको सूची […]

बिहिबार दिँउसो गृहमन्त्री रमेश लेखकले दुई सहसचिवको महाशाखा हेरफेर गरे ।  प्रशासन महाशाखाका प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका झक्क प्रसाद आचार्यलाई कर्मचारी प्रशासन महाशाखाबाट नीति योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखामा सारेर उक्त महाशाखामा छवि रिजाललाई ल्याएका छन् । यस अघि चितवन स्थित सिमलताल दुर्घटना अध्ययन कार्यदलको संयोजन गरेका थिए । यसअघि प्रशासन महाशाखा प्रमुख रहेका झक्क […]

सरकारले तीन जिल्लाका सिडिओको सरुवा भएको छ । बिहीबार अवेर बसेको मन्त्रिपरिषद्को बैठकले ५९ जना सहसचिवहरुको सरुवा गर्दा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवामा परेका छन् । सरुवाको सूची अनुसार सिन्धुली,अर्घाखाँची र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीहरु सरुवामा परेका हुन । अहिले सिन्धुलीको प्रमुख जिल्ला अधिकारीको कुर्सीमा छन्, भरत खनाल छन् उनी २०८० पुष ५ मा […]

सरकारले परराष्ट्र सचिव सेवा लम्साललाई राजदूतमा सिफारिस गरेको छ । हिजो अबेर बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियम पठाउन लागेको हो । ०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिवका रुपमा रेकर्ड राख्ने कर्मचारी हुन । ८ महिना मन्त्रालयको सचिव चलाएपछि उनलाई राजदूतको जिम्मेवारी दिएर पठाउन लागेको हो । […]

उत्तम कटुवाल, कर्मचारी वृत्तमा परिचित नाम हो । कर्मचारीका हक हितका लागि निरन्तर लडिरहेका एक कमाण्डर कटुवाल नेपाल निजामती कर्मचारी युनियनको बरिष्ठ उपाध्यक्ष हुन् । वरिष्ठ उपाध्यक्ष कटुवालसँग विभिन्न सेरोफेरोमा रहेर गरेको कुराकानीको अंशः ० निजामती कर्मचारी युनियन पछिल्लो समय केमा व्यस्त छ ? सरकारले तोकेको मर्यादाक्रम एवम् पदसोपान बमोजिम निजामती सेवामा तलबभत्ता समायोजन हुनुपर्ने […]

सरकारले परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो । लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी थिइन् । उनी परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव हुन् ।डिप्लोम्याट अफिसरहरुका लागि न्युयोर्कस्थित राष्ट्रसंघीय नियोग, अमेरिका, भारत, चीन, […]

सरकारले एकै पटक पाँच दर्जन सह सचिवहरुको सरुवा गरेको छ । बिहीबार राती बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय,विभाग,आयोगमा कार्यरत सह सचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो । यस अघि माओवादी नेतृत्व रहँदा आन्तरिक राजश्व विभाग,राजश्व अनुसन्धान विभान,सम्पत्ति शुद्धीकरण,भन्सार विभाग,पर्यटन विभाग लगायतका ठूला र आकर्षक कार्यालयमा पुगेका माओवादी निकट सहसचिवहरु फिर्ता गरिएको छ । ती निकायमा काँग्रेस […]

निजामती कर्मचारी युनियनका बरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले सरकारले तोकेको मर्यादाक्रम एवम् पदसोपान बमोजिम निजामती सेवामा तलबभत्ता समायोजन हुनुपर्ने बताएका छन् । पछिल्लो क्याविनेट बैठकले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरुको तलब बढाउनेबारे गृहकार्य अगाडि बढाएको सम्बन्धमा उनले फ्रन्ट डेस्कमा काम गर्ने राजपत्रअनंकित कर्मचारीहरुको समेत तलब समायोजन गरिनुपर्ने बताएका हुन । सर्वोच्च अदालतले […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहिबार एक जना लेखा अधिकृत र अर्काे कम्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्धा चलाएका छ । अख्तियारले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइराला र यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो । अख्तियारले क्यान्सर अस्पतालको लेखा अधिकृत कोइरालाले औषधि आपूर्तिको […]

प्रधानमन्त्री केपी शर्मा ओलील कीर्तिमानी राख्ने खालका ठोस योजना ल्याउन मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यन्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य मुख्य कामबारे आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा उनले मन्त्री र सचिवहरुलाई कीर्तिमानी राख्ने खालको ठोस […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।