अष्ट्रेलियामा सेकुवा बनाउँदै, नेपालमा तलब खाइरहने सरकारी डाक्टर

काठमाडौँ — सरकारी कार्यालयमा ‘कागजमै हाजिरी, घरमै सेवा’ भन्ने गुनासो सामान्यजस्तै छ । तर ललितपुरस्थित पशु सेवा विभागमा देखिएको ताजा उदाहरणले — प्रणाली कति चरमरिएको छ भन्ने झनै स्पष्ट पारेको छ ।

बिज्ञापन

 

बिज्ञापन

विभागका वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरे अष्ट्रेलियामा बसेर सेकुवा कर्नर सञ्चालन गर्दै आएका छन् । उनी २०८१ चैत २८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत अष्ट्रेलिया पुगेका थिए । त्यसपछि उनको कार्यालय फिर्ता भएको कुनै तथ्य छैन । तर विभागको हाजिरी रेकर्डमा भने उनी नियमित रूपमा कार्यालय आउने कर्मचारीजस्तै देखिन्छन् ।

 

बिज्ञापन

विभाग स्रोतका अनुसार घिमिरे आफ्नो अनुपस्थितिमा अन्य कर्मचारीमार्फत हाजिरी गराइरहेको आशंका दाबीभन्दा पनि प्रमाणितजस्तै देखिएको छ । हाजिरी रेकर्डमा भेटिएका हस्ताक्षर फरक–फरक छन् । कतिपय दिनका हस्ताक्षरले एउटै व्यक्ति नभई कसैले नक्कल गरेको स्पष्ट संकेत गर्छ ।

 

अझै गम्भीर कुरा—महिना–महिना घिमिरेले आफ्नो तलब तथा अन्य सुविधा नियमित रूपमा बटुल्दै आएका छन् । विभागभित्रै भएको हेरफेर, हाजिरी मिलाउन सहयोग, र निगरानी कमजोरी मिलेर घिमिरे जस्ता कर्मचारीले सरकारी कोषबाट खुलेआम दुरुपयोग गर्न सहज भएको देखिन्छ ।

 

घिमिरेको नाममा अनुपस्थित भए पनि उपस्थित देखिएको, कार्यलयीन दस्ताबेजमा मिलावट भएको, र वित्तीय लाभ निरन्तर उठाइरहेको प्रमाणहरू भेटिनुले—यो सामान्य त्रुटि नभई योजनाबद्ध बदमासी भएको स्पष्ट संकेत गर्छ ।

 

यति स्पष्ट प्रमाण हुँदाहुँदै विभागबाट कुनै औपचारिक कारबाही प्रक्रिया सार्वजनिक भएको छैन । सरकारी सेवा ऐन तथा आचार–संहिता अनुसार यो गम्भीर दण्डनीय मुद्दा पर्न सक्छ । तर यस्ता घटनामा विभाग आफैं मौन बस्ने परम्पराले दण्डहीनताको संस्कृति झनै मौलाइरहेको देखिन्छ।

यो प्रकरणले सरकारी कार्यालयहरूमा डिजिटल हाजिरी, वास्तविक निगरानी, र कर्मचारीको भौतिक उपस्थिति प्रमाणित गर्ने प्रक्रिया कति कमजोर छ भन्ने देखाएको छ ।

विदेश बसेर ‘सेकुवा कर्नर’ चलाउने एक कर्मचारीलाई नेपालका करदाताको पैसाबाट तलब वितरण हुनु—प्रणालीगत चरमरावटको निकै ठोस उदाहरण हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मतदान अधिकृत घिमिरेको निधन, मतदानस्थल नपुग्दै जीवनयात्रा अन्त्य

यस्तो मतदान केन्द्र : जहाँ छन् ३९ मतदाता, भोट हाल्ने एकजना, खटिए १३ कर्मचारी

के हो ‘मौन अवधि’, : उल्लघंन गर्नेलाई हुनेछ यस्तो कारवाही

आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको थप निर्देशन

मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

परिणामले विश्वास जित्ने मोहन आचार्यको समुन्नत रसुवा यात्रा

उद्योगका तीन कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस

१४३ अस्थायी मतदान केन्द्रबाट ५ लाख ६१ हजार कर्मचारी, सुरक्षाकर्मीले गर्नेछन् मतदान

बिशेष