समस्याग्रस्त सहकारीका पदाधिकारीहरु हटाउने तयारी,सोधियो स्पष्टीकरण

सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारीहरूलाई बर्खास्त गर्ने तयारी गरेको छ ।
यसरी हटाउन खोजिएको पदाधिकारीहरुमा व्यवस्थापन समितिका अध्यक्ष श्रीमणकुमार गौतम, सदस्यहरू उद्धवप्रसाद तिमिल्सेन, ललिताकुमारी महर्जन, ध्रुव आचार्य र महेशप्रसाद काफ्ले लगायत छन् । सहकारी महासंघबाट प्रतिनिधित्व गरिरहेका काशिचन्द्र बराललाई भने स्पष्टीकरण सोधिएको छैन । अदालतबाट अवकाश पाएपछि श्रीमण ०८१ वैशाखमा उक्त कार्यालयको प्रमुखको जिम्मेवारीमा थिए । अन्य सदस्यहरु केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले नियुक्त भएका हुन त्यही राजनीतिक रङ्ग दिएर यो टोलीलाई हटाउन लागिएको हो ।
०८१ वैशाखमा उनीहरूलाई २ वर्षका लागि नियुक्त भएका पदाधिकारीहरुको काम सन्तोषजनक नभएको भन्दै हटाउन लागिएको हो ।
त्यसका लागि मंसिर ८ गतेको मन्त्रिपरिषद बैठकबाट पदाधिकारीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको थियो । निर्णयबमोजिम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले १० गते १२ बुँदे स्पष्टीकरण सोधेको थियो । सरकारले २३ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ ती सहकारीबाट ६२ हजार ७६० जना बचतकर्ताले ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७१० रूपैयाँ फिर्ता पाएका छैनन् । श्रीमणको समूहले उक्त समस्याग्रस्त सहकारीको नेतृत्व सम्हालेको यो अवधिसम्ममा तीन अर्ब २९ करोड मिलान र वचत फिर्ता भएको छ भने करिब चार हजार वचतकर्ताको सबै भुक्तानी भइसकेको छ । ५६ हजारले आशिक रुपमा वचत रकम भुक्तानी पाइसकेका छन् ।
यस अघिका पाँच जना अध्यक्षको कार्यकालमा भन्दा श्रीमणको अढाइ बर्ष कार्याकालमा धेरै काम भएको देखिने मन्त्रालयका अधिकारीहरु बताउँछन् । श्रीमणको टिमले गरिरहेको कामका कारण सहकारीमाराहरुको निदहराम भएसँगै ती पदाधिकारीहरुलाई हटाउन खोजिएको बताइन्छ ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष