वैदेशिक रोजगार विभागभित्र १३ जना विचौलिया नियन्त्रणमा

काठमाडौँ — वैदेशिक रोजगार विभागभित्र अवैध क्रियाकलापमा संलग्न १३ जना विचौलियालाई पक्राउ गरिएको छ। विभागका कर्मचारी र ड्युटीमा खटिएका प्रहरीको संयुक्त टोलीले मिति २०८२।०८।२४ गते दिउँसो करिब २:३० बजे विभाग परिसरमै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

बिज्ञापन

विभागका अनुसार पक्राउ परेकाहरूले सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाउँदै अनलाइन फाराम भरी दिने, श्रम स्वीकृतिका काम सहज गरिदिने, ठगिएको रकम असुल गरिदिने जस्ता बहानामा मोलमोलाइ गर्दै हैरान पार्ने गरेका थिए। सो क्रममा सम्झाइ–बुझाई गर्दा समेत उनीहरूले उल्टै कर्मचारी तथा सुरक्षाकर्मीमाथि अपशब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए।

बिज्ञापन

विभागले आरोपितहरूले सरकारी कामकारबाहीमा बाधा पुर्‍याउने अभद्र व्यवहारसमेत गरेको जनाएको छ। पक्राउ परेकाहरूलाई कानुनअनुसार आवश्यक कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा बुझाइएको विभागले जानकारी दिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मतदान अधिकृत घिमिरेको निधन, मतदानस्थल नपुग्दै जीवनयात्रा अन्त्य

यस्तो मतदान केन्द्र : जहाँ छन् ३९ मतदाता, भोट हाल्ने एकजना, खटिए १३ कर्मचारी

के हो ‘मौन अवधि’, : उल्लघंन गर्नेलाई हुनेछ यस्तो कारवाही

आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको थप निर्देशन

मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

परिणामले विश्वास जित्ने मोहन आचार्यको समुन्नत रसुवा यात्रा

उद्योगका तीन कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस

१४३ अस्थायी मतदान केन्द्रबाट ५ लाख ६१ हजार कर्मचारी, सुरक्षाकर्मीले गर्नेछन् मतदान

बिशेष