प्रशासन
गृह मन्त्रालयले एकै पटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गर्दै छ । यस अघि माओवादी सरकार र माओवादीका गृहमन्त्री रहँदा खटिएका प्रमुख जिल्ला अधिकारीहरुलाई फिर्ता बोलाउने र केही रिक्त रहेका जिल्लासहित ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारीहरुको हेरफेरको गृहकार्य गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले सहसचिव तहका दरबन्दी रहेका काठमाडौं, ललितपुर,भक्तपुर, पर्सा, रूपन्देही, कपिलवस्तु, […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा लगेका भ्रष्टाचार मुद्धामा करिब ९२ प्रतिशत उल्टदै आएको छ र ८ प्रतिशत हाराहारी मुद्धामा मात्र विशेषले सदर गरी उनीहरु उपर भ्रष्टाचार मुद्धामा सजाय सुनाएको देखिन्छ । ठूला मागदावी भएका अधिकांश मुद्धामा अख्तियार चिप्लदै आएको छ । अनि २० हजार,३० हजार,पचास हजार घुसका मुद्धामा विशेषले उनीहरुलाई दोषी करार गर्दै आएके छ […]
सरकारी कर्मचारी तथा निकायहरूमा हुने बेथितिमा लगाम लगाउने दायित्व बोकेको निकाय हो‑राष्ट्रिय सतर्कता केन्द्र । अन्य मन्त्रालय,निकाय वा कार्यालयका कर्मचारीहरुले कानुन र नियम विपरित काम गरे उनीहरुलाई कारवाही प्रक्रिया अगाडि बढाउने निकाय पनि हो यो । तर यही निकायमा बस्ने ठालू कर्मचारीहरुले सरकारी नियम कानुनको धज्जी उडाएर सरकारी स्रोत सम्पत्तिमा रजाई गरिरहेको भेटिएको छ ।सरकारी […]
०७५ सालमा कर्मचारी समायोजन गरिँदा स्वास्थ्यमा भद्रगोल कायम थियो । यही भद्रगोल मिलाउन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले विशेष चासो देखाएका छन् । संघीय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७५ चैतमै कर्मचारी समायोजन सकिएको घोषणा गरे पनि स्वास्थ्यकर्मीहरूको समायोजन ६ वर्षसम्म भद्रगोलको अवस्था छ । कर्मचारी समायोजन ऐन, २०७५ वमोजिम विभिन्न स्थानीय तहमा समायोजन तथा […]
सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका कारण अवकाश दिने व्यवस्था तत्काललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसमेत २१ जनाले दायर गरेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासले उक्त आदेश दिएको छ । श्रेष्ठलगायतका प्रहरी अधिकृत तथा कर्मचारीहरु यहि भदौमा विद्यमान नियमानुसार अवकाशमा जानुअघि सर्वोच्चको उक्त आदेश आएको हो । […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको जगत्रदेवी स्वास्थ्य चौकीमा कार्यरत अहेव हिमा डुम्रे न्यौपानेको नकाली प्रमाण पत्र रहेको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले न्यौपानेको एसएलसीको शैक्षिक योग्यताको प्रमाण-पत्र नक्कली रहेको भन्दै मुद्धा दायर गरेको हो । न्यौपानेले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट हाइस्कुल तहको झुट्टा शैक्षिक प्रमाण-पत्र पेश गरी […]
यस आर्थिक वर्षका लागि ७५९ जना निजामती कर्मचारीले सरुवा माग गरेका छन्। अन्तरमन्त्रालय र निकाय सरुवाका लागि उनीहरुले सामान्य प्रशासन मन्त्रालयसँग सरुवा माग गरेका हुन्। मन्त्रालयका संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन महाशाखा हेर्दै आएका उपसचिव कमल भट्टराईका अनुसार हालसम्म सरुवाका लागि ७५९ कर्मचारीले आवेदन दिएको जानकारी दिए। यसरी आवेदन पेश गर्नेमा खरिददार तहदेखि उपसचिव तहसम्मका […]
१० महिना अघि प्रतिबन्ध लागेको सामाजिक सञ्जाल टिकटक विहिबारदेखि खुल्ने भएको छ । प्रचण्ड सरकारले २७ कात्तिक २०८० मा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । उक्त टिकटकमाथिको प्रतिवन्ध ओली सरकारले खोल्न लागेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार मन्त्री पृथ्वीसुब्बा गुरुङले […]
प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै २१ प्रहरी अधिकारीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाई हुँदै छ । वरिष्ठ प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ प्रहरी अधिकारीले दायर गरेको रिटमाथि सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा पेसी तोकिएको छ । न्यायाधीश फुयालको इजलासमा (ख) नम्बरमै पेशी परेको छ । बुधबार […]
सहसचिव दरबन्दी रहेका पाँच वटा महत्वपूर्ण निकाय रिक्त छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतकै दुई र गृह मातहतका तीन जिल्लामा सरकारले सहसचिवलाई जिम्मेवारी दिएर पठाउन सकेको छैन । सरकारले एकै पटक ५९ सहसचिवको सरुवा गर्दा राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्र बहादुर बुढा र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई खेदिएको छ । प्रचण्ड सरकार हुँदा […]