काठमाडौँका सडकमा ‘नो कम्प्रोमाइज’ नीति लागू

सडक डिभिजन काठमाडौँका प्रमुख सुबोध कुमार देवकोटाले पदभार सम्हालेसँगै उपत्यकाका सडक व्यवस्थापनमा व्यापक सुधारको अभियान अघि बढाएका छन्। खर्च कटौतीदेखि आन्तरिक शुद्धिकरण, खाल्डाखुल्डीमुक्त अभियान, प्रविधिमार्फत नागरिक सहभागिता र निर्माण गुणस्तरमा कडाइ गर्दै उनले परिणाममुखी र जवाफदेही कार्यसंस्कृति स्थापना गर्ने लक्ष्य लिएका छन्।

बिज्ञापन

 

बिज्ञापन

भदौ ३० गतेदेखि जिम्मेवारी सम्हालेका देवकोटाले सबैभन्दा पहिले आन्तरिक व्यवस्थापन सुधारमा ध्यान दिएको बताए। विगतमा अनावश्यक ज्यालादारी कर्मचारी, राजनीतिक पहुँचका आधारमा नियुक्ति र अस्वाभाविक कार्यालय खर्च बढ्दै गएको अवस्थालाई तोड्न असोज १ गतेदेखि कार्यसम्पादनमा प्रत्यक्ष योगदान नदिने ५० जना ज्यालादारी कर्मचारीलाई बिदा गर्ने निर्णय गरिएको उनले जानकारी दिए। यससँगै तेल, मसलन्द, सवारी साधन प्रयोग र ज्यालादारीतर्फ भइरहेको मासिक ५० लाख रुपैयाँभन्दा बढी खर्चमध्ये कम्तीमा ५० प्रतिशत कटौती गर्ने निर्णय गरिएको छ, जसबाट वार्षिक करिब तीन करोड रुपैयाँ सरकारी कोषमा बचत हुने अनुमान गरिएको छ। अब कार्यालयका सवारी साधन अनावश्यक रूपमा प्रयोग गर्न नपाइने र सबै प्रयोग दर्ता प्रणालीमार्फत नियन्त्रित गरिएको छ।

 

बिज्ञापन

देवकोटाले काठमाडौँका सडकलाई खाल्डाखुल्डीमुक्त बनाउने अभियानलाई अर्को प्रमुख प्राथमिकताका रूपमा अघि सारेका छन्। उपत्यकाभित्रका खाल्डाखुल्डीको तथ्यांक संकलनपछि बिहान र बेलुका दुवै समयमा प्राविधिक टोली परिचालन गरी निरन्तर प्याच मर्मत सुरु गरिएको छ। प्रतिकूल मौसमका बाबजुद महाराजगन्ज–बसुन्धरा, बालाजु बाइपास, बालुवाटार, गैरिधारा, नारायणचौर, नागपोखरी, दरबारमार्ग, रत्नपार्क, कालिमाटी, बल्खु, टौदह, चोभार, गौशाला–पशुपति, मित्रपार्क, चुच्चेपाटी, पुरानो बानेश्वर, डिल्लिबजारलगायत मुख्य तथा सहायक सडकमा चिसो र तातो मिश्रण प्रयोग गरी मर्मत कार्य तीव्र पारिएको छ। बालुवाटार क्षेत्रमा सडक भासिएर बनेका ठूला खाल्डा पनि तत्काल मर्मत गरिएको उनले बताए।

 

यस अभियानलाई दीर्घकालीन र संस्थागत बनाउन ‘सडक मर्मत एम्बुलेन्स’ सञ्चालनमा ल्याइएको छ। राजधानीका लागि नयाँ अभ्यास मानिएको यो एम्बुलेन्स ३६५ दिन २४ सै घण्टा तयारी अवस्थामा रहनेछ। खाल्डो देखिएको सूचना प्राप्त हुनासाथ तालिमप्राप्त प्राविधिक टोलीसहित घटनास्थलमा पुगेर छिटोछरितो मर्मत गरिने व्यवस्था मिलाइएको छ। मर्मतका बेला ट्राफिक व्यवस्थापनका लागि चेतावनी बत्ती र सुरक्षा उपकरण प्रयोग गरिनेछ।

 

नागरिक गुनासोलाई प्रविधिमैत्री बनाउने उद्देश्यले मोबाइल एप र हेल्पलाइन सेवा पनि सुरु गरिएको छ। अब नागरिकले सडकको खाल्डाखुल्डीको फोटो खिचेर अपलोड गर्न सक्नेछन् र मर्मतपछि त्यसको अद्यावधिक विवरणसमेत हेर्न सक्नेछन्। यसले कार्यालयलाई नागरिकप्रति प्रत्यक्ष उत्तरदायी बनाउने विश्वास लिइएको छ।

 

ट्राफिक सुरक्षा सुधारका लागि जेब्रा क्रसिङ, रोड मार्किङ र बिग्रिएका ट्राफिक लाइट मर्मतका लागि टेन्डर प्रक्रिया अघि बढाइएको छ। निर्माण तथा मर्मत कार्यको गुणस्तर सुनिश्चित गर्न अबदेखि सडकको प्राविधिक परीक्षण ठेकेदारको सुविधाअनुसार नभई सडक डिभिजन काठमाडौँ, सडक विभागको केन्द्रीय प्रयोगशाला वा पुल्चोक इन्जिनियरिङ क्याम्पसमार्फत मात्र गरिने व्यवस्था लागू गरिएको छ।

 

लामो समयदेखि अलपत्र परेका आयोजनामा पनि कडाइ गरिएको छ। आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८० सम्म सम्झौता भएका तर काम अघि नबढेका २५ वटा रुग्ण ठेक्का सार्वजनिक खरिद ऐन २०६३ अनुसार रद्द गरिएको छ। सन्तोषजनक स्पष्टीकरण नआएपछि ठेक्का तोड्ने निर्णय गरिएको र अब ती आयोजना नयाँ प्रक्रियाबाट अघि बढाइने तथा सरकारी रकम असुली प्रक्रिया सुरु गरिने बताइएको छ।

 

देवकोटाले सडक डिभिजन काठमाडौँलाई राजनीतिक भागबन्डा, आसेपासे, ढिलासुस्ती र अनुत्पादक खर्चबाट मुक्त गर्दै पारदर्शी, परिणाममुखी र जनउत्तरदायी संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य रहेको स्पष्ट पारे। यी सुधारहरू निरन्तर कार्यान्वयन भए राजधानीका सडक व्यवस्थापनमा दीर्घकालीन र सकारात्मक परिवर्तन आउने उनको विश्वास छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गोकर्ण र योगेशले जोगाए ईश्वर पोखरेलको इज्जत

दोहोरो सहमति जुटाउँदा समेत स्थानीय तहका कर्मचारीले पाएनन सरुवा,पुगे अदालत

एमाले महाधिवेशन : ओली प्यानलै अगाडि

नेपाल ट्रस्ट लिज प्रकरण : सचिव उपाध्यायले भने–मुख्य पानामा मेरो हस्ताक्षर छैन

उपमहासचिवमा लेखराज भट्ट र सचिवमा पद्या अर्याल सबैभन्दा अगाडि

एमाले महाधिवेशन : २२३ मत गन्दा अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

कर्मचारीहरु दलालको प्रभावमा परेर काम गर्ने गरेको मन्त्रीको आरोप

काठमाडौँका सडकमा ‘नो कम्प्रोमाइज’ नीति लागू

बिशेष