काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ।
बिज्ञापन
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बस्न लागेको बैठकमा निर्वाचनसम्बन्धी कार्यतालिका र अनुसूचीबारे महत्त्वपूर्ण निर्णय हुने सम्भावना रहेको स्रोतले जनाएको छ। आगामी निर्वाचन प्रक्रियालाई समयमै अघि बढाउने विषयमा छलफल केन्द्रित हुने बताइएको छ।
बैठकको कार्यसूचीमा विभिन्न मन्त्रालयबाट पेस भएका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय पनि समावेश छन्। साथै, प्रशासनिक व्यवस्थापनसँग सम्बन्धित विषय अन्तर्गत आजकै बैठकबाट केही सहसचिवहरूको सरुवा गर्ने तयारीसमेत रहेको जानकारी प्राप्त भएको छ।
सरकारको नियमित कामकारबाहीसँगै निर्वाचन तयारी र कर्मचारी व्यवस्थापनका निर्णयहरू आजको बैठकका मुख्य एजेन्डा रहने अपेक्षा गरिएको छ।

























