रास्वपाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरुको नाम टुंगो लगाउन थालेको छ । रास्वपा स्रोतका अनुसार उपसभापति स्वर्णिम वाग्ले अर्थमन्त्री र शिशिर खनाल परराष्ट्रमन्त्री बन्ने लगभग टुंगो लागेको छ।
बिज्ञापन
रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापतिद्वय डीपी अर्याल र डा स्वर्णिम वाग्ले सहितको छलफलपछि बिहीबार साँझ नै खनाललाई परराष्ट्र मन्त्री बनाउने निर्णय भएको थियो । यस अघि छोटो समय शिक्षामन्त्री बनेका खनाल लगातार दोस्रो पटक प्रत्यक्षर्फ निर्वाचित सांसद हुन् ।यहीबीच गृह मन्त्रीमा सुदन गुरुङको नाम टुंगिएको रास्वपा स्रोतले जनाएको छ । रास्वपा सभापति रवि लामिछानेले उपसभापति डीपी अर्याललाई गृहमन्त्री बनाउन चाहेका थिए भने बालेनले सुनील लम्साललाई अघि सारेका थिए । तर, सुनिलले गृह आफ्नो रुची नभएको बताएपछि सुदनले आफू गृहमन्त्री बन्नुपर्ने अड्डी लिएपछि अन्तत गृहमा दावी गर्दै आएका आएका रवि निकट डीपी अर्यालको नाम सभामुखमा टुंगो लागेको छ । यसैगरी कानुन मन्त्रीमा सोविता गौतमको नाम निश्चित भएको जनाइएको छ ।
यस्तै शिक्षामा सस्मित पोखरेलको नाम टुंगिएको छ ।
मन्त्रीहरुका रुपमा गनेश पौडेल, विक्रम खनाल, निशा डाँगी, गीता चौधरी, सीता बादी लगायत पनि छन् ।
आज दिउँसो साढे १२ बजे बालेनले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । उनीपछि मन्त्रीहरुको पनि शपथ ग्रहण हुने छ । अहिलेसम्म रास्वपाले मन्त्रीहरूको अन्तिम सूची राष्ट्रपति कार्यालयमा पठाएको छैन। बैठक अझै जारी रहेकाले अन्तिम नामावलीमा फेरबदल हुन सक्ने सम्भावना उच्च रहेको छ।


























