कर्मचारीहरु दलालको प्रभावमा परेर काम गर्ने गरेको मन्त्रीको आरोप

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङनामले मालपोतका कर्मचारीहरु दलालको प्रभावमा परेर काम गर्ने गरेको आरोप लगाएका छन् ।

बिज्ञापन

हालैमात्र मन्त्रीमा नियुक्त भएका इङनामले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन) ले आजदेखि आयोजना गरेको साकोस समिट उद्घाटन गर्दै इङनामले यस्तो आरोप लगाएका हुन् ।
उनले देशभरका मालपोत कार्यालय जनताको सेवा गर्नेभन्दा पनि दलालका एजेन्टजस्तो भएर काम गरिरहेको र जनतालाई छिटो, सरल र पारदर्शी सेवा दिनुपर्नेमा मालपोतका कर्मचारी दलालको प्रभावमा परेर काम गर्ने गरेको आरोप लगाए ।

बिज्ञापन

मन्त्री इङनामले सहकारी क्षेत्रमा धेरै समस्या देखिएको स्वीकार गर्दै ती समस्या समाधानका लागि सरकार गम्भीर रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। सहकारीलाई मर्यादित, पारदर्शी र सदस्य–केन्द्रित बनाउन आवश्यक रहेकामा उनले जोड दिए । दुई दिनसम्म सञ्चालन हुने साकोस समिटमा देशभरका ६ सय भन्दा बढी बचत तथा ऋण सहकारी संस्थाका करिब ८ सय प्रतिनिधिको सहभागिता छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष