नेपाल विद्यार्थी संघले  अवैध लाइसेन्स प्रकरणको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । ३० हजार भन्दा बढी अवैध लाइसेन्सको विषयमा यथार्थ छानबिनको माग गर्दै नेपाल विद्यार्थी संघले आइतबार यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई ज्ञापनपत्र बुझाएको हो । संघका केन्द्रीय सदस्य नारायण पाण्डेको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा यातायात व्यवस्था विभागका बहालरत डीजीमाथिसमेत  प्रश्न उठाइएको […]

प्रचण्ड सरकारले सहसचिवमध्ये केही खेदिएर दूरदराजमा पुगे,केही सिंहदरबारमै रहे । यसरी सरुवा गरिएकामध्ये दुर्गममा खटाइएकाहरु अझैं सिंहदरबार छाड्न मानेका छैनन । बरु प्रचण्ड सरकारमा अवसर माथि अवसर पाएका ढुण्डीप्रसाद निरौला सिंहदरबार छाड्न परेन,उनी भन्सारबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगे । यस अघि निरौला नाथमको कार्यकारी निर्देशक भएर काम गरेका थिए । अर्थमन्त्री हुँदा वर्षमान पुनले […]

मधेश प्रदेशको एक मात्र महानगरपालिका हो वीरगन्ज,उक्त महानगरपालिकाको मेयरको जिम्मेवारीमा छन्,राजेशमान सिंह । २७ महिना अघि आफ्नो प्रतिष्प्रर्धी विजयकुमार सरावगीलाई दोब्बर मतान्तरले हराएर निर्वाचित भएका सिंहले यो अवधिमा शिक्षा र स्वास्थ्यको सेवामा महानगरपालिकामा आफूले ‘कमालै’ गरेको बताउँछन् । ३ दशक अगाडिदेखि राजनीतिमा होमिएका सिंह स्पष्ट वक्ता, बोलीमा अडिग व्यक्तिका रुपमा चिनिन्छन् । तत्कालीन शासन कालमा […]

पोखराका इन्जिनियर शिव बराल र सब–इन्जिनियर उषा किरण रोकाया भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले उनीहरूलाई १ लाख ७५ हजार जरिवाना र ८ महिना कैद सजाय सुनाइएको छ । उनीहरूको सेटिङ मिलाइदिने गोदार इन्जिनियरिङ कन्सल्टेन्सीका सुरज कुँवरलाई आधा सजाय तोकिएको छ । उनलाई ४ महिना कैद र ८७ हजार ५ सय जरिवाना […]

पृष्ठभुमि भविष्यमा हाम्रो सन्ततिहरुलाई असर नपर्नेगरी सञ्चालन गरिने विकासलाई दिगो विकास भनिन्छ । प्रकृतिको त्यस्तो क्षमतालाई संरक्षण गर्दै पछि आउने पुस्ताहरुले पनि विकासका प्रतिफल निरन्तर उपभोग गर्न सक्ने विकास प्रक्रियालाई हामी दिगो विकास भन्दछौं ।मानव जाति सहित सिंगो प्राणी जगतलाई आवश्यक पर्ने प्राकृतिक श्रोतसाधन उपलब्ध गराउने र जैवीक चक्रलाई निरन्तरता दिने ठूलो क्षमता हाम्रो प्रकृतिसँग […]

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको तलब २५ पैसा पनि बढाउन सक्ने स्थिति नरहेको बताएका छन् । उनले कर्मचारीको समस्या बारे आफू जानकार रहेको बताउँदै, तलब २५ प्रतिशत वृद्धि गरिदिने चाहना रहेको तर देशको अर्थतन्त्र कमजोर भएकाले नसकेको जनाएका हुन । विगतमा कर्मचारीको उत्साह थप्न आफूले एकै पटक २५ प्रतिशत तलब वृद्धि गरे पनि हाल मुलुकको […]

  सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राय–परामर्शका लागि अर्थ मन्त्रालय पुगेको छ । सोमबार सशस्त्र मुख्यालय हलचोकमा गृहमन्त्री रमेश लेखकको उपस्थितिमा उक्त विधेयकको मस्यौदामाथि भएको छलफलपछि गृह मन्त्रालय हुँदै हिजो अर्थ पुगेको हो । छलफलमा गृहमन्त्रीले विधेयकलाई तत्काल अर्थ मन्त्रालयमा पठाएर सरकार गठन भएको एक सय दिनभित्र क्याबिनेट पुर्याउने बताउनुभएको थियो […]

२१ औं निजामति सेवा दिवसको सम्बन्धित सम्पूर्णमा शुभकामना। मलाई सरकारले निजामति नमानेपछि मैले गर्व गरिरहनु मेरै मुर्खता हुन्छ जस्तो लाग्छ। – स्थानीय तहमा स्थायी नियुक्त भएर कार्यरत कर्मचारी। स्थानीय तहमा रहनु भनेको दुनियाँको नजरमा त सरकारी जागीरे बन्नु हो तर आफू खुसी कुनैपनि हालतमा हुनै सकिएन। आखिर कतिन्जेल परिवार बिहिन भई बस्नुपर्ने हो थाहा छैन। […]

निजामती सेवा दिवसको दिन प्रधानमन्त्री केपी ओलीले कुनै पनि कर्मचारीको तलव २५ पैसा पनि बृद्धि गर्न नसकिने अवस्था रहेको अभिब्यक्ति दिईरहँदा प्रधानमन्त्रीकै पार्टी र सत्तारुढ पार्टी निकट कर्मचारी भने तलवमान बृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । प्रधानमन्त्रीकै पार्टीका बरिष्ठ उपाध्यक्षको छोराकै नेतृत्वमा दुई सातादेखि कृषि अनुसन्धान परिषद्ना नार्कमा तालाबन्दी भइरहेको छ,तलबबृद्धिको माग राखेर त्यहाँ […]

उपराष्ट्रपति कार्यालयमा सरुवा भएर गएको महिना दिन पछि नै सचिव मधुकुमार मरासिनी सरुवा भएर राष्ट्रिय योजना आयोगमा आइपुगेका छन् । यस अघि मरासिनीलाई अर्थ मन्त्रालयबाट उपराष्ट्रपति कार्यालयमा खटाइएको थियो गत महिना । २२ सचिवहरु सरुवा हुँदा मरासिनीलाई अर्थबाट उपराष्ट्रपति कार्यालयमा खटाइएकोमा त्यहाँबाट महिना दिनमै उनलाई सरुवा गरिएको हो । उसो त यस अघि सचिव मुकुन्द […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।