प्रशासन
धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि आज तय गरिएको अन्तर्वार्ता रोकिएको छ । सर्ट लिष्टमा परेका पाँच जनामध्ये तीन जनालाई आज बिहान ८ बजे अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिका लागि सिंहदरबार बोलाइएको थियो । यसरी अन्तर्वार्ताका लागि बोलाइएका उमेद्धारहरु थिए नवराज अधिकारी, चिरञ्जिवि चापागाईं र कृष्णबहादुर कार्की । सर्टलिस्टमा परेर पनि यसअघि यी तीन उम्मेदवार अन्तर्वार्ता तथा […]
भन्नलाई त भनियो गाउँगाउँमा सिंहदरवार तर सिंहदरबारको अधिकारमात्र होइन सिंहदरबारभित्र व्याप्त भ्रष्टाचार अहिले गाउँ गाउँमा सर्यो । यस्तै देखिन्छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन केलाउँदा । अख्तियारको पछिल्लो प्रतिवेदन अनुसार बर्षभरीमा त्यहाँ परेका ३६ हजार १८६ उजुरीमध्ये १९ हजार १०६ वटा उजुरी स्थानीय तह सँग सम्बन्धित रहेको छ । अर्थात यो आँकडाको आधारमा कुल भ्रष्टाचारमध्ये […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पछिल्लो एक आर्थिक बर्षमा १०२९ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । जसमा स्थानीय तहका ६२ जनालाई मुद्दा दायर गरिएको छ । आयोगको पछिल्लो प्रतिवेदन अनुसार गैरकानुनी लाभहानीसँग सम्बन्धित ५८ वटा मुद्धामा १ मन्त्री,स्थानीय जनप्रतिनिधि ६२,राजीतिक नियुक्ति लिएका २३,विशिष्ठ कर्मचारी १,सहसचिव १९,उपसचिव ४० र शाखा अधिकृत १०१ जना लाई प्रतिवादी बनाइएको […]
नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसन लिमिटेडका निर्देशक सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गरे । सम्झौता अनुसार भारतको सिलिगुडीबाट नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । साथै चारआलीमा १८ हजार नौ सय किलोलिटर […]
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो । जसमा अरनिको राजमार्गको लार्चा-कोदारी खण्डको पुल बगाएको बताएको छ । त्यस्तै मन्त्रालयले विपी राजमार्गको १२ […]
बागमती प्रदेश सरकारले ३ सचिवको जिम्मेवारी तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले पठाएका ३ सचिवहरूलाई पदस्थापन गरेको हो । प्रदेशका प्रमुख सचिव डा हरिप्रसाद लम्सालले मन्त्रिपरिषद्को निर्णय अनुसार सचिव रिक्त रहेका निकायमा जिम्मेवारी तोकेका हुन् । जसअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रिक्त एक सचिव पदमा विदुर खनाललाई जिम्मेवारी दिइएको छ । उनलाई […]
बिषय सन्दर्भ संगठनको लक्ष्य प्राप्तिमा कानुनद्वारा निर्धारित प्रक्रिया पालना भए–नभएको भनी तालुक कार्यालयबाट निरन्तर रूपमा गरिने सुपरिवेक्षण अनुगमन नै आन्तरिक नियन्त्रण हो । कुनै पनि संगठनको कार्य सम्पादनलाई थप कुशल र प्रभावकारी बनाउन कार्यरत जनशक्तिको सहभागितामा तयार पारिने पद्धति हो । उद्देश्य प्राप्तिका लागि रहन सक्ने जोखिमको पहिचान गरी जोखिम व्यवस्थापन हुने गरी नियन्त्रणको वातावरण […]
नेपाल र बंगलादेशबीच भोलि (बिहीबार) विद्युत् व्यापार सम्झौता हुने भएको छ। दुई देशबीचका ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको छैटौं बैठकले सम्झौताको टुंगो लगाएको हो। काठमाडौंमा सम्पन्न नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको छठौं बैठकले विद्युत खरिद(बिक्रीको सम्झौता गर्ने निर्णय गरेको हो । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र […]
नापी विभागले ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गरेको छ । विभागले नापी अधिकृत,सर्भेक्षक र अमिन गरी ३३५ जना कर्मचारीको एकै लटमा सरुवा गरेको हो । सरुवाको सूची अनुसार,सबैभन्दा बढी सर्भेक्षक सरुवामा परेका छन् । त्यसपछि विभागले ठूलो संख्यामा अमिनको सरुवा गरेको हो । विभागले नेपाल इञ्जिनियरिङ सेवा,सर्भे समूहका ३४ जना नापी अधिकृतहरुको सरुवा गरेको हो । […]
विषय सन्दर्भ संगठन बहुसंस्कृतिको संगम हो ।संगठनात्मक संस्कृतिमा नै संगठनको प्रभावकारिता र सक्षमता निर्भर गर्दछ । संगठनात्मक समस्याहरूको व्यवस्थापन समाधान गर्ने तत्व संगठनात्मक संस्कृति हो । संगठनात्मक संस्कृति एउटा अमूल्य सम्पति हो। संगठनात्मक संस्कृति मार्फ नै संगठनमा गतिशिलता ल्याई सुशासन कायम गर्न सकिन्छ ।लामो समय व्यतित गरेका सबै प्रकारका संगठनहरुमा आफ्नै पहिचान झल्कने किसिमको संगठनात्मक […]