सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत शाखा अधिकृतको नक्कली प्रमाणपत्र भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती अधिकृतविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय धनगढी,कैलालीमा कार्यरत शाखा अधिकृत (सातौं तह) लक्ष्मण शाहविरुद्ध नक्कली शैक्षिक योग्यतासम्बन्धी आरोपपत्र दायर भएको छ । शाहले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषदबाट […]

के क्याविनेटले गर्ने निर्णय भनेको बच्चाको भाटाकुटी खेल हो ? यदी होइन भने अहिले त्यस्तै कच्चा खेल चलिरहेको छ,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा । गत बिहिबारको क्याविनेटले १३ वटा निर्णय गर्दा पूर्व सचिव डा रमेश सिंहलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्ति गरेको थियो । साधरणतया क्याविनेटका कुनै पनि एजेण्डा तयारीदेखि त्यसको बारेमा विस्तृत अध्ययन गर्न प्रधानमन्त्री […]

अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी नारायणप्रसाद सापकोटाले पाएका छन् । गत चैत १२ मा अर्थ मन्त्रालय भित्रिएका सहसचिव सापकोटाले साढे दुई महिनापछि बल्लबल्ल जिम्मेवारी पाएका हुन् । झण्डै १० महिनापछि  सहसचिव सापकोटाले  जिम्मेवारी पाएका छन् । राजश्व अनुसन्धान विभागका महानिर्देशक रहेका सापकोटालाई ९ महिनासम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जिम्मेवारीविहिन बनाइ पेण्डुलम बनाइएको थियो । […]

यातायात व्यवस्था कार्यालय सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दामा सजाय सुनाएको छ। एक वर्षअघि दायर गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी पाइएपछि उनलाई कैद र जरिवाना हुने सजाय सुनाइएको हो। उनले सरकारी सेवा प्रवेश गरेको २०३८ साउन १ देखि २०७५ मंसिर मसान्तसम्म गरेको आम्दानी र खर्चको […]

गोदावरी नगरपालिकाको मेयर,उपमेयरसहितका कर्मचारीविरुद्ध अर्वौ भ्रष्टाचार मुद्धा चलाएको अख्तियारले अर्काे बहालवाल मेयरविरुद्ध दोश्रो मुद्धा चलाएको छ । यस अघि नै भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परेका सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा दायर भएको छ । गत चैत २८ गते अख्तियारले गैरकानूनी रुपमा सम्पत्ति आयआर्जन गरेको भन्दै पाँच करोड ३३ लाख ५३ […]

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरि क्षत्रीको हृदयघातबाट निधन भएको छ। हाल वीरेन्द्रनगर– ७ इत्राम घर भएका ५२ वर्षीय लेखा अधिकृत क्षत्रीको मंगलबार निधन भएको हो। वीरेन्द्रनगरका निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका क्षेत्रीको हृदयाघातका कारण निधन भएको कर्णाली प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले बताए। क्षत्री हृदयाघात हुनुपूर्व बुलबुले तालमा डुंगा उद्घाटन कार्यक्रमको उद्घोषण गरेका […]

पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित सुझाव समितिले प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई संघ सरकारको प्रतिनिधिको भूमिकामा राख्ने गरी ऐन ल्याउन सिफारिस गरेको छ । संघीयता गइसकेपछि पनि जिल्लामा सीडीओ हावी भएको भन्दै प्रदेशहरूले असन्तुष्टि जनाइरहेको समयमा पूर्व मुख्य सचिव लीलामणि पौडेल संयोजक रहेको समितिले यस्तो प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको हो । समितिले सीडीओलाई संघ सरकारको प्रतिनिधिका […]

भैरहवा भन्सार गस्ती टोलीले रुपन्देहीको दुई अलग स्थानबाट भन्सार छलेर भित्राइएका २२ लाख रुपैयाँ मुल्य भन्दा धेरैका सामानसहित ढुवानीमा प्रयोग गरिएका तीनवटा मिनी ट्रक पक्राउ गरेको छ । पक्राउ परेका मिनी ट्रकको बरामद सामान बाहेक करिब १५ लाख रुपैयाँ मुल्यको रहेको जनाइएको छ ।भन्सार गस्ती टोलीले रुपन्देहीको सियारी गाउँपालिकामा पर्ने अमुवास्थित भित्री गाउँबाट लु १ च […]

विशेष अदालतले एउटा मुद्धामा तत्कालीन ७ जना अधिकृतहरुलाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको छ । विशेष अदालतले मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृत हरिनारायाण मिश्रसहित भुपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल, कमोद तिवारी, स्वर्गीय किरणप्रसाद उपाध्यायलाई दोषी ठहर गरेको हो । कार्यालयमा उठेको राजश्व हिनामिना गरेको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।अख्तियारले आर्थिक वर्ष […]

सरकारले निजामती सेवाअन्तर्गतका कर्मचारीहरूका ७७३ छोराछोरीलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने भएको छ । मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका, २०७८ अनुसार गत चैत्र १५ गते शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले आवेदन आह्वान गरेको थियो । उक्त प्रक्रियामा सामेल भएर आवेदन दिनेमध्येबाट सचिवालयले प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो । प्रक्रिया […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।