प्रशासन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कामचलाउको हैसियतमा झरेपछि उनी र उनको मन्त्रिमण्डल सदस्यलाई सिंहदरबारकै कर्मचारीले उनलाई टेर्न छाडेका छन् । अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले यही २८ असारमा विश्वासको मत लिँदैछन् । आफ्नो दल माओवादी केन्द्रका ३२,२१ सांसद भएको राष्ट्रिय स्वतन्त्र पार्टी र १० सांसद भएको नेकपा एकीकृत समाजवादी गरी ६३ सांसद अहिले उनको पक्षमा छन् । […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण तागत लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’बाट देशभर गएको बाढीपहिरोको क्षतिबारे जानकारी लिएपछि प्रधानमन्त्री प्रचण्डले प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएको हो । अविरल वर्षापछि […]
बिषय प्रवेश जलवायु परिवर्तनको असरले पृथ्वी र मानव जीवनलाई निरन्तर चुनौती दिइरहेको छ । विगत दुई सय वर्षमा मानिसले प्राकृतिक स्रोतको अति दोहन गरी धनी बन्ने होडले पर्यावरण सन्तुलन बिग्रँदै जानु जलवायु परिवर्तनको मूल कारण भएको वैज्ञानिक मत रहँदै आएको छ । हिमाल पग्लन थालेका छन् भने बाढी, पहिरो, डुबानका समस्या निरन्तर बढ्दै छन् । […]
सीमावर्ती क्षेत्रबाट हुने तस्करीमा संलग्नलाई सघाएको आरोपमा मोरङका सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्का हेडक्वार्टर तानिएका छन्। स्राेतकाअनुसार विराटनगरसहित पूर्वी क्षेत्रको नाकाबाट हुने तस्करीमा संलग्नलाई सघाएर असुली गरेको आरोपमा उनलाई हेडक्वार्टर तानिएको हो। उनी गत फागुन पहिलो साता मोरङमा हाजिर भएका हुन्। भन्सार छली गरेर नेपाल भित्र्याइएका अवैध सामान नियन्त्रणमा लिने र पैसा लिएर छाड्ने […]
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले जिल्ला प्रशासन कार्यालय खारेज अभियान सुरु गर्ने भएको छ । असोज ३ गते संविधान दिवसका दिनदेखि सो अभियान सुरु गर्न लागेको राष्ट्रिय मुक्ति क्रान्तिका नेता सन्तोष मेहताले बताए । संविधानले नचिनेको जिल्ला प्रशासन कार्यालय (सीडीयो कार्यालय) हटाउने अभियान देशैभरि सञ्चालन गर्ने निर्णय भएको उनले बताए । हालै सम्पन्न राष्ट्रिय […]
नेपाल प्रहरीका अर्काे हाकिम यौनकाण्डमा मुछिएर हेर्डक्वाटरमा तानिएका छन् । केही महिना अगाडिमात्र नेपाल प्रहरीका एसएसपी योगबहादुर पाल यस्तै यौनकाण्डमा परेर जागिर नै गुमाएका थिए । अहिले नेपाल प्रहरी संघीय कार्यालय पोखरामा कार्यरत एसएसपी दीपक रेग्मी महिलाकाण्डमा लागेर छानबिनमा तानिएका छन् । एसएसपी दिपक रेग्मीले बागलुङमा लगाएको पिरती र गर्लफ्रेन्डसँग गरेको भिडियो वार्ता अहिले सामाजिक […]
सरकारी सेवामा रहँदाको करिब २४ वर्षका दौडानमा एक जना अधिकृतले मात्र चार करोडभन्दा बढी रकम गैरकानुनी रूपमा आम्दानी गरेको खुलेको छ । अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धानले गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जमा कार्यरत तत्कालीन वरिष्ठ निरीक्षक शशीभूषणकुमार यादवको जागिर अवधिको समग्र आय र व्यय, लगानी र आर्जित सम्पत्तिको विस्तृत अध्ययन गर्दा सो तथ्य बाहिर आएको हो […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख भीमचन्द्र बुढासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आर्थिक वर्ष २०७५/ ०७६ मा पशु वधशाला निर्माणमा अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो । उनीसहित छाँयानाथ रारा नगरपालिकाका तत्कालिन इन्जिनियर हरिदेव पण्डित, सबइन्जिनियर विष्णुभक्त हितान, ऋणीमोक्ष बहुउद्देश्यीय कृषि […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका तत्कालीन अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृतसहित १४ विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकायाले आफ्नै नीजि फार्म कोइलिङ कृषि तथा पशुपालन फर्ममा बजेट विनियोजन गरेको पाइएको अख्तियारले आरोपपत्रमा उल्लेख छ । उक्त फर्ममा ढुङ्गाको पर्खालबाट घेराबार गर्न उनले सहोदर दाजु हंश रोकायाको अध्यक्षतामा निर्माण […]
कारागार कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत कारागार प्रशासक विनोदकुमार दत्त घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई एक लाख रुपैयाँ घुससहित नवलपरासीमा रहेको कारागार प्रशासक निवासबाटै नियन्त्रणमा लिएको बताइएको छ । काम गरेबापत पाउने सेवासुविधा दिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले उनलाई […]