ओली पक्राउविरुद्ध रसुवामा एमाले कार्यकर्ताको प्रदर्शन

रसुवा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा रसुवामा एमाले कार्यकर्ताले प्रदर्शन गरेका छन्।
रसुवाको कालिका गाउँपालिका अन्तर्गत कालिकास्थान क्षेत्रमा एमाले निकट कार्यकर्ताले नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले गृहमन्त्री सुधन गुरुङ को राजीनामासमेत माग गरेका छन्।

बिज्ञापन

प्रदर्शनमा सहभागी कार्यकर्ताले अध्यक्ष ओलीको पक्राउलाई अन्यायपूर्ण, गैरकानुनी र राजनीतिक प्रतिशोधबाट प्रेरित कदम भएको आरोप लगाएका थिए। उनीहरूले तत्काल रिहाइको माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए।

बिज्ञापन


रसुवा युवा संघका अध्यक्ष सुरेश थोक्राले गृहमन्त्रीको राजीनामा नआउँदासम्म आन्दोलन जारी रहने बताएका छन्। उनका अनुसार अध्यक्ष ओलीमाथि गरिएको पक्राउ लोकतन्त्र माथिको प्रहार, विधिको शासनविरुद्धको खुला हस्तक्षेप र राजनीतिक प्रतिशोधको चरम नमूना हो।

“यस निरंकुश, अन्यायपूर्ण र दमनकारी कदमप्रति हाम्रो संगठनको घोर आपत्ति र कडा निन्दा छ,” उनले भने, “अध्यक्ष ओलीलाई तत्काल रिहा नगरेसम्म विरोध कार्यक्रमलाई थप सशक्त बनाइनेछ।”
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी रसुवाको आयोजनामा कालिकास्थानमा उक्त विरोध कार्यक्रम गरिएको बताइएको छ। प्रदर्शनका क्रममा कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गर्दै आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समातिएका दर्जनौं भिआइपी,छुटे सबै धरौटीमा

१० सचिव,३५ सहसचिव ६५ उपसचिवसहित ६ सय कर्मचारीको दरबन्दी कटौती

करारका कर्मचारीमाथि विभेद किन ?

राष्ट्रिय कितावखानाको विशेष प्याकेज : सार्वजनिक विदाका दिनमा समेत सम्पति विवरण वुझाउन सकिने

३ अर्ब ४५ करोडको बजेट ल्याउँदै बुढानीलकण्ठ, शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्मलाई उच्च प्राथमिकता

यो निर्णयबाट पनि व्याक भयो सरकार

करार कर्मचारी नहटाइने, ‘पूल’मा राखेर आवश्यकता अनुसार परिचालन गरिने

छाया निर्देशक बनेर वीर अस्पताल चलाएको आरोप, डा. दीपक मिश्रविरुद्ध अख्तियारमा उजुरी

बिशेष