कृषकका सन्तानले धान्दैछन्,निजामती - Karmacharipress

कृषकका सन्तानले धान्दैछन्,निजामती

कुनै समय भाष्य बनेको थियो कि उत्तम खेती,मध्यम व्यापार,निघृणी नोकरी ! तर तिनै कृषकका छोरा छोरीहरु लोकसेवा भिड्नेमा अग्रपक्तिंमा रहेको लोकसेवाको पछिल्लो प्रतिवेदन केलाउँदा भेटिन्छ ।

बिज्ञापन

अघिल्लो आर्थिक बर्षमा लोक सेवा भिडेर स्थायी नियुक्तिका लागि कुल २ हजार ५ सय ९२ जना उम्मेदवार सिफारिस भएका छन् । सिफारिस भएका उम्मेदवारहरूमध्ये ९ सय २ जना महिला र १ हजार ६ सय ९० जना पुरुष रहेका छन् । यस अघिको रेकर्ड भत्काउँदै गत बर्ष जुम्ला जिल्लाबाट १ सय १५ जना सरकारी जागिरे बनेका छन् । यस अघि लोकसेवा भिडेर नाम निकाल्नमा स्याङ्जा, गुल्मी,पाल्पा,अर्घाखाँची अग्रपक्तिंमा आउथें । ती जिल्लालाई यस पटक हिमाली जिल्ला जुम्लाले टपेको छ । प्रतिवेदन अनुसार,सिफारिस भएका उमेद्धारमध्ये बुवा आमा कृषि पेशामा आश्रित रहेका ६७ दशमलव १६ प्रतिशत अर्थात १७४१ कृषकका छोराछोरी गत बर्ष सरकारी सेवामा प्रवेश गरेका छन् । बुवा आमा सरकारी सेवामै भएका अभिभावकका १७ दशमलव शून्य १ प्रतिशतले उनीहरुकै पथ पच्छाएका छन् । अर्थात गत बर्ष सरकारी जागिरे बनेकामध्ये ४४१ का अभिभावक सरकारी सेवामै रहेका छन् । सिफारिस भएकामध्ये ८ दशमलव ९९ प्रतिशत अर्थात २३३ व्यापारीका सन्तान रहेका छन् । श्रमिकका ७७,शिक्षण पेशा अवलम्बन गर्न अभिभावकका ६० र २२ जना व्यवसायीका सन्तान सरकारी सेवामा प्रवेश गरेका छन् । आयोगका अनुसार,गत बर्ष सबैभन्दा बढी दरखास्त सर्लाही, धनुषा, बारा, महोत्तरी र रौतहट जिल्लाबाट र सबैभन्दा न्यून मनाङ, मुस्ताङ, रसुवा, रुकुम पुर्व र डोल्पा जिल्लाबाट कुल २ हजार १ सय ८२ अर्थात् कुल दरखास्तको ०.४७ प्रतिशतमात्र दरखास्त परेको प्रतिवेदनमा उल्लेख छ ।

बिज्ञापन

अघिल्लो आर्थिक बर्षमा दरखास्त दिनेमध्ये ७३.९४ प्रतिशत उम्मेदवारका अभिभावकको मुख्य पेशा कृषि रहेको छ भने ११.७९ प्रतिशत उम्मेदवारका अभिभावक सरकारी सेवामा संलग्न रहेको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोगको अनुसार अघिल्लो आर्थिक बर्षमा ४ लाख ५९ हजार ८३४ ले आवेदन दिएकामध्ये अभिभावकको मुख्य पेशा कृषि रहेका अर्थात कृषकका सन्तान ३ लाख ३९ हजार ९ सय ८४ रहेका थिए भने ५४ हजार २२१ का बुवा आमा सरकारी जागिरे रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

यस अघिको आर्थिक बर्षमा समेत आवेदन दिने देखि सिफारिस हुनेमा कृषकै सन्तानहरुको बाहुल्यता रहेको थियो । अघिल्लो आर्थिक बर्षमा आवेदन दिने कुल ४ लाख ७८ हजार ३ सय ५५ मध्ये ३ लाख ८० हजार ९ सय ७८ जनाको अभिभावक कृषि पेसामा संलग्न रहेको प्रतिवेदनमा उल्लेख छ । जुन कूल आवेदन दिनेको ७९.६४ प्रतिशत हो ।यस्तै सरकारी सेवामा रहेका अभिभावकका दरखास्त दिने छोराछोरीको संख्या दोस्रो नम्बरमा छ । दरखास्त दिएका ५० हजार ८ सय ९५ जनाले आफ्नो अभिभावकको पेसामा सरकारी सेवा उल्लेख गरेका थिए ।
यसै गरी अभिभावक व्यापार व्यवसायमा संलग्न रहेको उल्लेख गरेर दरखास्त दिनेहरूको संख्या २४ हजार ५ सय ३६ रहेको छ । हाल निजामतीमा कार्यरत रहेका ८० हजार कर्मचारीमध्ये पनि आधाभन्दा बढीका अभिभावक कृषक पेसामा नै रहेको बताइन्छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

वर्षौंदेखि उपत्यकामै जरा गाडेका कर्मचारीमाथि प्रश्न, सरुवाबाट कसले जोगाइरहेको छ?

बाढीमा खट्नेको समेत काटियो आधा तलब

संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग

२ सयको जागिर खाएपछि सरकारले ल्यायो साविक व्यवस्था जगाउने विधेयक

कार्यालय समयकै कामको अतिरिक्त भत्ता लिने प्रथा बन्द गर्नुपर्छ: सांसद सिंह

मुस्ताङ भन्सारमा ‘सेटिङ’को साम्राज्य : गाडीपिच्छे लाखौँको खेल, करोडौँ राजस्व जोखिममा

सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

प्रतिनिधि सभामा २ विधेयक,राष्ट्रियसभामा लोक सेवाको प्रतिवेदन पेस हुँदै

बिशेष