Author: कर्मचारी प्रेस
सरकारी कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीहरु कर्मचारीको व्यवहारका कारण हैरानी खेपिरहेको अनेकन गुनासो सुनिन्छ । तर केही यस्ता कार्यालय पनि छन्,जहाँ सेवा लिन पुगेका कर्मचारीलाई खादा र मालासहित सम्मान गरिएको छ । यस्तो अनुकरणीय काम गरेको छ,कोटेश्वर कर कार्यालयले । उक्त कार्यालयले सेवा लिन पुगेका सेवाग्राहीलाई टीका र मालासहित सम्मान गरेको हो । सरकारले हरेक […]
बैंक व्यवस्थापनको लापरवाहीका कारण एक जना बैंकरको टाउको फुटेर अस्पताल कुदाउनुपर्ने स्थिति आयो । अस्ति शुक्रवार नेपाल बैंकको बार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको थियो । बैंकको कार्यक्रममा बोलाइएका प्रमुख अतिथि नै नआइदिँदा एकातिर खल्लो त भएकै थियो त्यही माथि आएका पाहुना (अतिथी) नै कार्यक्रम स्थलमै दुर्घटनामा परेका हुन,त्यो पनि व्यवस्थापनको कमजोरीका कारण । बैंक व्यवस्थापनको लापरवाही […]
काठमाडौं । आम जनता पार्टी काठमाडौं उपत्यका विशेष कमिटिले सरकारले मनपरी रुपमा कर लिएको भन्दै विरोध प्रदर्शन गरेको छ । प्रदर्शनकारीले मनपरी कर आतंक बन्द गर्न माग गरे । शनिबार काठमाडौंको शान्तिवाटिकामा कर आतंक बन्द गर, जनताले तिरेको कर कहाँ छ ? भन्ने नाराका साथ प्रदर्शन गरेका हुन् । सोही क्रममा आम जनता पार्टीको केन्द्रीय […]
सदाचार नैतिक सिद्धान्तहरूको समष्टि हो जसले व्यक्तिको व्यवहार , क्रियाकलाप वा चालचलनको सञ्चालन तथा निर्देशन गर्दछ । प्रशासकीय कार्यलाई प्रभावकारी तथा दक्षतापूर्वक सम्पन्न गर्न दिशा निर्देश गर्ने मूल्य, मान्यता, नियम, कानुनको समष्टि प्रशासकीय आचरण हो । सर्वप्रथम प्रशियामा प्रशासकीय आचरण सम्बन्धी अवधारणाको विकास भएको पाइन्छ ।सदाचार र नैतिकता हरेक मानिसले पालना गर्नुपर्ने असल व्यवहार वा […]
आगामी १६ मंसिरमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगले आइतबारदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । आगामी १६ मंसिरमा स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक–एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन […]
सरकारी कर्मचारीहरुले कार्यालयको सामानलाई आफ्नै पेवाजस्तो ठान्न थालेपछि अख्तियारले त्यसमा कडाइ गरेको छ । कार्यालय प्रयोग प्रायोजनका लागि दिइएका सामान आफ्नै श्रीमती तथा छोरा छोरी र साला सालीका नाममा खोलिएको कार्यालयमा प्रयोग गर्ने, रमनाा भएर हिड्दा समेत सामान नबुझाउने,बुझाउनै परे सरकारी कार्यालयबाट नयाँ सामान लिएर पूरानो र विग्रिएको सामाग्रीमात्र सरकारी कार्यालयमा बुझाउने रोग बढ्दै गएको […]
चिन्ता ‘बूढी मरीभन्दा पनि काल पल्किएको’मा हो । बढुवाको मुखैमा आफ्नै सहकर्मीहरु लागेर कसरी सिध्याउँछन् ? उदाहरण खोज्न टाढा जानै पर्दैन, सहसचिव डण्डु घिमिरे नै काफी छन् । जीवनभर सुशासनको लागि लडेका पूर्व सचिव शरदचन्द्र पौडेल बढुवाको मुखैमा अख्तियार लाग्दा जसरी आत्महत्या गर्ने स्थितिमा पुगे, उस्तै स्थिति झेल्दैछन् सहसचिव घिमिरे । अकूत आर्जन गरेको भन्दै […]
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको २८औं वार्षिक उत्सव सम्पन्न भएको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक इ. उमेशकुमार गुप्ताले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तोकेका कार्यक्रम सम्पन्न भएको बताएका हुन् । पछिल्लो समय प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यक्रम कार्यान्वयन गर्दै आएको छ। आर्थिक वर्ष २०८०/८१ मा स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत १८३ जना सिफारिस भएकामा […]
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वका कर्मचारीको कार्यसम्पादन कमजोर भएको भन्दै कर्मचारीको कार्यसम्पादनमा सुधार ल्याउन निर्देशन दिएका छन् । मंसिर १ गते राष्ट्रिय कर दिवस—२०८१ को अवसरमा अर्थमन्त्री पौडेलले कर्माचारीको कार्यसम्पादनमा असन्तृष्टि पोखेका हुन । मन्त्री पौडेलले उत्कृष्ठ कार्यसम्पादन गर्ने तीन कार्यालय र १० कर्मचारीलाई सम्मान गरेसँगै कर्मचारीको कमजोर कार्यसम्पादनका कारण कर संकलन अपेक्षा अनुसार […]
आन्तरिक राजस्व विभागले उत्कृष्ठ १० कर्मचारीलाई सम्मान गरेको छ । कार्यालयले उत्कृष्ट तीन कार्यालय र १० कर्मचारीलाई सम्मान गरेको हो । आन्तरिक राजश्व विभागका अनुसार उत्कृष्ट कर कार्यालयहरूमा करदाता सेवा कार्यालय तौलिहवा, करतादा सेवा कार्यालय खोटाङ र करदाता सेवा कार्यालय स्याङ्जालाई सम्मान गरिएको छ । यस्तै १० कर्मचारीलाई कर प्रशासनमा उत्कृष्ट ठहराइएको छ । जसमा […]