रास्वपा सप्तरी ३ का उम्मेद्वार चौधरीसहित नौ जनालाई अख्तियारले बोलायो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अमरकान्त चौधरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको दायरामा परेका छन्। आयोगले चौधरीसहित नौ जनालाई बयानका लागि उपस्थित गराउन डाक्नेश्वरी नगरपालिकालाई पत्राचार गरेको छ।

बिज्ञापन

अख्तियारले इटहरीस्थित कार्यालयमा उपस्थित गराइदिन आग्रह गर्दै पठाएको पत्रमा ढाक्नेश्वरी नगरपालिका–५ मा रहेको पर्नेश्रीकान्त चन्द्र नमुना माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता भएको उजुरीमाथि अनुसन्धान भइरहेको उल्लेख छ। उक्त उजुरीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका अमरकान्त चौधरीसहित सम्बन्धित व्यक्तिहरूको मिलेमतोमा भ्रष्टाचार भएको दाबी गरिएको छ।

बिज्ञापन

पत्रमा अनुसन्धानका क्रममा आवश्यक जानकारी लिनुपर्ने भएकाले सम्बन्धित सबै व्यक्तिहरूलाई नागरिकताको प्रमाणित प्रतिलिपिसहित अख्तियारको कार्यालयमा उपस्थित गराउन आग्रह गरिएको छ।

पूर्व सांसद तथा दिवंगत नेता चन्द्रकान्त चौधरीका छोरा अमरकान्त चौधरी हाल रास्वपाबाट सप्तरी–३ मा प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचनको मुखमा अख्तियारले बयानका लागि बोलाएपछि यस विषयले स्थानीय राजनीति र चुनावी माहोलमा चासो थपेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

बजेट लेखन टिमले पायो पूर्णता,पाण्डेय र लम्साल नियुक्त

सूर्यविनायकमै कर सेवा विस्तार: अब प्यानदेखि भ्याटसम्म नगरपालिकाबाटै सुविधा

बिशेष