Author: कर्मचारी प्रेस
‘मन्त्री त के प्रधानमन्त्री नै आए पनि क्वार्टर मिलाउन सकिँदैन’ यस्तो रुखो जबाफ फर्काइदिए उपप्रधानसहित स्वास्थ्य मन्त्रालय सम्हालिरहेका उपेन्द्र यादवका सहयोगीलाई सहरीका कर्मचारीहरुले । आइतबार उपप्रधानसहित स्वास्थ्य मन्त्रीको शपथ लिए लगतै उपेन्द्रका सहयोगीहरुले पुल्चोकस्थित मन्त्रीक्वार्टारका अलवा विग ६ कार्यालयहरुको मर्मत सम्भार र व्यवस्थापनको काम हेर्दै आएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका कर्मचारीलाई फोन घुमाउँदा […]
शिक्षक सेवा आयोगले विभिन्न श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।आयोगले गत फागुन २० देखि सञ्चालन भएको प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्तामा छनोट भएकाहरूको नतिजा प्रकाशित गरेको हो। शिक्षक सेवा नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा सुनसरी, सिरहा, धनुषा, कपिलवस्तु, प्यूठान, बाँके र […]
लामो रस्साकस्सी पछि कर्मचारीहरुको मूल कानुन मानिएको संघीय निजामती सेवा विद्येयक आज सदनमा पेश हुँदैछ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विद्येयक सदनमा पेश गर्ने कार्यसूची रहेको छ । विद्येयकमा निजामती कर्मचारीलाई श्रेणीगतबाट तहगत प्रणालीमा लगिने प्रस्ताव गरिएको छ । विद्येयकमा सङ्घीय निजामती सेवाअन्तर्गत ११ वटा सेवा राखिएका छन् । […]
६ महिनादेखि रिक्त रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलको नयाँ प्रमुख कार्यकारी अधिकृतमा रुपन्देही ७ का अशोक कुमार पौडेललाई नियुक्ति गरिएको छ । रिक्त रहेको लिमिटेडमा नियुक्तिका लागि २३ असोज २०८० मा सीईओ छनोट गर्न खुला प्रतिस्पर्धा आह्वान गरेको थियो । उक्त सूचनापछि ४ पुससम्म आठजना सर्ट लिस्टेड भएका थिए । तिनमा इन्जिनियर अर्जुनबाबु ढकाल, […]
एक जना उपसचिव (कार्यालय प्रमुख)ले चुस्त दुरुस्त सेवा दिन नसक्दा सेवाग्राही माथि अन्याय भयो भन्दै पदबाटै राजीनामा बुझाएर हिडेका छन् ।स्वीकृत दरबन्दी जम्मा १२ जना,सेवाग्राहीको भीड लाग्दछ,औसतमा दैनिक १२ सय बढी । यसरी ती सेवाग्राहीलाई प्रभावकारी सेवा दिन नसकेको र उनीहरुमाथि अन्याय भएको भन्दै राजीनामा बुझाउने शिक्षातर्फका उपसचिव शान्तिराम पौडेल । उनी सानोठिमीस्थित वैदेशिक अध्ययन […]
डा.दामोदर रेग्मी लेखन क्षेत्रमा चीर परिचित नाम हो । विविध विषयमा उनका लेखहरु नियमित रुपमा आउने गर्दछन् । स्कूलमा निवन्ध कविता लेख्ने उनी कलेज देखि नै लेखकको रुपमा परिचित भइसकेका थिए । अर्थशास्त्र, सार्वजनिक वित्त व्यवस्थापन, व्यवस्थापन, राजस्व प्रशासन, सार्वजनिक प्रशासन, प्रशासनका उदीयमान सन्दर्भहरु, संघीय शासन प्रणाली उनका लेखका मुख्य क्षेत्रहरु हुन् । संघीयता र […]
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रवक्तामा सह–सचिव गोविन्द प्रसाद रिजाल नियुक्त भएका छन् ।मन्त्रालयले सह–सचिव रिजाललाई प्रवक्तामा नियुक्त गरेको हो । नवनियुक्त मन्त्री डोल प्रसाद अर्याल (डीपी) ले श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख रिजाललाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् । रिजाल गृह प्रशासनका अनुभवी प्रशासकका रूपमा चिनिन्छन् । जाजरकोट, सल्यान, कैलाली, दाङ, रौतहट, […]
मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता लिएको आरोपमा एक जना वडाअध्यक्ष अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको शारदा नगरपालिका ३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनले अस्तित्वमा नै नभएको मान्छे आफ्नो आमा नाता नजाई वृद्धभत्तावापत ५१ हजार रुपैयाँ लिएको अख्तियारको दाबी छ । उनीविरुद्ध भ्रष्टाचार निवारण […]
मेयरका ड्राइभरले नेपाल प्रहरीमाथि हातपात गर्दा दुईजना हवलदार र जवान घाइते भएका छन्। दार्चुलाको शैलेशिखर नगरपालिकाका मेयर विजय सिंह धामीका ड्राइभर सुरेश बिष्टले गोकुलेमा कार्यरत प्रहरी हवल्दार मेघराज बिक र प्रहरी जवान नरेन्द्र बोहरामाथि हातपात गरेका हुन् । ड्राइभर बिष्टको कुटाइबाट हवल्दार बिकको छातीमा चोट लागेको छ भने प्रहरी जवानको हात भाँचिएको छ। उनीहरुलाई नियन्त्रणमा […]
दिनभरि सेवाग्राहीसँग पैसा उठाएर हाकिमलाई जस्ले बुझाउँछ उही नै हाकिमको प्यारो हुन्छ। हाकिमको प्यारो भएपछि विभागले सरुवा गरेपनि उल्टिन्छ। प्रसङ्ग हो नापी कार्यालय गाईघाट उदयपुरको । उदयपुरका नापी अधिकृत इन्द्र कुमार साहले विभागले असोज १५ गते गरेको सरुवा उल्टाएका छन् त्यो पनि आफ्नो स्वार्थको लागि । नापी कार्यालय गाईघाटका सर्भेक्षक अतिस कुमार मण्डललाई रमना नदिई […]