Author: कर्मचारी प्रेस
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंको थापाथलिस्थित सडकमा पुगेर सुरक्षामा खटिएका सुरक्षाकर्मीसँगै नागरिकलाई नयाँ वर्षको शुभकामना दिएका छन् । आज बिहान उनले सडकमा निस्किएका नागरिक सँगै यात्रा गरिरहेका यात्रुहरुसँग चकलेट तथा मिठाई बाँडेर कुराकानी समेत गरेका थिए । ।
डा.दामोदर रेग्मी संगठनका आ आफ्ना उद्देश्यहरु हुन्छन् ती उद्देश्यहरु प्राप्तिका लागि संगठनमा मानवीय र गैर मानवीय स्रोतहरुको व्यवस्था गरिएको हुन्छ । मानवीय र गैर मानवीय स्रोतहरुको कुशल संयोजन र व्यवस्थापन संगठनको सफलताको संवाहक हो ।सांगठनिक मनोविज्ञान यिनै साधन स्रोतहरुको उपलब्धता रव्यवस्थापन वाट संगठनको उद्देश्य प्राप्तिका लागि मानवीय संवेदना र अन्तरसम्बन्ध संग सम्बन्धित विषय हो । […]
काठमाडौं । सरकारले राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा.अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष बैठकले सिफारिस गरेको जानकारी दिइन । राष्ट्रपतिबाट मनोनीत हुने एक राष्ट्रियसभा […]
काठमाडौं । नयाँ बर्ष सुरु हुँदैगर्दा सबैले सबैको शुभ होस् भन्ने कामना गर्छन् । त,र नेपालको राजनीतिक अवस्था २०८० सालमा अपेक्षित रुपमा शुभ हुन सकेन । सत्ताको जोडघटाउ र सत्ताको होडबाजीमा बर्ष दिन व्यथित भयो । अस्थिर सरकारका कारण प्रत्यक्ष मार जनतामा पर्ने नै भयो । त्यो भन्दा पनि कानुन, नीति, निर्माण बन्ने मुल थलो […]
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्तवैशाख ६ र ७ गतेअसार २७, २८, ३० र ३१ गतेमङ्सिर ८ गतेमाघ ४, २५ गतेफागुन १, ६, ८, ९, १३, २२, २३ र २८ गते व्रतबन्धको मुहूर्त वैशाख ६ गतेमाघ २, ३, १८ र २५ गतेफागुन २ र २६ गतेचैत […]
आगामी नयाँ वर्ष २०८१ को वैशाख १ गतेदेखि लागु हुने गरी १३ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । वैशाख महिनाका लागि १३ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने ५ वटाले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । वैशाखका लागि २ वटा बैंकले भने ब्याजदर बढाएका छन् । बैंकहरुमा अधिक तरलता थुप्रिएका कारण बैंकहरुले निक्षेपको […]
एभरेष्ट बैंक लिमिटेडले २०८१ साल वैशाख १ गतेदेखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३.१५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । त्यसै गरी बैंकले मुद्दति निक्षेपमा ५.५० देखि ७ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले कर्जाको ब्याजदर निर्धारण […]
विशेष अदालतले भ्रष्टाचार मुद्दा लागेको मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित दुईजना दोषी ठहर गरेको छ । शुक्रवार विशेष अदालतको इजलाशले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्ल र उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर रावललाई दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकिय अधिकृतसहित […]
प्रशासनिक हिसाबले बर्ष २०८० मा बढी नै उथलपुथल भयो । २०८० मा एक जना बहालवाला सचिव नै जेलमा पुगे । नेपालको प्रशासनिक इतिहासमा बहालवाला सचिव नै जेलमा पुगेको यो सम्भवत पहिलो पटक हुनुपर्दछ । भ्रष्टाचारको मुद्धा चलेर विगतमा अन्य सचिवहरु पुगे पनि फौजारी अभियोगमा टेकनारायण पाण्डे अहिले नेपाली नागरिकलाई किर्ते गरेर नक्कली शरणार्थी बनाएको अभियोगमा […]
आउँदै गरेको नेपाली नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१ प्रतिशत वा अधिकतम रु २०० नगद फिर्ता योजना सार्वजनिक गरेको जनाइएको छ । यस योजनाअन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड […]