Author: कर्मचारी प्रेस
यही वैशाख १५ मा बझाङ १ (१) प्रदेशसभाको उपनिर्वाचन हुँदै छ । प्रदेश सांसदको उपनिर्वाचनमा दलहरूले प्रचारप्रसार तीव्र बनाएका छन् । मुख्य दलहरूले केन्द्रीय नेता खटाएर आफ्ना उम्मेदवारको पक्षमा प्रचारप्रसार तीव्र पारेका छन् । कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत असारमा सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । कांग्रेसले सिंहका छोरा अभिषेकबहादुरलाई उम्मेदवार बनाएको […]
दुग्ध विकास संस्थान (डिडिसी)ले महाप्रबन्धक नियुक्त गर्न दरखास्त आह्वान गरेको छ। संस्थानले दरखास्त दिने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। त्यस्तै योग्यता पुगेका नेपाली नागरिकहरूले कृषि तथा पशुपंक्षी मन्त्रालय सिंहदरबारको कर्मचारी प्रशासन शाखामा गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ। आवेदन दिँदा नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, अनुभव खुल्ने […]
सरकारले स्थायी सरकारको मेरुदण्ड मानिने मन्त्रालय तथा सरकारी निकायका सचिवहरुलाई हावाकावा खेलाउन छाडेको छैन । आफ्नो इच्छाअनुसार मन्त्रीहरुले सचिव फेर्न थालेपछि उनीहरु फुटबल खेलमा हानिएको भकुण्डोजस्तै बनिरहेका छन् । सत्ता र सरकार परिवर्तनपिच्छे भकुण्डोझैँ यताबाट उता र उताबाट यता फालिने गरिएका कर्मचारीका हाकिमहरूमाथि फेरि अर्को प्रहार थालिएको छ । गठबन्धन परिवर्तन भएको महिना दिनमै २२ सचिवहरु […]
पोखरा महानगरपालिकाका अर्का इन्जिनियर समेत घुस प्रकरणमा पक्राउ परेका छन् । गत चैत्र २८ गते डेढ लाख घुस लिएको आरोपमा अख्तियारको टोलीले पोखरा महानगरपालिकाका इन्जिनियर उषाकिरण रोकायालाई पक्राउ गरेको थियो । यही प्रकरणमा महानगरपालिकाका इञ्जिनियर शिवराज बराललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका वराल पोखरा महानगरका घरनक्सा शाखाका इन्जिनियर […]
रौतहट स्थित सशस्त्र प्रहरीले १ वर्षको अवधिमा दुईकरोड बढीको अवैध सामान,२४ जना मानिस सहित ७८ वटा सवारी साधन बरामद गरेको छ। तस्करीको माध्यम बाट भित्र्याइएको दुई करोड ८० लाख रुपैयाँ भन्दा बढीको बिभिन्न प्रकारको भारतीय अबैध सामान बरामद गरेको हो। गत साउन १ गते देखी चैत्र मसान्तसम्म जम्मा भारत बाट बिभिन्न नाका हुँदै भित्र्याइएको दुई […]
बारामा तेल ट्यांकरले ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार छन् । बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेका अनुसार पथलैयाबाट वीरगन्ज तर्फ जाँदै गरेको परियार चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जादै गरेको ना ७ ख ३०२६ […]
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र रातोपैरो–१७,पोखरामा स्थित बन्जी नेपाल एडभेन्चर प्रालिबीच बैंकका ग्राहकहरुलाई बन्जी गर्दा सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र बन्जी नेपाल ऐडभेन्चर प्रालिको तर्फबाट अध्यक्ष सन्तोष भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल […]
सरकारले ८२ अधिकृतहरुको पदस्थापन गर्दा एकै पटक ४० अधिकृतहरुले गृहमा ‘इन्ट्री पाएका छन् । नयाँ ८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्दै कामकाज तोक्ने निर्णय गर्दा ४० अधिकृत सामान्य प्रशासनबाट गृह मन्त्रालय वा अन्तर्गत पदस्थापन भएका हुन ।यस्तै एकै पटक ३० अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर स्थानीय तहमा खटाइएको छ । गृह इन्ट्री पाउनेमा श्यामहरि […]
सरकारले ३९ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । ३४ उपसचिवलाई पदस्थापन गर्दा ९ वटा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कामकाज गर्न खटाएको छ । यस्तै, ८२ जना शाखा अधिकृतलाई पदस्थापन गर्दा ३० जनालाई स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको छ । जसअनुसार,पितानाथ लुइटेललाई कोहल्वी नगरपालिका,बारा,रामदत्त भट्टलाई पर्सा नगरपालिका,खेमराज देवकोटलाई कृष्णनगर नगरपालिका,महेशबहादुर वमलाई […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८२ जना शाखा अधिकृतलाई पदस्थापन गरिएको छ। मंगलबार मन्त्रालयले नवनियुक्त शाखा अधिकृतहरूलाई पदस्थापन तथा कामकाजमा खटाइएको हो । उनीहरूलाई संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी तोकिएको छ । पदस्थापनबाट निमित्तका भरमा चलेका ३० वटा स्थानीय तहले मंगलबारबाटै प्रमुख प्रशासकीय अधिकृत पाएका छन् । Notices-2024041615541440