Author: कर्मचारी प्रेस
मेष–हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला । वृष –खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू […]
भोजपुर, २३ वैशाख। ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा षडानन्द नगरपालिका-१ खोवाचा बस्ने ३० वर्षीय अमृत मंग्रातीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । मंग्रातीले ती बालिकालाई वैशाख ११ गते दिउँसो सोही ठाउँस्थित झाडीमा लगेर ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुदाकाउलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस […]
नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने सरकारी वकिल कार्यालयको निर्णयमा अदालतले लिखित जवाफ मागेको छ । उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावलले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँसँग लिखित जवाफ माग्ने आदेश गरेका हुन् ।बस्नेतविरुद्ध शोभा पाठक नाम गरेकी एक महिलाले जिल्ला प्रहरी परिसर काठमाडौँमा बलात्कार र भ्रूण हत्याविरुद्धको जाहेरी दिएकी थिइन् । […]
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का नेता–कार्यकर्ता रिहा भएका छन् । आज अपराह्न त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गर्न पुगेका सो पार्टीका उपमहासचिव मनोजकुमार यादवसहित दर्जनौँ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा रञ्जु साह, चन्दा साह, सञ्जय साह, मनोज यादव, आर्य पाण्डे, कनक सिंह, बिनोद साह, राजकुमार बिक, चन्द्रिका लाल साह, बरुण […]
पत्रकारको पहिलो धर्म हो समाचार स्रोतको संरक्षण गर्नु तर सिधा कुराको द डार्क फाइल कार्यक्रम सञ्चालकहरुका कमजोरीका कारण समाचार स्रोत नै प्रहरी हिरासतमा पुगेका छन् । उक्त कार्यक्रममा अख्तियारद्धारा स्टिङ अप्रेसनमा डामिएका ४ सय भन्दा बढीको मुद्धा बचाउन करोडौंको डिल भएको टेप प्रकरण सार्वजनिक भएसँगै यो प्रकरण अदालत पुगेको थियो । सिधाकुराका प्रकाशक युवराज कँडेलले […]
बागमती प्रदेश सरकारले भोलि(वैशाख २४ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रदेश सरकारी काम काजको भाषाको रुपमा तामाङ र नेपाल भाषाको शुभारम्भ भएको अवसरमा वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको हुन्। आइतबार चेम्बर प्रतिनिधिमण्डलले सिंहदरवारमा प्रधानमन्त्री दाहालसँग भेट गर्दै देशको अर्थतन्त्रको वर्तमान अवस्थाबारे ध्यानाकर्षण गराएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो साढे २ बजेदेखि भएको भेटवार्तामा चेम्बरका अध्यक्ष […]
झापाको दमकमा गोली लागी घाइते गम्भीर भएकी छात्रा एनिका गजमेर (निशा)लाई गोली हान्ने मानिस उनकै पूर्व शिक्षक रहेको खुलेको छ । शुक्रबार परीक्षा दिएर फर्किँदै गरेकी एनिकालाई मध्यान्न १२ बजे सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए ।उदयपुर घर भएकी एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत छिन् । […]
जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । उपप्रधान एवं स्वास्थ्यमन्त्री समेत रहेका अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका समयमा जसपा नेपाल विभाजन भएको हो । जनता समाजवादी पार्टी नेपाल विभाजन गर्ने गरी अशोक राईसहित ७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको छ । पूर्व शिक्षामन्त्री अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि सांसदहरू […]
पोखरा महानगरपालिका – १८ खपाैदी स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता एक बालकको शब सशस्त्र प्रहरिको गोताखोरले निकालेको छ । पोखरा महानगरपालिका- ५ मालेपाटन बस्ने अन्दाजी वर्ष १४/१५ को सोनम सुवेदी आइतबार दिउँसो पुडि खेल्ने क्रममा सो खोलामा डुबेर बेपत्ता भएका थिए । सुवेदी बेपत्त भएपछी उनि संगै पौडी खेल्न गएका अर्का वालकले […]