Author: कर्मचारी प्रेस
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालयमा समयमै हाजिर नहुने र सरकारी संस्थामा बिदा लिएर निजी तथा गैरसरकारी संस्थामा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कारबाही गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीले लापरवाही गर्न थालेको, समयमै कार्यालयमा उपस्थित नहुने तथा नीजि क्लिनिकहरु चलाउने गरेको भन्ने गुनासो बढ्न […]
अहेव विन्दु कोइरालाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा सफाइ पाएका छन्। मंगलबार विशेषले उनीसहित जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकी गीता कोइरालालाई सफाइ दिएको हो। ६ महिना अघि दायर मुद्दामा विशेषले यस्तो फैसला गरेको हो । अख्तियारले ९० लाख गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा स्याङजाकोे चापाकोट नगरपालिकामा कार्यरत कोईरालामाथि ६ महिना अगाडी विशेष अदालतमा मुद्दा दायर गरेको […]
मेलाबाट भोकाउँदै आउँदा तिमी घरमा नहुँदा लागेको भोकै हराउँछ तिमी भोक रहेछौं आमा। मनमा गुम्सिएका कुरा कसैलाई सुनाउन सक्दिन तर, तिमी सजिलै बुझिदिन्छौं तिमी साथी रहेछौं आमा। घर बाट माइती आउँदा तिमीलाई आगँनमा नदेख्दा ढोका खोलु या फर्को हुन्छ तिमी सिङ्गो घर रहेछौं आमा। कयौं सम्बन्धहरु किन्नु पर्छ कयौं सम्बन्धहरु जोड्नु पर्छ निशुल्क पायको तिमी […]
विशेष अदालतले नेपाल टेलिकमको गेटवे पेमेन्ट प्रकरणमा सुनिल पौडेललाई ९ वर्ष कैद सजाय सुनाएको छ । उनलाई २३ करोड २७ लाख बिगो र त्यति नै जरिवाना हुने फैसला समेत भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार उक्त फैसला गरेको हो । उनलाई गत माघ १० गते अख्तियारले पक्राउ […]
सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २८ को उपदफा ४ मा ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री वितरण, सार्वजनिकस्थल […]
बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न वाफ महिला च्याम्पियनशिप २०२४ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । यही वैशाख २४ गते ललितपुरस्थित होटल हिमालयनमा विशेष कार्यक्रम आयोजित गरेर […]
सुन तस्करी जाँचबुझ आयोगले विभागीय कारबाही गर्न सिफारिस गरेपनि गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीलाई विभागीय कारबाही गर्नु नपर्ने निष्कर्ष निकालिएको छ । गृह मन्त्रालयका सहसचिव भरतमणी रिजाल नेतृत्वको समितिले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरेर उनलाई कारबाही गर्नु नपर्ने राय दिएको हो । अधिकारीको हकमा आयोगले नोटिसमा मात्र राख्नु भनेको […]
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाउनुपर्ने माग राख्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । संघीय संसदका सभामुख घिमिरेलाई सम्बोधन गर्दै दिएको लामिछानेको निवेदन सचिवालयमा दर्ता गरिएको छ । ‘संघीय संसदको गत अधिवेशनमा मंैले सम्हालेको मन्त्रालयसँग सम्बन्धित एवम् मेरो व्यक्तिगत विषयमा माननीय सदस्यहरुले विभिन्न प्रश्नहरु उठाउनु भएको थियो । सो सम्बन्धमा […]
गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका छन्। हिजो गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका–३ का हर्दिनेटाका दीपक श्रेष्ठले श्रीमती मनसुवालाई कुटपिट गरेका हुन्। हर्दिनेटाका दीपक र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेँसीकी मनसुवाबीच छ वर्षपहिले विवाह भएको थियो। श्रीमान–श्रीमतीबीच सम्बन्ध बिग्रिएपछि मनसुवा विगत एक वर्षदेखि माइतीमै बस्दै आएकी थिइन्। उनीहरुको ०८० फागुन १३ गते गुल्मी जिल्ला […]
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् । सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार संसद्को वर्षे अधिवेशनमा पार्टीका सांसदले खेल्ने भूमिकाका बारेमा छलफल हुनेछ । संसद्को वर्षे अधिवेशन वैशाख २८ […]