बिषय प्रवेश अनौपचारिक अर्थतन्त्र राज्यका ऐन, कानुन तथा आदेशहरुलाई अवज्ञा गरी अदृश्य रूपमा आर्थिक गतिविधि सञ्चालन हुने अवस्था हो। अनौपचारिक अर्थतन्त्रको हिस्सा बढ्दै गयो भने राज्य नै असफल हुने सम्भावना पनि त्यत्तिकै बढ्दै जान्छ । अनौपचारिक अर्थतन्त्र समानान्तर रूपले राज्यको वैध अर्थतन्त्रसँग जाने हो भने देशको सार्वभौमसत्ता माथि नै खलल पुग्न सक्ने खतरा हुने गर्छ । […]

वीरगञ्ज भन्सार कार्यालयबाट व्यापक चोरी निकासी, अनियमितता र भ्रष्टाचार हुने गरेको छ । देशकै ठूलो भन्सार कार्यालबाट दैनिक करोडौं मूल्य बराबरको सामान तस्करीमा भारतबाट नेपाल भित्रिने गर्दछ । भन्सार कार्यालयमा विभिन्न ट्रान्सपोर्ट कम्पनी, भन्सारका एजेन्टहरु तथा कर्मचारीहरुको मिलेमतोमा ठूलो अनियमितता हुने गरेको छ । भन्सार कार्यालयकै कर्मचारीका अनुसार भन्सार विभाग र अर्थमन्त्रालयका उच्च अधिकारी र […]

सामान्य प्रशासन मन्त्रालय पछिल्लो समय बदनाम बन्दै गएको छ। सामान्य मन्त्रालय सरुवामा असामान्य रुपमा अगाडि बढेको छ।सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले आफ्ना नातेदारलाई ल्याएर सचिवालय भरेका छन् । सोझा र गौ प्राणी मानिएका मन्त्री जोशीको सचिवालयमा अहिले भतिज र छोरीलाई राखिएको छ । यस्तै मन्त्रीको सचिवालयमा इञ्जिनियर दीपक बोहराले नजिकबाट सघाइरहेका छन् । पछिल्लो समय […]

संघीय सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । सार्वजनिक विवरणमा सबैभन्दा धनी मन्त्री भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ देखिएका छन् । मन्त्रीहरुको सम्पत्ति विवरणमा घरजग्गा, बैंक मौज्दात, सुनचाँदी, शेयर, गाडी र अन्य जायजेथाको विवरण छन् । धेरैजसो मन्त्रीहरुले सम्पत्ति स्वआर्जन नभई पैतृक भएको दाबी गरेका छन् । नगद आयलाई तलब भनेका छन् भने […]

ललितपुर महानगरपालिकाले बुधबार ( आज ) स्थानीय बिदा दिने निर्णय गरेको छ । रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्तमा नगरवासीको उल्लेख्य उपस्थिति हुने तथा परम्परादेखिको धार्मिक महत्त्वको दिन भएको भन्दै महानगरपालिकाले बिदा दिने निर्णय गरेको हो । ललितपुर महानगरपालिका नगरकार्यपालिकाको मिति २०८१/०१/१८ गतेको बैठकले महानगरपालिका र मातहतका कार्यालयहरूमा स्थानीय […]

विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई २ वर्ष कैद र २५ करोड ४७ लाख बिगो भराउने फैसला गरेको हो । विशेष अदालतले बिगो बराबर नै जरिवाना हुने फैसलामा भनेको छ । अख्तियारले गत वर्ष वैशाखमा […]

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले चार वर्षे स्नातक तह प्रथम वर्ष को नियमित तर्फको नतिजा प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले २०८० साल वैशाख महिनामा संचालन गरेको शिक्षाशास्त्र संकायतर्फ चार वर्षे स्नातक तह प्रथम वर्ष २०७९ (4 Yrs. B. Ed. I 2079 ) को नतिजा सार्वजनिक गरेको हाे । उक्त परीक्षाको परीक्षाफल […]

एनएमबी बैंक लिमिटेडको फर्साटिकार शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालि–४ को फर्साटिकारस्थित शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो । उक्त शाखा कार्यालय हाल सञ्चालनमा रहेको सोही गाउँपालिका–४ मा रहेको कार्यालयबाट ५० मिटरको दूरीमा रहेको उत्तरतर्फको नयाँ भवनमा स्थानान्तरण हुन लागेको हो । नयाँ शाखा कार्यालयबाट जेठ १३ गतेदेखि बैंकिङ […]

सरकारले मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र २३ जना मन्त्रीको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेवसाइटमार्फत सार्वजनिक गरिएको हो । विवरण केलाउँदा सबैभन्दा धनी उपप्रधान मन्त्री रघुवीर महासेठ देखिएका छन् भने सबैभन्दा कम सम्पत्ति नारायणकाजी श्रेष्ठसँग रहेको विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार प्रधामनन्त्री […]

लोक सेवा आयोगद्वारा लिइएको नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । आयोगले सूचना प्रकाशन गर्दै परीक्षा नतिजा सार्वजनिक गरेको हो ।प्रहरीको विज्ञापन नम्बर ०१–०८०८१ (खुला तथा समावेशी), नेपाल प्रहरी सेवा, जनपद प्रहरी समूह, इन्स्पेक्टर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको आयोगले जनाएको छ । विभिन्न समूहमा गरी ९६ जनाको […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।