त्रिभुवन विश्वविद्यालयले नतिजा सार्बजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयवाट मिति २०८० फाल्गुन २२ देखि मिति २०८० फाल्गुन २९ सम्म संचालन भएको Bachelor of Business Administration – Finance (BBA-F) को नतिजा सर्बजनिक भएको हो ।

नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल र भारतबीचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसीएचएल)सँग सम्झौता गरेको छ । यस सम्झौताले नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमामा रहेर नेपाल एसबिआई बैंकका ग्राहकहरुले नेशनल पेमेन्ट इन्टरफेसको माध्यमबाट भारतमा रहेको आफ्नो बैंक खातामा सीधै रकम स्थानान्तरण गर्न सक्नेछन् । त्यसैगरी, भारतमा बसोबास गर्ने […]

काठमाडौँ । पर्यटन बिभागले आरोही निर्मल पुर्जाले सगरमाथा आरोहणका लागि टाँगीएको डोरी काटिएको भन्ने गलत जानकारी दिएको भन्दै खण्डन गरेको छ । पर्यटन विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै पुर्जाले सामाजिक सञ्जालमार्फत गलत जानकारी दिएको भन्दै अहिले सगरमाथा आरोहणका लागि टाँगीएका सबै डोरीमा कुनै समस्या नरहेको दाबि गरिएको छ । पुर्जाले सामाजिक सञ्जालमा एक भिडियो […]

सोमबार दिउँसो परेको वर्षाका कारण हेटौंडामा बागमती प्रदेशसभा भवन जलमग्न भएको छ । उक्त भवनको भित्र र बाहिर पानी जमेको छ । प्रदेशसभा भवनमा ढल निकासको प्रबन्ध नहुँदा दिउँसाे २ बजेदेखि परेकाे वर्षापछि पानी जमेको हो ।वर्षाको पानीको उपयुक्त निकास नहुँदा सचिवालय परिसर तलाउ जस्तै बनेको छ । सचिवालय परिसरमा पानी जम्दा प्रदेशसभा बैठक समेत […]

२०८१ बैशाख २७ गते कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा हाजिर भएका अर्थसचिव विष्णुप्रसाद पौडेल १७ दिनमै फर्किएका छन् ।  ०७४ सालयता अर्थ मन्त्रालयमा १२ वटा सचिव फेरबदल भएका मध्य पौडेल सबैभन्दा कम समय कर्णालीमा बस्ने सचिव हुन् । पहिलो अर्थ सचिवका रूपमा आएका ढुण्डीप्रसाद निरौला ०७४ माघदेखि ०७६ वैशाख १२ गतेसम्म बसे ।सन्तबहादुर […]

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सोमबार अनुपम भट्टराईले रास्वपाका सभापतिसमेत रहेका लामिछानेलाई पदबाट हटाउन माग गर्दै रिट दायर गरेका हुन् । गृहमन्त्रीलाई पदबाट हटाउन र महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले दरपीठ गरिदएपछि त्यसविरुद्ध परेको रिटमा […]

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले माफी मागेका छन् । अदालतमा विचाराधिन मुद्धामा मुख खोलेका चर्चित हास्यकलाकारद्धय मदनकृष्ण हरिवंशले अष्ट्रेलिया पुगेर उक्त प्रकरणमा माफी मागेका हुन । यस अघि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति सार्वजनिक गरिएको धारणामा व्यापक आलोचना खेप्न परेपछि उनीहरुले उक्त गल्ती सच्याउँदै माफी मागेका हुन । एक एफएममा दिइएको […]

रसुवा जिल्लाका पाँच पालिकाहरु मध्ये सबैभन्दा बढी बेरुजु कालिका गाउँपालिमा भएको पाइएको छ । आर्थिक बर्ष ०७९/ ८० को लेखापरीक्षण प्रतिवेदन अनुसार कालिका गाउँपालिकामा सबैभन्दा बढी बेरुजु रहेको विवरण सार्वजनिक भएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औँ बार्षिक प्रतिवेदन अनुसार कालिका गाउँपालिकाको बेरुजु ४ दशमलव २४ प्रतिशत रहेको पाइएको छ । उक्त पालिका […]

सरकारले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न विभिन्न घोषणा गरे पनि परामर्श सेवाकै नाममा झण्डै १ अर्ब १९ करोड बढी खर्च गरेको भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अघिल्लो आर्थिक बर्षमा परामर्शकै नाममा १२ करोड ७९ लाख ९ हजार रुपैंया परामर्शको शीर्षकका उडाइएको हो । संघीय सरकारले १२ करोड खर्च गर्दा स्थानीय […]

भक्तपुर । धेरै नेपाली युवाहरु वैदेशिक रोजगारीमा जान चाहिरहेको बेला एक कार्यक्रमका सहभागीहरुले स्वदेशमै केही गर्न सुझाएका छन् । उनीहरुले बरु विदेशबाट फर्केकाहरुले त्यहाँंबाट सिकेर आएको सिप नेपालमै प्रयोग गरी उद्यमी वन्न सुझाएका छन् । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियाबाट फर्किएका श्रमिकका लागि कोइकाको ‘के हामी’ परियोजनाले भक्तपुरमा गरेको कोरिया जाने प्रवासी नेपाली […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।