गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) हेरफेर गरेको छ । २५ जना सहसचिवको सरुवा गर्दा विभिन्न जिल्लाका सिडिओ फेरिएका हुन् ।

गृह मन्त्रालयले २५ सहसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । विभिन्न मन्त्रालयबाट गृहमा पुगेका ७ सहसचिवको पदस्थापन र बाँकी १८ जनाको आज सरुवा भएको हो । सूची अनुसार हालैमात्र उद्योगबाट गृहमा पुगेका रामचन्द्र तिवारीलाई जिल्ला प्रशासन कार्यालय सुनसरी,उद्योगबाटै गृहमा पुगेका तीर्थराज चिलुवाललाई जिल्ला प्रशासन कार्यालय मकवानपुर,लामो समयदेखि जिम्मेवारविहिन रहेका अरुण पोखरेललाई बर्दियाको प्रमुख जिल्ला अधिकारीको […]

विशेष अदालतले भ्रष्टाचारी ठहरिएका सिनियर डिभिजनल इन्जिनियर ५७ वर्षीय नवीनकुमार पोखरेलको घरबाट ‘सुसाइड नोट’ समेत फेला परेको छ । भक्तपुरको लोकन्थलीमा शुक्रबार आफ्नै निवास झुन्डिएको अवस्थामा फेला परेका पोखरेलमाथि प्रारम्भिक अनुसन्धान गर्दा आत्महत्या गरेको देखिएको भक्तपुर प्रहरीका प्रमुख एसपी बेद विष्टले जानकारी दिए । प्रहरी स्रोतले सुसाइड नोटमा आफ्नो मृत्युको जिम्मेवारी आफैं भएको भन्दै कसैको […]

विराटनगर । महालेखापरीक्षकको कार्यालयले कोशीका प्रदेशका प्रदेश प्रमुखलाई छैटौं लेखा परीक्षण प्रतिवेदन बुझाएको छ । बुधबार कार्यालयले प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रतिवेदन बुझाएको हो । महालेखा परीक्षकको प्रतिवेदन अनुसार कोशी प्रदेशको बेरुजु एक अर्ब ३१ करोड ७६ लाख १० हजार रहेको छ । लेखापरीक्षकको कार्यालयले प्रदेश सरकार अन्तर्गतका मन्त्रालय तथा निकायसमेत गरी १८० वटा कार्यालयको […]

सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले हिजो संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठकमा पेश गरेको बजेटलाई लिएर प्रशंसा र आलोचना दुवै भइरहेको छ । बजेटलाई केहीले चमत्कारिक भनेका छन् भने धेरैले जनतामा भरोसा र विश्वास जगाउन नसकेको भनी टिप्पणी गरेका छन् […]

अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता जनाएका छन् । हिजोको बजेट भाषण पछि आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनको क्रममा मन्त्री पुनले सहकारी बचतकर्तालाई तत्काल पाँच लाख रुपैंयासम्म फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको र यसले सहकारीको समस्या समाधान गर्दै लैजान मद्दत पुग्ने बताए । मन्त्री पुनले […]

अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणको अनुभव सुनाएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनको क्रममा मन्त्री पुनले आफूले दोश्रो पटक बजेट पेश गर्न पाएपछि ‘रिल्याक्स मुड’मा रहेको बताउँदै बजेट निर्माण गर्दाका अनुभूति सुनाएका हुन । ‘राजनीतिक रुपमा संसदमा बजेट पेश हुन्छ कि हुँदैन भन्ने थियो,’ पुनले भने, ’अहिले रिल्याक्स मुडमा छौं । मन्त्री पुनले बजेट निर्माणका […]

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गरि अनुसन्धान गर्न माग गरिएको रिटको सुनुवाइ स्थगित भएको छ ।सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको उक्त रिटको  पेसी स्थगित भएको हो।अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटको पेशी पोखरेलको इजलासमा १० ‍औँ नम्बरमा थियो । उक्त रिटमा निवेदकको आग्रहपछि स्थगन गरिएको हो । महान्यायाधिवक्ता […]

गत आर्थिक बर्षमा ७५३ वटा स्थानीय तहमध्ये पाँच वटा पालिकाको बेरुजु शून्य रहेको पाइएको छ । कार्यालयका अनुसार सातै प्रदेशका ७ सय ५३ स्थानीय तहमध्ये मध्ये ७ सय ४६ स्थानीय तहको लेखापरीक्षण गरिएकामा पाँच तहका शून्य बेरुजु देखिएको छ । एउटा स्थानीय तहको बेरुजु २५ प्रतिशतभन्दा बढी रहेको विवरण महालेखाले सार्वजनिक गरेको छ । बेरुजु […]

केन्द्रमा प्रधानमन्त्री प्रचण्ड सत्तामा टिक्ने नाममा प्रदेशका संरचनाहरु अस्थिर बनाइएको छ । जस्को पराकम्प गण्डकीमा शुरु भएको छ । ५३ दिन अघि मुख्यमन्त्रीमा नियुक्त भएका र विश्वासको मत लिएको २३ दिनपछि नै त्यहाँका मुख्यमन्त्री खगराज अधिकारी कुर्सीबाट हट्नुपर्ने भएको हो । सर्वाेच्चको परमादेशसँगै त्यहाँका मुख्यमन्त्री खगराज अधिकारी हटेर उक्त स्थानमा सुरेन्द्रराज पाण्डे नियुक्त हुने भएका […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।