परराष्ट्रको सर्कुलर महामहिमद्धारा अवज्ञा

थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले मन्त्रालयको सर्कुलर अटेर गरेको एकाथरीको गुनासो छ ।

बिज्ञापन

राजदूत ओलीले परराष्ट्र मन्त्रालयले जारी गरेको पछिल्लो सर्कुलर अवज्ञा गरेको भन्दै एकथरि ‘एनआरएन’हरू असन्तुष्ट बनेका हुन । गत वैशाख २१ गते गैरआवासीय नेपाली संघको एकताको महाधिवेशन भयो, त्यो महाधिवेशनबाट महेश श्रेष्ठ सर्वसम्मत अध्यक्ष चुनिए। र, उनी नेतृत्वको कार्यसमितिलाई परराष्ट्र मन्त्रालयले मान्यता पनि दियो। त्यसो त बद्री केसी नेतृत्वको अर्को एनआरएन पनि अस्तित्वमा छ।

बिज्ञापन

स्रोतका अनुसार मन्त्रालयले सबै दूतावासहरूमा ‘महेश श्रेष्ठको एनआरएनएलाई मान्यता दिनू’ भनेर त्यसको सर्कुलर गरेको छ। तर राजदूत ओलीले परराष्ट्रको पत्र ‘फोहोर फाल्ने टोकरी’मा फ्याँकेको गुनासो छ। ‘राजदूतज्यूले परराष्ट्रलाई टेर्नुभएन जस्तो लाग्यो । उहाँमा एकखालको दम्भ देखिएको छ। हामीले पनि पटकपटक भनेका छौँ। र, नेपाल सरकारले पनि हाम्रो नेतृत्वलाई नै आधिकारिक मानेको छ। तर राजदूतज्यूले वास्ता गर्नुभएन,’ महेश श्रेष्ठ नेतृत्वको एनआरएनए थाइल्यान्डका एक पदाधिकारीले गुनासो गरे ।

थाइल्यान्डमा पनि दुइटा गैरआवासीय नेपाली संघ छन्— बद्री केसीको ‘लिगेसी’ भविन्द्र बस्नेतले बोक्छन्, भने महेश श्रेष्ठको सन्जय ढकालले। परराष्ट्रको पत्रले थाइल्यान्डको मान्यता ढकालले पाएका छन्। तर बैंककस्थित नेपाली दूतावासले बस्नेतलाई नै आधिकारिक ठानेको छ।

बिज्ञापन

दूतावास स्रोतका अनुसार रेस्टुरेन्ट व्यवसायी बस्नेत र राजदूत ओलीको सम्बन्ध राम्रो छ। त्यहीँ कारण उनले नेपाल सरकारको सर्कुलर नमानेको उनीहरुको बुझाई छ । उता, महेश श्रेष्ठ नेतृत्वको एनआरएनका पदाधिकारीहरूले थाइल्यान्डको गुनासो परराष्ट्र मन्त्रालयसम्मै पु¥याएका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रौतहटका सिडियो हिजो पदभार,आजै विवाद

सिके राउतबाट कारवाहीमा परेका साह बने उद्योग मन्त्री

दुई सचिवको सरुवा,दुईको प्रदेशमा पदस्थापन,पूर्व सचिवलाई सेवा आयोगको अध्यक्ष

‘रसुवालाई सामान्य राहतले पुग्दैन’ : सांसद आचार्यको सरकारसँग विशेष प्याकेज माग

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको स्वास्थ्य सेवा, ३ हजार ६ सयभन्दा बढीको उपचार

गौरीकुमारीको ठाउँमा गणेश कि रहविर ?

अमरेशको आक्रोश – ‘सरकारको केन्द्र सिंहदरबार होइन, ज्वागल बनेको छ’

गहभरी आँशु पारेर मन्त्रालयबाट बाहिरिइन मन्त्री यादव

बिशेष