Author: कर्मचारी प्रेस
अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ । यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकासँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो । अध्यागमनमा कार्यरत कर्मचारीको पोसाकबाट पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले छुट्टै व्यवस्था गरिएको अध्यागमन विभागले जनाएको छ । अध्यागमनका कर्मचारी र अन्य निकायका कर्मचारी छुट्याउन […]
कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मन्त्रालय र मातहतका कर्मचारीप्रति गुनासो सार्वजनिक फोरममै पोखेकी छिन् । मन्त्री साहले कृषि मन्त्रालय र मातहतका निकायका कर्मचारीका व्यवहारका कारण आफू वाक्कदिक्क (बोर) भएको गुनासो सार्वजनिक मञ्चबाटै पोखेकी हुन । मन्त्री साहले एकाथरी कर्मचारी आएर फलाना खत्तम, ऊ खत्तम । अर्काेथरी कर्मचारी आएर त्यो उतम,उ खत्तम भन्ने टिप्पणी […]
सर्वाेच्च अदालतले पूर्व रक्षा सचिव चक्रबन्धु अर्यालको भ्रष्टाचार मुद्धाको निर्णय सुनाउने मिति तोकेको छ । अख्तियारले उनीविरुद्ध ४ करोड ८ लाख ८० हजार रुपैयाँ कुल सम्पत्ति भएको त्यसमध्ये १ करोड ४७ लाख ९९ हजार रुपैयाँको मात्रै स्रोत खुलेको भन्दै अर्यालले २ करोड ६० लाख ८१ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको अभियोग थियो । अख्तियारले दायर […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन्। नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका कारण सरकारमा सहभागी गराउने प्रधानमन्त्रीको तयारी छ । माओवादी केन्द्रबाट मन्त्री बनेकालाई अन्यन्त्र सारेर रञ्जिता श्रेष्ठलाई सरकारमा लैजाने सरकारको तयारी छ ।नाउपालाई एक मन्त्री […]
एउटा मुद्धामा सफाई पाएको दुई बर्ष नबित्दै उपसचिव अर्काे भ्रष्टाचार मुद्धामा डामिएका छन् । यसरी भ्रष्टाचार मुद्धामा डामिएका उपसचिव हुन कृष्णप्रसाद जैसी ।काठमाडौंको चन्द्रागिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा भएर गोदावरी नगरपालिकामा आइपुगेका थिए । उनी चन्द्रागिरीमा पुगेको केही समय पछि नै घुस रकम सहित रंगेहात पक्राउ परेका थिए । निर्माणाधिन आयोजनाको बिल भुक्तानीका लागि […]
गृह मन्त्रालयले ८ उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले जेठ २१ गते उनीहरूको सरुवा तथा पदस्थापन गरेको हो । जसमा तीन उपसचिवको पदस्थापन,१ सरुवा र बाँकी ४ सहायक सिडिओसहित कामकाज सरुवा गरेको जनाइएको छ । सरुवा सूची अनुसार,सुर्यप्रसाद उपाध्यायलाई अध्यागमनको निर्देशकको रुपमा पदस्थापन गरिएको छ भने युवराज अर्याललाई धादिङ जिल्लाका सहायक प्रमुख जिल्ला […]
ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्रबहादुर महर्जनसहित १४ जनालाई प्रतिवादी कायम गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अख्तियारले एकै कसुरमा पाँचवटा मुद्दा दायर गरेको र त्यसको कूल बिगो एक अर्बमाथि रहेको बुझिएको छ । विभिन्न ५ वटा मुद्दामा कुल १ अर्ब ४ करोड ८७ लाख ३३ हजार रुपैयाँ बिगोसहित मुद्दा […]
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कडा शब्दमा आलोचना गरेका छन् । बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टी स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत बालेनले यस्तो आरोप लगाएका हुन । उनले १० हजार करोडको गिरीबन्धु काण्ड लुकाउन ओलीले अन्य विभिन्न काण्ड गरेर जनतालाई झुक्याउने […]
पछिल्लो समय सर्वोच्च अदालतले लामो समयदेखि फाइल नै नखोली राखिएका भ्रष्टाचारका ‘हाई प्रोफाइल’ मुद्दा किनारा लगाउन विशेष सक्रियता देखाएको छ।१० औं बर्षदेखि सर्वाेच्चमा पुगेर अड्किएको भ्रष्टाचार मुद्धाको अन्तिम किनारा लगाउने काम अगाडि बढिरहेको देखिन्छ । यस्को उदाहरण आइतबार भएका दुईवटा निर्णयलाई लिन सकिन्छ । सर्वाेच्चले आइतबारमात्र पूर्व मन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्धाको निर्णय सुनाउने मिति […]
वीर अस्पतालमा भ्रष्टाचार भएको भन्दै कर्मचारीहरूले नियामक निकायमा उजुरी दर्ता गराएका छन् । वीर अस्पतालमा मेडिकल स्टोर ,जनरल स्टोर, खरिद एकाई ,अस्पताल फार्मेसी लगायतमा व्यापक अनियमितता भएको, टेन्डरबाट सामान नलिने कोटेसनमा पटक पटक गरी करोडौँको सामान खरिद गर्ने गरेको,विपन्न नागरिक शाखा र फार्मेसीमा अनियमितता भएको भन्दै अख्तियार,राष्ट्रिय सतर्कता केन्द्र,प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयदेखि […]