वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले शिक्षा र स्वास्थ्यको गुणस्तरमा सम्झौता गर्न नसकिने बताएका छन्। पर्साको जगतपुरमा श्री टैरीमाई क्लबद्वारा आयोजित शैक्षिक जनचेतना तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले यस्तो बताएका हुन्। ‘शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा गुणस्तरीयता कायम गर्दै क्षमता बढाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्छ,’ उनले भने। ‘नयाँ संस्था खोल्ने […]

मुख्यमन्त्रीलाई समेत जानकारी नदिई सुटुक्क जापान गएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलावल्लभ अधिकारीले राजीनामा दिएका छन् । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्रीको भूमिकामा रहेका अधिकारीले पदबाट राजीनामा दिएका हुन। उनी क्याविनेटबाट स्वीकृति नलिई जापान भ्रमणमा गएको विषय विवादमा परेका थिए । मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र […]

८ महिना अगाडि स्थायी नियुक्ति लिएर काम गर्दै आएका १२९ कर्मचारीको नियुक्ति खारेजीमा परेको छ । प्रचलित ऐन कानुन विपरित मनलाग्दी ढङ्गबाट स्थायी नियुक्ति गरिएका ती कर्मचारीहरुको नियुक्ति खारेज गर्न लोकसेवा आयोगले पोखरा महानगरपालिकालाई पत्र काटेको हो । पोखरा महानगरपालिकाले ०८० फागुनमा लामो समयदेखि करार सेवामा कार्यरत १ सय २९ जना कर्मचारीलाई स्थायी नियुक्ति दिएको […]

काठमाडौँको बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । सानेपाबाट कलङ्कीतिर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिँदा स्कुटर चालक भूपति पाण्डेको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले बताए । ३४ वर्षीय पाण्डे अध्यागमन अधिकृत हुन् । उनी ब्याच नम्बर–३५ का शाखा अधिकृत हुन् । नेपाल विद्यार्थी […]

आगामी मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदै छ। जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ । २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट ती स्थानमा निर्वाचित जनप्रतिनिधिको निधनलगायत विभिन्न कारण […]

विश्व महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतीय निर्वाचनका लागि मतदान प्रक्रिया चलिरहेको छ । केही राज्यहरु केन्टकी, इन्डियाना, साउथ क्यारोलिना, भर्मन्ट, भर्जिनिया र महत्वपूर्ण राज्य जर्जियामा मतदान सकिएको छ । राष्ट्रपति चुनावमा कमला ह्यारिस र डोनाल्ड ट्रम्पको चुनावी प्रतिष्प्रर्धामा उत्रिएका छन् । निर्वाचनमा होमिएकामध्ये ह्यारिस डेमोक्रेटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति हुन भने रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प […]

मंगलबारदेखि चलचित्र ‘पूर्णबहादुरको सारंगी’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनमा आएको छ । नेपालीहरूको दोस्रो महान् चाड तिहारको छेको पारेर यही कात्तिक १५ गते लक्ष्मीपूजाका दिनदेखि सिनेमाघरमा आएको यो चलचित्र अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनमा आएको हो । तिहारको घरेलु बक्स अफिसमा ‘पूर्णबहादुरको सारंगी’ले आक्रामक कमाइ गरिरहेको छ । भारतीय चलचित्र ‘सिंघम अगेन’ र ‘भुलभुलैया ३’ले नेपाली बक्स अफिसमा कमजोर […]

५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । मंगलबार साँझ चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन् । उनीहरु एयर अरेबियाको उडान नं. जी ९५३० मा शारजाहबाट काठमाडौं आएका थिए । उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक( पुनः जाँच ) गर्ने क्रममा लगेज […]

काठमाडौं । पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ ।पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने जानकारी दिएका हुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौं पार्टी केन्द्रीय […]

चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्ममा राजश्व लक्ष्यको २० प्रतिशत समेत संकलन नभए पछि अर्थमन्त्री विष्णु पौडेलले राजश्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले औषत भन्दा माथि उठेर काम गर्न र मातहतका कर्मचारीहरुलाई काममा लगाउन निर्देशन दिएका हुन। सरकारले चालु आर्थिक बर्षमा १४ खर्ब […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।