शक्ति बस्नेतसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

 

बिज्ञापन

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा शक्ति बस्नेतलाई स्पष्टीकरण सोधेको छ।

बिज्ञापन

सोमबार जाजगरकोट निर्वाचन आयोगले पत्र काट्दै तीन दिनभित्र आयोगमा स्पष्टीकरण दिन आग्रह गरेको छ । उनले उम्मेदवार मनोनयनका क्रममा पाँच सय रुपैयाँका नोट बाँडिएको श्रव्यदृश्य सामाग्री बाहिरिएकाले सत्यसत्य के हो बताउन आयोगले आग्रह गरेको छ । यस्तो कार्य निर्वाचन आचारसंहिताविपरित भएको आयोगको ठहर छ ।

निर्वाचन आयोगका अनुसार माघ ६ गते उजुरी प्राप्त भएपछि छानबिनका क्रममा बाजागाजा बजाउँदै आचारसंहिता विपरीत गतिविधि गरेको देखिएको भन्दै आयोगले बस्नेतसँग स्पष्टीकरण माग गरेको हो।

बिज्ञापन

आयोगले जारी गरेको पत्रमा निर्वाचन आचारसंहिता विपरीतको कार्य गरेको देखिएकाले किन निर्वाचन कानून बमोजिम कारबाही नगर्ने भन्ने सम्बन्धमा स्पष्टिकरण पेस गर्न आग्रह गरेको छ।

आयोगले उक्त पत्र प्राप्त भएको मितिले तीन दिनभित्र स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालय जाजरकोट अथवा निर्वाचन आयोग, नेपालमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष