मन्त्रिपरिषद् बैठक शुरु : भन्सार नियमावली पास गर्ने तयारी

मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार दिउँसो मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बिज्ञापन

बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफलका साथै आवश्यक निर्णय गर्ने बताइएको छ ।

बिज्ञापन

आजको क्याविनेटबाट भन्सार ऐन नियमावली जाने बताइएको छ । भन्सार ऐन आएको भए पनि नियमावली नआएका कारण कार्यन्वयनमा जान सकेको छैन ।

अर्थमन्त्री रामेश्वर खनालले भन्सार ऐन कार्यान्वयनमा जाने चरणमा रहेको बताउँदै आएका छन् । भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रमा भन्सार ऐन आएपनि नियमावली नआएकै कारण ऐनमा भएका व्यवस्था कार्यान्वयनमा जान नसक्ने अवस्थाको अन्त्य गर्न लागिएको उद्घोष गरेका थिए ।

बिज्ञापन

अर्थमन्त्री खनालका अनुसार, भन्सार ऐनलाई पूर्ण रुपमा कार्यन्वयनमा लैजानका लागि मन्त्रीपरिषद्बाट नियमावली स्वीकृत गराउने तयारी भइरहेको छ । आजै मन्त्रिपरिषद्मा भन्सार नियमावली पुग्ने अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष