माओवादीबाट निर्वाचित वडाध्यक्ष र एमालेका स्थानीय नेता कांग्रेस प्रवेश

रासुवा — एक साताअघि कालिका गाउँपालिका–१ का वडाअध्यक्ष दावा तामाङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित तामाङले नेपाली कांग्रेसका उम्मेदवार इन्जिनियर मोहन आचार्यलाई समर्थन गर्दै पार्टी परिवर्तन गरेका हुन्।

बिज्ञापन

तामाङले स्थानीय विकास, सुशासन र समन्वयका लागि कांग्रेससँग सहकार्य आवश्यक ठानेर प्रवेश गरेको बताएका छन्। उनका अनुसार अब गाउँपालिकामा विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अगाडि बढाउन आफू कांग्रेससँग मिलेर काम गर्नेछन्।

बिज्ञापन

यसैबीच, आज उत्तरगया गाउँपालिका–४ का नेकपा (एमाले)सँग आवद्ध बुद्धि बहादुर ब्लुन र अकल बहादुर ब्लुन पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनीहरूलाई  आचार्यले  स्वागत गरेका थिए।

कांग्रेस प्रवेश गर्ने क्रम बढ्दै गएको भन्दै स्थानीय कांग्रेस नेताहरूले यसलाई संगठन सुदृढीकरण र आसन्न निर्वाचन तयारीसँग जोडेर हेरेका छन्। अन्य दलबाट समेत कांग्रेसमा प्रवेशको क्रम जारी रहने दाबी उनीहरूले गरेका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

चर्चा थियो २० हजार कर्मचारी कटौतीको,हुनेछ बढीमा २ हजार दरबन्दी कटौती

बिशेष