अस्ट्रेलिया बसेर नेपालमा कीर्ते हाजिर हुने नेपाल सरकारका पशुपन्छी सेवातर्फका उपसचिव डा नवीन उपाध्याय घिमिरेमाथिको कारबाही प्रक्रिया अघि बढेको छ ।
बिज्ञापन
अष्ट्रेलियामा बसेर सेकुवा बेचिरहेको उनको गैर हाजिरी चाहिँ नेपालकै धमाधम भइरहेको रहष्य खुलेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतकै राष्ट्रिय सतर्कता केन्द्रले छड्के मात्र गरेको थिएन कि पछि यो बिषयमा छानबिन गर्न छानबिन समिति नै बनाइएको थियो ।
यसरी राज्यका निकायहरुलाई गुमराहमा राखेर गत चैत्रमा अष्ट्रेलिया पुगेर,उतै रमाइरहेका पशु सेवा विभागका उपसचिव डा नविन उपाध्याय घिमिरेको हाजिरी चाहिँ नेपालमा भइरहेको बिषय बाहिरिएपछि सर्तकता केन्द्रले दुई दिनभित्र जबाफ पेश गर्न पत्र पठाएको दुई दिन पछि ती उपसचिव पुल्चोकस्थित पशु सेवा विभागको कार्यालयमा झुल्किएका थिए । यसरी गडबडी गर्दै आएको भेटिएसँगै डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट बर्खास्त गर्ने प्रक्रिया अगाडि बढेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक सूचना जारी गर्दै घिमिरेलाई सजाय हुन नपर्ने उचित आधार र कारण भएमा त्योसहित १५ दिनभित्र उपस्थित हुन भनिएको छ । अन्यथा निजामती सेवा ऐन, २०४९ अनुसार कारबाही हुने जनाएको छ ।
बिज्ञापन
कुनै पनि कर्मचारी ९० दिनभन्दा बढी अनुपस्थित रहेको भन्दै निजामती सेवा ऐन, २०४९ को दफा ६१ बमोजिम कारवाही हुन्छ । उसलाई सेवाबाटै हटाउनका लागि स्पष्टीकरण सोध्ने र चित्त नबुझे जागिरबाटै हटाइने प्रावधान छ ।
घिमिरे गत भदौ ५ देखि लगातार ९० दिनभन्दा बढी समय बिना जानकारी अनुपस्थित भएकाले माघ २ गतेको सचिवस्तरीय निर्णयानुसार उनीमाथिको कारबाही प्रक्रिया अघि बढाएको सूचनामा उल्लेख छ ।
मन्त्रालयद्वारा जारी सूचनामा घिमिरेलाई सजाय हुन नपर्ने उचित आधार र कारण भएमा त्योसहित १५ दिनभित्र उपस्थित हुन भनिएको छ । अन्यथा निजामती सेवा ऐन, २०४९ अनुसार कारबाही हुने मन्त्रालयले मन्त्रालयले स्पष्ट पारेको छ । निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) मा कुनै कर्मचारी बिनाजानकारी ९० दिनभन्दा बढी समय आफू पदाधिकार रहेको कार्यालयमा लगातार अनुपस्थित भएमा सेवाबाट हटाउन सकिने उल्लेख छ ।
रोचक चाहिँ तिनै उपसचिवलाई सरकारी सेवाबाट निलम्बन हुनबाट बचाउनका लागि महानिर्देशक डा रामनन्दन तिवारीकै मिलेमतोमा कीर्ते हाजिरी गर्न लगाई मासिक रुपमा तलब भत्ता समेत बुझेका थिए । घिमिरे लगातार ८ महिना कार्यालयमा उपस्थित छैनन् । निजामती सेवा ऐन, २०४९ मा कुनै पनि निजामती कर्मचारी बिनाजानकारी ९० दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेमा पूरा गरेर सेवाबाट हटाउन सकिने व्यवस्था छ । विभाग स्रोतका अनुसार, घिमिरे २०८२ वैशाख १ गतेदेखि असार २७ गतेसम्म बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहँदा पनि उनको हाजिरी भएको र सो अवधिमा समेत लेखा अधिकृत चम्पा बिसीले वैशाख १ देखि असारसम्ममा मासिक ६८ हजार ५२३ रूपैयाँको दरले कुल २ लाख ५ हजार ५६९ रूपैयाँ तलब घिमिरेको खातामा पठाएको पाइएसँगै यो बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र हेलो सरकारमा उजुरी परेको थियो ।
राष्ट्रिय सकर्तता केन्द्रमा यसमा चासो देखाएसँगै विभागकी उपमहनिर्देशक डा. प्रेरणा सेढाईं भट्टराईको संयोजकत्वमा वरिष्ठ पशु चिकित्सक डा. नवराज श्रेष्ठ र शाखा अधिकृत कमल पन्थी रहेको तीन सदस्यीय छानबिन समिति गठन भएको थियो । उनका बिषयमा सरकारी निकायहरुले चासो राखेसँगै ०८१ चैत २८ गते बिहान त्रिवि विमानस्थलबाट अस्ट्रेलिया प्रस्थान गरेका उपसचिव घिमिरे ०८२ मंसिर १७ गते नेपाल फर्किएर यहाँ पाँच दिन बसेर फेरि उतै उडेका थिए । अध्यागमन विभागको ट्राभल हिष्ट्री उनी ०८१ चैत २८ गते बिहीबार अष्टे«लिया प्रस्थान गरेर १७ मंसिर ०८२ मा स्वदेश फर्किएको देखिन्छ तर उनी विदेशमा हुँदा समेत यहाँ उनको हाजिरी भइरहेको बिषयलाई गम्भीरतापूर्वकमात्र लिइएको छैन कि यो प्रकरणमा महानिर्देशक तिवारीलाई समेत अख्तियारले राडारमा राखेर अनुसन्धान अगाडि बढाइरहेको छ ।
उपसचिवलाई कीर्ते हाजिरी गरी जागिरबाट बचाउँदै आएका महानिर्देशक डा. रामनन्दन तिवारी उपर कीर्ते अनुसन्धान हुनुपर्नेमा मन्त्रालयमा तानेर उन्मुक्ति दिने प्रयास भइरहेको छ ।


























