सहसचिवलाई कामू,सचिवलाई राजदूत

सरकारले परराष्ट्र सचिव सेवा लम्साललाई राजदूतमा सिफारिस गरेको छ । हिजो अबेर बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियम पठाउन लागेको हो ।

बिज्ञापन

०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिवका रुपमा रेकर्ड राख्ने कर्मचारी हुन । ८ महिना मन्त्रालयको सचिव चलाएपछि उनलाई राजदूतको जिम्मेवारी दिएर पठाउन लागेको हो । बेल्जियममा यस अघि सहसचिवको दरबन्दी रहेको छ अर्थात परराष्ट्र मन्त्रालय आफैंले तय गरेको मापदण्डलाई बेल्जियमलाई ख श्रेणीमा बर्गीकरण गरेको छ । परराष्ट्रका सचिवहरु प्रायजसो न्युयोर्कस्थित राष्ट्रसंघीय नियोग, अमेरिका, भारत, चीन, बेलायत, क्यानडाजस्ता मुलुक राजदूत बनेर जाँदै आएका थिए तर यस पटक परराष्ट्र मन्त्रालय आफैंले बेल्जियमलाई ख श्रेणीमा बर्गीकरण गरेको मुलुमा राजदूत बनेर जान लम्साल राजी भएकी हुन । अहिले त्यहाँ सहसचिव गेहेन्द्र राजभण्डारी कार्यरत छन् । लम्साल आगामी बर्ष अर्थात २०८२ असारमा ५८ वर्ष उमेर हद लागेर अवकाशमा जानेछिन् ।पाकिस्तानमा राजदूत रहिसकेकी लम्साल ब्रसेल्सस्थित राष्ट्रसंघीय नियोग तथा इयुका लागि पनि राजदूतको जिम्मेवारीमा रहनेछिन् । यसअघिका सचिव भरतराज पौडेललाई भने क्यानाडा पठाइएको छ ।

बिज्ञापन

लम्साललाई राजदूत सिफारिस गरेर सँसदीय सुनुवाइ सकेपछि मन्त्रालयका वरिष्ठ सहसचिव अमृत राई कायम मुकायम सचिव हुनेछन् ।  उनी परराष्ट्र सेवाका सबैभन्दा सिनियर सहसचिव हुन् ।  संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधिको कार्यकाल सकेर यही वर्ष फर्केका राईले चीन हेर्ने उत्तरपूर्वी डिभिजनको नेतृत्व सम्हाल्दै आएका थिए ।राईलाई ओलीले पहिला दक्षिण अफ्रिाकको राजदूत बनाएका थिए । त्यहाँबाट सिधै संयुक्त राष्ट्रसंघको स्थायी नियोग पठाएका थिए । राष्ट्रसंघबाट राई फर्केको एक वर्ष पनि भएको छैन । ओलीको साथबाट विभिन्न अवसर पाएका राई समयअघि नै सचिव हुने मौका पनि पाउन लागेका छन् ।

हिजोको क्याबिनेट बैठकले पाँच दर्जनको हाराहारीमा सहसचिवहरूको पनि सरुवा गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष