सरकारले एकै पटक पाँच दर्जन सह सचिवहरुको सरुवा गरेको छ । बिहीबार राती बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय,विभाग,आयोगमा कार्यरत सह सचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
बिज्ञापन
यस अघि माओवादी नेतृत्व रहँदा आन्तरिक राजश्व विभाग,राजश्व अनुसन्धान विभान,सम्पत्ति शुद्धीकरण,भन्सार विभाग,पर्यटन विभाग लगायतका ठूला र आकर्षक कार्यालयमा पुगेका माओवादी निकट सहसचिवहरु फिर्ता गरिएको छ । ती निकायमा काँग्रेस एमाले निकट भनेर चिनिएका सहसचिवहरुलाई जिम्मेवारी दिएर पठाइने भएको छ । यस्तै चीनको ग्वानजाओ,ल्हासा,हङकङ र कोलकतामा महावाणिज्यदूत बनाएर पठाउनका लागि केही सहसचिवहरुलाई परराष्ट्रमा पठाइएको छ । यस अघि प्रचण्ड सरकारले नवराज ढुङ्गना र नारायणप्रसाद भट्टलाई परराष्ट्रमा खटाएकोमा उनीहरुले तीन महिना बढी समयदेखि जिम्मेवारीविहिन अबस्थामा रहँदै आएका छन् । महावाणिज्यदूतका लागि झक्क प्रसाद आचार्य, लक्ष्मी प्रसाद निरौला, विन्देश्वर लेखक, भरत खनाललाई परराष्ट्र मन्त्रालयमा पठाइएको छ भने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुमन दाहाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको छ । दाहाल राजश्व अनुसन्धान विभागको महानिर्देशक बन्दैछन् ।
बिज्ञापन
यस्तै यस अघि उक्त विभागमा रहेका चक्र बूढा,सम्पत्ति शुद्धीकरणमा रहेका कमल भट्टराई,भन्सारका महानिर्देशकको कुर्सीमा रहेका ढुण्डी निरौला, आन्तरिक राजश्व विभागका शिवलाल तिवारी,पर्यटन विभागमा महानिर्देशक रुद्रप्रसाद पण्डितहरु फिर्ता हुनेमा परेका छन् । सचिव हुने लाइनमा रहेका भुपाल वराल वन मन्त्रालयका गृहमा प्रवेश पाएका छन् । सूची अनुसार अर्थबाट डा टोकराज पाण्डे गृह मन्त्रालयमा भित्रिएका छन् । यस्तै ऋषिराम तिवारी,कृष्ण प्रसाद लम्साल,रमेश ढकाल पनि गृह प्रवेश पाएका छन् ।यस्तै मदन दाहाल,महेश भट्टराई, हरिशरण पुडासैनी,दिपक लामिछाने,गोपीकृष्ण कोइराला,यमुना प्रधान,कविता रेग्मी र श्याम भण्डारी अर्थ मन्त्रालयमा प्रवेश पाएका छन् ।
यस्तै डा नारायण रेग्मीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुगेका छन् । उनलाई पर्यटन विभागको महानिर्देशको जिम्मेवारी दिइने सम्भावना छ।यस्तै,निराजन घिमिरेलाई राष्ट्रपतिको कार्यालय,राजश्व अनुसन्धान विभागबाट चक्र बहादुर बुढालाई राष्ट्रिय सुरक्षा परिषद् सचिवालय,सूर्य बहादुर खत्रीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,प्रदिप कोइरालालाई पनि श्रम मन्त्रालयमा ल्याइएको छ । दिपक नेपाललाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय खटाइएको छ । परराष्ट्रमा पुगेका नवराज ढुंगानालाई सुदूर पश्चिम प्रदेश र अर्जुन भण्डारीलाई पनि सुदूर पश्चिम प्रदेशमा पठाइएको छ भने भन्सार विभागबाट ढुण्डी निरौलालाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र शिवराम पोखरेललाई उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा खटाइएको छ ।
सरुवा सूची अनुसार,र गृह र अर्थ मन्त्रालयका जाने सहसचिवको सङ्ख्या धेरै छ भने गृह र अर्थबाट केही सहसचिव बाहिरिएका छन्। यसै गरी केन्द्रबाट झण्डै एक दर्जन सहसचिवलाई प्रदेशमा पठाइएको छ भने प्रदेशका एक दर्जनलाई केन्द्रमा ल्याइएको छ।