गृहका सहसचिवको आन्तरिक सरुवा :-कप्रमा रिजाल,झक्क नीति,योजनातिर सिफ्ट

केपी शर्मा ओली नेतृत्वका मन्त्रीहरुले सहसचिवहरुको आन्तरिक सरुवा तिव्र पारेका छन् । अर्थ मन्त्री बिष्णु पौडेल पछि गृहमन्त्रीले गृहका कर्मचारीहरुको आन्तरिक सरुवा गरेका छन् ।
गृहमन्त्री रमेश लेखकले मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका प्रमुख परिवर्तन गरेका छन् । मन्त्री लेखकले झक्क प्रसाद आचार्यलाई कप्र महाशाखाबाट नीति योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखामा सारेर उक्त महाशाखामा छवि रिजाललाई ल्याएका छन् ।

बिज्ञापन

सहसचिव रिजाल यस अघि चितवन स्थित सिमलताल दुर्घटना अध्ययन कार्यदलको संयोजन गरेका थिए । यसअघि प्रशासन महाशाखा प्रमुख रहेका झक्क प्रसाद आचार्यलाई यसअघिका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आचार्यलाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिएका हुन् ।

बिज्ञापन

यस अघि अर्थ मन्त्रालयका सचिव परिवर्तन गरिएसँगै सहसचिवहरुको जिम्मेवारी हेरफेर गरिएको थियो । जसमा मन्त्रालयमै सबैभन्दा आकर्षक मानिन्छ बजेट तथा कार्यक्रम महाशाखा,उक्त महाशाखामा अर्थकै भाग्यमानी सहसचिव श्रीकृष्ण नेपालले अवसर पाएका छन् । उनलाई अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाबाट बजेटमा सारिएको हो । नेपाल यस अघि २०७९ पुस १० गते अर्थमन्त्री भएपछि विष्णु पौडलले २०७९ माघ १८ गते श्रीकृष्ण नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा थिए ।

०७४ सालमा वाम गणबन्धनको सरकारबनेपछि २०७८ बैशाखसम्म नेपाल अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख थिए । २०७७ सालमा नेपाललाई सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयमा सरुवा हुँदा उक्त सरुवा बदर गर्न लगाएका उनी अर्थका पावरफुल सहसचिवमा चिनिन्छन् । काँग्रेसका अर्थमन्त्री हुँदा समेत उनले काँग्रेसीलाई रिझाएर त्यही टिक्न सफल भएका उनी एमालेको सरकार आएसँगै बजेट महाशाखाको जिम्मेवारी पाएका हुन ।

बिज्ञापन

त्यस्तै मन्त्रालयको राजस्व व्यवस्थापन महााशाखामा रहेका धनिराम शर्मालाई भने अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा पठाइएको छ। अर्थ मन्त्रालयले विभिन्न विभागका सहसचिवहरुको सरुवाको आन्तरिक तयारी गरिरहेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

काँग्रेसको प्रतिज्ञा :मन्त्रालयको संख्या घटाउने,दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

बिशेष