भकुण्डो बन्ने पालो सहसचिवको

केपी ओली नेतृत्वमा नयाँ सरकार गठन भएसँगै एकै लटमा २२ सचिवहरु हेरफेर गरिए । नयाँ सरकार र मन्त्रीहरुले सचिवको नाडी छामिसकेपछि अब सहसचिवको सरुवाको गृहकार्य अगाडि बढाएको छ । स्थायी सरकारको रुपमा चिनिने निजामती प्रशासन राजनीतिक हस्तक्षेपका कारण क्रमशः ध्वस्त हुन थालेको छ । गुण र दोषका आधारमा पुरस्कृत तथा कारवाही गर्नुपर्ने सचिव तथा सहसचिव तहका कर्मचारीलाई मन्त्रीले चिलले कुखुराको चल्लो टिपेझैँ टिप्न थालेपछि प्रशासनको मूल्य मान्यता स्खलित भएको बताइन्छ ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय,आयोग,निकायमा कार्यरत सहसचिवहरुको सरुवा सूची धमाधम तयार पारिरहेको छ । जसमा वैशाख जेठमा सरुवा भएर विभिन्न विभागमा पुगेका सहसचिवहरु समेत सरुवा हुने सूचीको हिट लिष्टमा छन् । अवधि पुगेका कर्मचारी सरुवा गरिनु त सामान्य बिषय हो तर दुई तीन महिनामै कर्मचारी सरुवा हुँदा प्रशासनको मूल्य मान्यता क्रमश स्खलित हुँदै गएको छ ।

बिज्ञापन

सरकार परिवर्तन भएसँगै अघिल्ला पटक माओवादी सरकारले आकर्षक स्थानमा पठाएका,ठूला र आकर्षक मानिएका अड्डाका महानिर्देशकदेखि शक्तिशाली मानिएका जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरूसम्म सरुवा हुने सूचीको हिट लिष्टमा छन् । ती ठाउँका जानका लागि केही सहसचिवहरु नव एमाले र नव काँग्रेस बनेर नेताहरुको घरमा देउसी खेल्ने क्रम जारी छ ।

मन्त्रालयले झन्डै ७० जना सहसचिव सरुवाको सूची तयार पारिरहेको बताइएको छ । नियमअनुसार सहसचिव सरुवाको प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नुपर्छ । सामान्य प्रशासनले प्रस्ताव गरी सो सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउनुपर्ने र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै सरुवा हुने कानुनी प्रावधान छ । सोही अनुसार सामान्यले सहसचिव सरुवाको सूची तयार पारिरहेको बताइएको छ ।

बिज्ञापन

प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले किस्ता किस्तामा नभई एकै पटक ठूलो संख्यामा सहसचिवहरु यता उता पार्न लागिएको हो । सरुवाको सूचीमा ७० भन्दा बढी सहसचिवहरु पुग्ने आँकलन गरिएको छ । विभिन्न विभागका डिजी, प्रदेश प्रमुख र प्रमुख जिल्ला अधिकारीहरुसहित गरी एकै लटमा ७० भन्दा बढी सहसचिवहरु सरुवा हुन सक्ने आँकलन गरिएको छ ।

पावरफुल मिनिस्ट्री भनिने अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग, आन्तरिक राजस्व विभाग,ठूला करदाता कार्यालय,उच्चस्तरीय कर कार्यालयको नेतृत्व फेर्ने सरकारको तयारीसंगै त्यहाँको चिफ बन्न सहसचिवहरुको दौडधुप शुरु भैसकेको छ । करिब आधा दर्जन सहसचिव त्यस्तो दौडमा रहेको बुझिन्छ ।अर्थ मन्त्रालय स्रोतका अनुसार यी ठाउँमा जानका लागि धनिराम शर्मा, मदन दाहाल, सुमन दाहाल, सेवन्तक पोखरेललगायतको नाम चर्चामा छ। धनिरामलाई आन्तरिक राजस्व विभागको महानिर्देशक, सुमनलाई राजस्व अनुसन्धान विभाग, सेवन्तक ठूला करदाता कार्यालयको प्रमुख बनाइने चर्चा अर्थ मन्त्रालयमा सुन्न थालिएको छ । यो प्रतिष्प्रर्धामा सुमन दाहाल,मदन दाहाल,दीर्घ मैनाली, सेवन्तक पोखरेलदेखि राजेश्वर ज्ञवालीसम्मका सहसचिवहरु प्रतिष्प्रर्धामा छन् ।

ठूलो संख्यामा सहसचिव सरुवा हुने भएपछि विभिन्न मन्त्रालय, प्रदेश, निकाय र आयोगमा रहेका सहसचिवहरू आकर्षक ठाउँमा सरुवा हुन शक्तिकेन्द्रमा दौडधुप थालेका छन् ।

छापामार शैलीमा सचिव तथा सहसचिव हटाउने प्रवृत्तिले निजामती प्रशासन कमजोर बन्दै गएको पूर्व प्रशासकहरु टिप्पणी गर्दछन् । अनावश्यक काम मन्त्री र राजनीतिज्ञले गर्न उक्साउने र पछि सह सचिव तथा सचिव तहका कर्मचारीलाई दोष लगाउने चलनको नेपाली समाजमा नजीर नै बनेको छ । ‘मन्त्रीहरुलाई काम,परिणाम होइन,पैसा चाहिएको छ, चाकडी चाहिएको छ, दलाल चाहिएको छ । पैसा, चाकडी र दलाली नगर्नेलाई छानेर फाल्ने गरिन्छ,’ यस पटक पनि हुने त्यही त होला केही अघिमात्र अवकाश पाएका एक सचिवको टिप्पणी हो यो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।