सरूवा–बढुवाका लागि नेताका दैलो नधाउन कर्मचारीलाई मन्त्रीको निर्देशन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बढूवाका लागि नेताको दैलो नधाउन निर्देशन दिएका छन् । ललितपुरमा आयोजित सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम समापन समारोहमा उनले लुगा हेरेर सेवाग्राहीलाई विभेद नगर्न र सरुवा तथा बढुवाका लागि नेताको दैलो नधाउन निर्देशन दिएका हुन ।

बिज्ञापन

उनले सरुवा तथा बढुवाका लागि मन्त्री र नेताको घर नजान पनि आग्रह गरेका हुन । सरुवा तथा बढुवाका लागि सोर्स लगाउने कर्मचारी क्षमताले जतिसुकै सक्षम भएपनि निरीह र कमजोर हुने  बताए ।  पोस्टिङजस्ता विषयमा अन्यथा भएको खण्डमा मर्यादित ढंगले आफ्ना तर्क राख्न निर्देशन दिदै नेता, मन्त्रीकहाँ मलाई यो ठाउँमा पठाइदिनुस् भनेर सोर्स लगाउन नजानका लागि निर्देशन दिँदै सोर्स लगाउने कर्मचारीहरु क्षमताले जतिसुकै सक्षम भए पनि  निरीह र कमजोर हुन पुग्ने बताएका हुन ।

बिज्ञापन

उनले हाकिमको आदेश भन्दा पनि कानूनसँग, राष्ट्रको हित, नागरिकको हितसँग बाझिएका बाहेकमा डराउनुपर्ने स्थिति नरहेको बताए । उक्त कार्यक्रममा मन्त्री पौडेलले नवप्रवेशी अधिकृतहरुलाई पोशाकका आधारमा नभई सेवाग्राहीका समस्या बुझेर यथोचित ढंगले सम्बोधन गर्न पौडेलले निर्देशन दिएका छन् ।

मन्त्री पौडेलले भने,‘सेवाग्राही टाइसुट लगाएर आएको होला, चश्मा, कोट लगाएर आएको होला । झुत्रे झाम्रो पोशाकमा आएको होला । त्यो सबैप्रति समान व्यवहार गर्न सिक्नुपर्नेछ । त्यो सेवाग्राहीले कस्ता समस्या लिएर आएको छ, उसका अपेक्षा जायज, नाजायज के छन् । त्यसलाई बुझेर यथोचित ढंगले सम्बोधन गर्ने भन्दा पनि रुखो, तीतो र टर्रो व्यवहार गर्ने प्रवृत्ति पनि यदाकदा देखा पर्दछन् । आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्छ । जो सुकै किन नहोस्, हरेक सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने र उसले सहज ढंगबाट सेवा प्राप्त गर्ने अनुकूल परिस्थिति निर्माण गर्ने काममा ध्यान जानुपर्छ । यहाँहरुले विषयको आधारमा नो भन्न सक्नुपर्छ । विषयको आधारमा एस भन्न सक्नुपर्छ ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष