नतिजा दिन नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइने मन्त्रीको चेतावनी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नतिजा दिन नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउने चेतावनी दिएका छन् ।

बिज्ञापन

कम्पनीको पाँचौ वार्षिकोत्सव समारोहमा मन्त्री भण्डारीले विभागका कर्मचारीहरुलाई परिणाम दिनेगरी काम गर्न निर्देशन दिँर्दै नतिजा दिने गरी काम नगर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइदिने चेतावनीसमेत दिए । मुलुकमा विद्यमान निराशा र अन्योलतालाई चिर्नेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिँदै उनले काम गर्न नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइदिने चेतावनी दिएका छन् ।

बिज्ञापन

मन्त्री भण्डारीले भने ‘‘एक दिनमा के गर्नुभयो नयाँ काम भनेर हेरिन्छ। आज दिनभरीको कामको परिणाम के आयो? त्यसको परिणाममुखि कामहरु, त्यो काम भनेको कागजमा लेखेर भरेको काम होइन, परिणाम आयो कि आएन? परिणाम आएन भने जिम्मेवारीबाट सबैले छोडनुपर्ने हुन्छ,अब जग्गा बिक्री गरेर तलब सुविधा खाने प्रवृत्ति त्याग्नुपर्छ, परिणाम आउनेगरी काम गर्ने कर्मचारीहरूको सेवा, सुविधा वृद्धि गर्न आफू तयार रहेको र त्यसो नभए ती कर्मचारीले जिम्मेवारी छोड्नुपर्ने अवस्था आउने’ पनि उनले बताएका हुन ।

प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सम्पादन गरिसक्ने कामको विवरण सबै मन्त्रालयसँग खोजेको उल्लेख गर्दै मन्त्री भण्डारीले आफूहरूले १५ वटा काम सम्पन्न गरिसक्ने बताएकाले त्यसलाई पूरा हुनेगरी काम गर्न विशेष ध्यान दिन पनि मन्त्रालयका कर्मचारीलाई आग्रह गरेका हुन । मन्त्री भण्डारीले सरकार र सरकारी निकायमाथि उठेको प्रश्नको जवाफ दिनेगरी कार्य सम्पादन गर्नुपर्नेतर्फ पनि कर्मचारीहरूलाई सचेत गराएका हुन। सरकारले मन्त्री, सचिवसहितका सबै उच्च पदस्थ कर्मचारीहरूको दैनिक कामको मूल्यांकन गर्ने पनि बताए ।

बिज्ञापन

कार्यकारी बन्ने प्रतिष्प्रर्धामा रहेका डिल्लीराज लम्सालले कम्पनीले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न देशभरका ४३ जिल्लाका ४९ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरी‍ि तीन हजार ३४५ मेट्रिकटन खाद्यान्न बिक्री गरेको उनले जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तरिम सरकारका चार मन्त्री लस्करै विदेश भ्रमणमा

दल र दलीय कर्मचारीको दबाबका कारण काम गर्न कठिन भएको सचिवको स्वीकारोक्ति

प्रशासनका १२,शिक्षा २ र इञ्जिनियरिङका १ सहसचिवको सरुवा :गृहमा १ भित्रदा ३ बाहिरिए

सरुवा,बढुवादेखि आयोग खारेजीसम्म : यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय

मालपोतको सुव्वा,कम्युटर अपरेटर,भूमाफियासहित चार विरुद्ध पक्राउ पूर्जी जारी

प्रचण्ड र ओलीको सुरक्षार्थ खटिएका २७ सशस्त्र प्रहरी फिर्ता

काठमाडौं प्रशासनले एमालेलाई दिएन मोटरसाइकल र्याली र सभा गर्न अनुमति

सरकारी जग्गा व्यक्तिको नाममा! रंगेली मालपोतको सेटिङमा सुकुमबासी बस्ती बेचियो

बिशेष