नतिजा दिन नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइने मन्त्रीको चेतावनी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नतिजा दिन नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउने चेतावनी दिएका छन् ।

बिज्ञापन

कम्पनीको पाँचौ वार्षिकोत्सव समारोहमा मन्त्री भण्डारीले विभागका कर्मचारीहरुलाई परिणाम दिनेगरी काम गर्न निर्देशन दिँर्दै नतिजा दिने गरी काम नगर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइदिने चेतावनीसमेत दिए । मुलुकमा विद्यमान निराशा र अन्योलतालाई चिर्नेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिँदै उनले काम गर्न नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइदिने चेतावनी दिएका छन् ।

बिज्ञापन

मन्त्री भण्डारीले भने ‘‘एक दिनमा के गर्नुभयो नयाँ काम भनेर हेरिन्छ। आज दिनभरीको कामको परिणाम के आयो? त्यसको परिणाममुखि कामहरु, त्यो काम भनेको कागजमा लेखेर भरेको काम होइन, परिणाम आयो कि आएन? परिणाम आएन भने जिम्मेवारीबाट सबैले छोडनुपर्ने हुन्छ,अब जग्गा बिक्री गरेर तलब सुविधा खाने प्रवृत्ति त्याग्नुपर्छ, परिणाम आउनेगरी काम गर्ने कर्मचारीहरूको सेवा, सुविधा वृद्धि गर्न आफू तयार रहेको र त्यसो नभए ती कर्मचारीले जिम्मेवारी छोड्नुपर्ने अवस्था आउने’ पनि उनले बताएका हुन ।

प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सम्पादन गरिसक्ने कामको विवरण सबै मन्त्रालयसँग खोजेको उल्लेख गर्दै मन्त्री भण्डारीले आफूहरूले १५ वटा काम सम्पन्न गरिसक्ने बताएकाले त्यसलाई पूरा हुनेगरी काम गर्न विशेष ध्यान दिन पनि मन्त्रालयका कर्मचारीलाई आग्रह गरेका हुन । मन्त्री भण्डारीले सरकार र सरकारी निकायमाथि उठेको प्रश्नको जवाफ दिनेगरी कार्य सम्पादन गर्नुपर्नेतर्फ पनि कर्मचारीहरूलाई सचेत गराएका हुन। सरकारले मन्त्री, सचिवसहितका सबै उच्च पदस्थ कर्मचारीहरूको दैनिक कामको मूल्यांकन गर्ने पनि बताए ।

बिज्ञापन

कार्यकारी बन्ने प्रतिष्प्रर्धामा रहेका डिल्लीराज लम्सालले कम्पनीले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न देशभरका ४३ जिल्लाका ४९ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरी‍ि तीन हजार ३४५ मेट्रिकटन खाद्यान्न बिक्री गरेको उनले जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

काँग्रेसको प्रतिज्ञा :मन्त्रालयको संख्या घटाउने,दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

बिशेष