अत्याधिक मापसे गरेर विमानस्थलमा उपसचिवले देखाए अस्वभनीय हर्कत

१५ दिन अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कर्णाली प्रदेशमा सरुवा भएर पुगेका एक उपसचिवले विमानस्थलमै रमिता देखाएका छन् । यसरी रमिता देखाउने उपसचिव हुन,दीपक आचार्य ।
आचार्यलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाएको छ तर उनको पदस्थापन भइसकेको छैन ।
उनै आचार्यले हिजो धनगढी विमानस्थलमा रमिता देखाएका हुन । अपरान्ह ३ बजे बुद्ध एयरलाइन्सको धनगढीबाट काठमाडौँ आउन लागेका आचार्यले अत्याधिक मदिरा सेवन गरेको भेटिएसँगै एयरलाइन्सका कर्मचारीहरुले बोर्डिङ पास नदिएर फर्काएको थियो । उनले नेपाल सरकारको कर्मचारी भएको कार्ड देखाए । परिचपत्र देखाउँद ापनि विमानस्थलका कर्मचारीहरुले बोर्डिङ पास दिएनन् ।

बिज्ञापन

हवाई,प्यासेञ्जरको सुरक्षाका लागि भन्दै एयरलायन्सका कर्मचारीहरुले उनलाई बोर्डिङ पास नदिए पछि उनले तत्काल त्यहाँका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई टेलिफोन गरे ।
आफू नेपाल सरकारको उपसचिव,हाल कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेको तर धनगढीबाट काठमाडौं जान खोज्दा एयरलायन्सका कर्मचारीहरुले दुर्व्यवहार गरेको भन्दै गुनासो पोखेसँगै प्रमुख जिल्ला अधिकारी तत्काल विमानस्थल पुगे ।

बिज्ञापन

उनले घटना स्थिति बुझ्दा उपसचिव आचार्यले अत्याधिक मदिरा सेवन गरेको र एयरलायन्सले बोर्डिङ पास नदिएको जानकारी पाए । प्रमुख जिल्ला अधिकारीले सम्झाउन खोजे । त्यतिखेर मुखमुखै लागे । प्रमुख जिल्ला अधिकारीले नै बोर्डिङ पास नदिन लगाएको झैं गरी उनी सँग झगडा गर्न तम्सिए । मुख्यमन्त्री कार्यालयको हुर्मत लिएर प्रजिअदेखि प्रहरीका प्रमुखहरुलाई तथानाम बोल्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो ।

पछि फ्रेस भए पछि उनले माफी मागे र बुद्ध एयरकै अन्तिम फ्लाइटमा हिजै काठमाडौं हिडेका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष