अत्याधिक मापसे गरेर विमानस्थलमा उपसचिवले देखाए अस्वभनीय हर्कत

१५ दिन अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कर्णाली प्रदेशमा सरुवा भएर पुगेका एक उपसचिवले विमानस्थलमै रमिता देखाएका छन् । यसरी रमिता देखाउने उपसचिव हुन,दीपक आचार्य ।
आचार्यलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाएको छ तर उनको पदस्थापन भइसकेको छैन ।
उनै आचार्यले हिजो धनगढी विमानस्थलमा रमिता देखाएका हुन । अपरान्ह ३ बजे बुद्ध एयरलाइन्सको धनगढीबाट काठमाडौँ आउन लागेका आचार्यले अत्याधिक मदिरा सेवन गरेको भेटिएसँगै एयरलाइन्सका कर्मचारीहरुले बोर्डिङ पास नदिएर फर्काएको थियो । उनले नेपाल सरकारको कर्मचारी भएको कार्ड देखाए । परिचपत्र देखाउँद ापनि विमानस्थलका कर्मचारीहरुले बोर्डिङ पास दिएनन् ।

बिज्ञापन

हवाई,प्यासेञ्जरको सुरक्षाका लागि भन्दै एयरलायन्सका कर्मचारीहरुले उनलाई बोर्डिङ पास नदिए पछि उनले तत्काल त्यहाँका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई टेलिफोन गरे ।
आफू नेपाल सरकारको उपसचिव,हाल कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेको तर धनगढीबाट काठमाडौं जान खोज्दा एयरलायन्सका कर्मचारीहरुले दुर्व्यवहार गरेको भन्दै गुनासो पोखेसँगै प्रमुख जिल्ला अधिकारी तत्काल विमानस्थल पुगे ।

बिज्ञापन

उनले घटना स्थिति बुझ्दा उपसचिव आचार्यले अत्याधिक मदिरा सेवन गरेको र एयरलायन्सले बोर्डिङ पास नदिएको जानकारी पाए । प्रमुख जिल्ला अधिकारीले सम्झाउन खोजे । त्यतिखेर मुखमुखै लागे । प्रमुख जिल्ला अधिकारीले नै बोर्डिङ पास नदिन लगाएको झैं गरी उनी सँग झगडा गर्न तम्सिए । मुख्यमन्त्री कार्यालयको हुर्मत लिएर प्रजिअदेखि प्रहरीका प्रमुखहरुलाई तथानाम बोल्न थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लियो ।

पछि फ्रेस भए पछि उनले माफी मागे र बुद्ध एयरकै अन्तिम फ्लाइटमा हिजै काठमाडौं हिडेका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

रातो प्लेट राखेर सरकारी गाडीको दुरुपयोग : कारवाही गर्ने कस्को हिम्मत ?

मधेशका अर्थमन्त्री युवराज भट्टराईको गाडी तोडफोड

सामाजिक सञ्जालमा विषाक्त वाक् संस्कृतिको उदय

अर्काे सहसचिवले दिए राजीनामा,स्वीकृत हुन बाँकी

प्रादेशिक पिआइए पोर्टलमा तीन सुविधा थप, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

सुधन,सुनिल र भुपदेपले दिएनन् केन्द्रीय सदस्यमा उमेदवारी

बिशेष