सचिव सरुवा भएकै भोलिपल्ट ७० कर्मचारीको सरुवा

भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्ण प्रसाद सापकोटाले मनलाग्दी ढङ्गले कर्मचारी सरुवा गरेका छन् । उनले एकै पटक ठूलो संख्यामा खरिदार, नायब सुब्बा र अधिकृतहरुको गुपचुप सरुवा गरेको छ । १७ साउनको मितिमा एकै पटक ७० भन्दा बढी खरिदार, नासु र अधिकृतहरुको सरुवा गरेको जनाइएको छ ।

बिज्ञापन

सरुवा गरिएकामध्ये अधिकांश काठमाडौं,ललितपुर,भक्तपुरका कार्यालयका रहेका छन् । एउटा कमाऊ कार्यालयबाट अर्को कमाऊ कार्यालयमा कर्मचारीहरुको सरुवा गरिएको बताइएको छ । कर्मचारी प्रेसलाई प्राप्त विवरण अनुसार, अधिकृत भक्तबहादुर विष्ट ललितपुरबाट डिल्लीबजार मालपोतमा ल्याइएको छ भने दुर्गाबहादुर दाप डिल्लीबजार मालपोतबाट ललितपुर मालपोतमा खटाइएको छ । यी दुबै अधिकृत तहका कर्मचारी हुन । यस्तै २ जनाको पदस्थापनको काम समेत तमाम गरिएको छ । विभागले नासु कृष्णकुमार नेपाललाई डिल्लीबजारबाट भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा खटाएको छ भने शिक्षा मन्त्रालय अन्तर्गत कार्यरत रमेश भट्टराईलाई भूमि व्यवस्था मन्त्रालयमा सरुवा गरेको छ । यस्तै विभागमा कार्यरत नासु पवन भट्टराई भक्तपुर मालपोतमा खटाएको छ । ललितपुर मालपोतबाट डम्बर बहादुर कार्कीलाई भक्तपुर मालपोतमा पठाएको छ भक्तपुर मालपोतबाट विजयराम बनमालालाई मालपोत कार्यालय बर्दिबासमा खटाएको छ । यस्तै कलकी मालपोतबाट खरिदार रुद्र उप्रेती भक्तपुर मालपोतमा पुगेका छन् । मालपोत कार्यालय मोरङका कम्युटर अपरेटर गुणानन्द झा भक्तपुर मालपोतमा पुगेका छन् । यस्तै विभागमा कार्यरत खरदार अमर पुन भक्तपुर मालपोतमा भित्रिएका छन् ।
ऐन अनुसार असोजमा खरिदार र नासुहरुको सरुवा गर्ने व्यवस्था भए पनि दुई महिना अगाडि नै ठूलो संख्यामा खरिदार र नासु तहका कर्मचारीहरु चलाइएको हो । भूमि व्यवस्था विभागले १५ जना कर्मचारीको पदस्थापनमात्र गरिएको बताइरहँदा ठूला संख्याका खरिदार,नासु र अधिकृत तहका कर्मचारीहरुको काज सरुवा गरेको जनाएको छ ।
साउन १५ सम्म निवेदन लिने, भदौं १५ अन्तरमन्त्रालय र विभागले भदौं पछि सरुवा गर्ने गरिदैं आएको भए पनि साउनको दोश्रो सातामै ठूलो संख्यामा खरिदार र नासु तहका कर्मचारीहरुको सरुवा गरिएको हो । विभागले गरेको यो सरुवाको बिषयमा मन्त्रालयका सचिव,मन्त्रीसम्म बेखबर रहेका छन् । सचिव गोकर्णमणि दुवाडी सरुवा भएर हिड्ने समयमा विभागले ठूलो संख्यामा कर्मचारीहरुको काज सरुवा गरेको हो । १४ साउनमा मात्र मन्त्रिपरिषद्ले २१ जना सचिवहरुको सरुवा गरेको थियो । सो सरुवा हुँदा भूमि व्यवस्थाका सचिव गोकर्णमणि दुवाडी केन्द्रीय तथ्यांक विभागमा पुगेका थिए भने त्यहाँ तथ्यांक विभागबाट सचिव अर्जुन पोखरेललाई ल्याइएको थियो । यसरी सचिव सरुवा भएकै पर्सीपल्ट विभागले ठूलो संख्यामा खरिदार,नासु,अधिकृत तहका कर्मचारीको काज सरुवा तथा पदस्थापन गरेको हो । यो बिषयमा मन्त्रालय बेखबर छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

वालेनको नागरिकता कीर्ते,पाँच बर्ष जेल हाल्न माग गर्दै गृहमा उजुरी

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

काँग्रेसको प्रतिज्ञा :मन्त्रालयको संख्या घटाउने,दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

बिशेष