तीनविरुद्ध भ्रष्टाचारको मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ४ लाख घुससहित पक्राउ परेका नापी कार्यालय ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

बिज्ञापन

अख्तियारले मुद्दा दायर गरेकामा सर्वेक्षक यादव, भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरका खरिदार मोतिराम सुवेदी र आरबी लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेल छन् । उनीहरुले जग्गा हालसाबिक गराउनकालागि ४ लाख रुपैयाँ घुस लिएको आरोपमा त्यति नै रकम बिगो राखेर अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिज्ञापन

अख्तियारको कार्यालयबाट खटिएको टोलीले यादव र भुजेललाई सेवाग्राहीबाट चार लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । थप अनुसन्धान गर्दा यादव, सुवेदी र भुजेलसमेतको मिलोमतोमा जग्गा हालसाबिक गर्न गराउनको लागि सेवाग्राहीसँग चार लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

दायर गरिएको मुद्दामा उनीहरूसँग चार लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

रातो प्लेट राखेर सरकारी गाडीको दुरुपयोग : कारवाही गर्ने कस्को हिम्मत ?

मधेशका अर्थमन्त्री युवराज भट्टराईको गाडी तोडफोड

सामाजिक सञ्जालमा विषाक्त वाक् संस्कृतिको उदय

अर्काे सहसचिवले दिए राजीनामा,स्वीकृत हुन बाँकी

प्रादेशिक पिआइए पोर्टलमा तीन सुविधा थप, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

सुधन,सुनिल र भुपदेपले दिएनन् केन्द्रीय सदस्यमा उमेदवारी

बिशेष