प्रधानमन्त्रीकै जन्म जिल्लामा २ आयोजना अति रुग्ण,यथाशीघ्र सम्पन्न गराउन ध्यानाकर्षण

 

बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीकै जन्म जिल्ला तेह्रथुममा एक दशकभन्दा बढी समयदेखि अलपत्र परेका आयोजना सम्पन्न गराउने व्यवस्था मिलाउन माग गरेका छन् । जिल्लाका जनप्रतिनिधि,मुख्य राजनीतिक दलका नेतृत्व, प्रमुख जिल्ला अधिकारी, आयोजना प्रमुखहरु सहितको टोलिले प्रधानमन्त्री के पि शर्मा ओलीलाई भेट गरी जिल्लाका अति रुग्ण आयोजनाको बारेमा जानकारी गराउदै यथाशीघ्र सम्पन्न गराउने व्यवस्थाका लागि अनुरोध गरेको हुन ।

बिज्ञापन

तेह्रथुमको सदरमुकाम म्याङ्लुङ र पाचथर जिल्ला जोड्ने तमोर नदीको (लम्बुघाट) पुल विगत १३ वर्षदेखि अलपत्र परेको छ । साथै राष्ट्रीय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको खुरुङ्गा खोलादेखि यावरा (१० कि मि ) र यावरादेखि पंचमीसम्म (१४ कि मि)गरी २ वटा खण्ड विगत १० वर्षदेखि अलपत्र परेका परेकोले तेह्रथुमवासीलाइ अत्यन्तै कठिन भएकोले यथाशीघ्र सम्पन्न गराउने व्यवस्था हुन राख्दै जिल्लाका प्रतिनिधिहरुले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन ।
उक्त तेह्रथुम जिल्लाका प्रतिनिधि सभा सदस्य एवं सीता गुरुङ, प्रदेश सभा सदस्य किशोरचन्द्र दुलाल र कमला दर्नाल, नेपाली कांग्रेसका सभापति अर्जुन तुम्वाहाम्फे, नेकपा एमालेका जिल्ला अध्यक्ष तेजमान कन्दन्वा, म्याङ्लुङ नगरपालिकाका मेयर संजयकुमार तुम्बाहाम्फे, पाँचथरको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ, नेपाली कांग्रेसका केदार ढुंगाना, ने क पा एमालेका डा विजय सुब्बाका साथै प्रमुख जिल्ला अधिकारी मीना अर्याल, २ वटै आयोजनाका प्रमुखहरु उक्त भेटमा भेटमा सहभागी रहेका थिए ।
यस्तै भौतिक पुर्वाधार तथा यातायात मन्त्री माननीय देवेन्द्र दाहाललाई समेत भेट गरी उक्त टोलीले अतिरुग्ण आयोजनाहरुको प्रस्तुति गरी प्रकृयागत, प्राविधिक, वित्तीय, निर्माण व्यवसायी लगायतका सबै खाले समस्या समाधान गरी आयोजना यथाशीघ्र सम्पन्न गर्न अनुरोध गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली तेह्रथुमको आठराई गाउँपालिका–४, इवामा २००८ फागुन ११ गते जन्मिएका हुन । उनका सपरिवार २०२० सालमा झापा बसाइ सरेको थियो ।
जनप्रतिनिधि र कर्मचारीको विशेष पहलबाट सकारात्मक नतीजा आउनेमा आशावादी बन्न सकिनेमा पूर्वमन्त्री सीता गुरुङ सहितको टोलीले जिल्लामा विकास निर्माणका कामले गति पाउने आशा र विश्वास व्यक्त गरेको छ । यो विशेष पहलको समग्र संयोजन म्याङ्लुङ नगरपालिकाका मेयरले गरेका हुन भने प्रमुख जिल्ला अधिकारीको विशेष सक्रियता रहेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष