पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीले पूर्व सचिव चन्द्र घिमिरेको मुखैमा आएको दोश्रो पटकको भाग खोस्न सफल भएको चर्चा छ,निजामती वृत्तमा । उनी एमालेको कोटाबाट अमेरिकाको राजदूत सिफारिस भएका छन् । यस अघि रेग्मीले २२ असोज २०७७ मा अवकाश हुँदै गरेका शंकरदास वैरागीलाई मुख्यसचिव बनाउने गरी सेटिङ्गमा सहयोग गरेका थिए । ओलीको सेटिङ्ग अनुसार शंकरदास बैरागीलाई मुख्यसचिव बनाउन सहयोग गरे वापत्त उनले किस्तिमा बेलायतको राजदूत पाएका थिए । कंथ रेग्मीले पूरै कार्यकाल मुख्य सचिव चलाएका थिए भने चन्द्र घिमिरे मुख्य सचिव बन्दथें । घिमिरेलाई जानाजान मुख्यसचिव बन्नबाट रोकेका रेग्मीले दोश्रो पटक चन्द्र घिमिरेको भाग खोसेको चर्चा शुरु भएको छ ।
बिज्ञापन
सेटिङ्गमा शंकरदास बैरागीलाई मुख्यसचिव बनाएर ९ महिना बेलायतको राजदूत खाएका लोकदर्शन रेग्मीले यस पटक पनि चन्द्र घिमिरेलाई अमेरिकाको राजदूत हुनबाट रोके । चन्द्रलाई बेलायत पठाएर आफू अमेरिकाका लागि सिफारिस हुन सफल भएका छन् । यस अघि एमाले माओवादी सरकार हुँदा लोकदर्शनलाई भारत,चन्द्र घिमिरेलाई अमेरिकाका राजदूत सिफारिस गरिएको थियो । जानकारहरुका अनुसार,लोकदर्शन रेग्मी साउथ व्लकका रोजाईका पात्र हुन । यस अघि राजदुतका रेग्मीको नामै तोकेर दक्षिणले मागेको केही पूर्व प्रशासकहरु स्मरण गर्दैछन् । साउन ब्लकको रोजाईमा परेका रेग्मी उक्त ब्लकलाई इग्नोर गरेर अमेरिकाको राजदूत सिफारिस भएका छन् । गठबन्धन फेरिए सँगै काँग्रेसको रोजाईमा भारत प¥र्यो । उस्ले शंकर शर्मालाई निरन्तरता दिन चाह्यो भने एमालेको कोटामा बेलायत,अमेरिका लगायत मुलुक परे । चन्द्र घिमिरेलाई नजिकबाट चिनेका एक अवकाश प्राप्त मुख्यसचिवले भने, निजामती सेवामा प्रशस्त अवसर पाएका कर्मचारी हुन चन्द्र तर लोकदर्शन रेग्मीझैं चाकडीकला नभएका । उनी कोलकतको महावाणिज्यदूत हुँदा भुँइचालोले नेपाल तहस नहस भएको थियो यस्तै नाकाबन्दीको समयमा एकदमै ठूलो प्रेसरमा महावाणिज्यदूत भएर काम गरेका उनी सचिव हुँदा चीनसँग परावहन सन्धी अगाडि बढाइएको थियो ।
बिज्ञापन
झापाली प्रधानमन्त्री ओलीलाई चतु¥याईमा कसैले सक्दैन भन्ने अर्काे उदाहरण पनि यसैसाता सार्वजनिक गरेको छ,अर्काे घटनाक्रमले । ओलीलाई हरेक कुरामा रेकर्ड राख्नु छ । जस्तो हिजो प्रधानमन्त्री हुँदा धरहराको ४० प्रतिशत काम नसिकदै उद्घाटन्,झापामा अर्बाैको भ्युटावर,मेलम्चीको पानी राजधानी नआउँदै उद्घाटन यी त्यस्कै उदाहरण हुन । अघिल्लो पटक केपी शर्मा ओलीकै कोपभाजनमा परेकी सचिव हुन लीलादेवी गड्तौला । यदी रेकर्डै बनाउने रहर हो भने,पहिलो महिला कानुन सचिव बनाउन चाहेनन् । तर अहिले उनैले ३७ दिनका लागि पहिलो महिला मुख्यसचिव बनाए । उसो त ५६ सालदेखि मुख्यसचिव नियुक्ती योग्यता र क्षमताको आधारमा हुन छाडेका छ । अहिलेसम्म २७ जना मुख्यसचिव भए । सम्झन लायक विमल कोइराला र लीलामणि पौडेलबाहेक अरुको नाम आउँदैन । उसो त ०७२ पछि मुख्यसचिवको पद सौदाबाजी गर्ने थलो भएको छ । लोकदर्शन रेग्मी,शंकरदास बैरागी,बैकुण्ठ अर्यालदेखि लीलादेवीसम्म आइपुग्दा जुनियरलाई टिप्न थालिएको छ । अब समस्या कस्तो भने लीलादेवी बरियतामा दशौं नम्बरमा छिन् । आफूभन्दा जुनियर कर्मचारी मुख्यसचिव बनेसँगै उनले दिएको निर्देशन सिनियर सचिवले कसरी पालना र कार्यान्वयन गर्लान ?
उता,अबको तीन÷चार महिना दिनभित्रै पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले क्लिन चिट पाए अनौठो नमाने हुन्छ,भन्छन् उनका तर्फबाट बहसमा उत्रिएका कानुन व्यवसायीहरु । अस्ति आइतबारमात्र अर्यालका पक्षमा थुनछेक बहसमा उतारेका थिए, पूर्व मन्त्री तथा कानुन व्यवसायी गोविन्द बन्दी,पूर्व सचिव तथा तपश ल फर्मको तर्फबाट यादव कोइराला र कृष्णजीवि घिमिरेहरु । विशेष अदालतले उनलाई ५० हजार धरौटीमा छाड्न आदेश दिए लगतै उनी धरौटीमा छोड्न आदेश दिएको छ । यस अघि सहसचिव रितेश शाक्यलाई एक लाख धरौटीमा छाडिसकेको छ । अख्तियारले बैकुण्ठमाथि चलाएको दावी गर्दछन्,ती अधिवक्ताहरु । यद्यपि बल विशेष अदालतको कोर्टमा छ ।
बिज्ञापन
उता, सोमबार साँझ बसेको क्याविनेटले २१ सचिवको सरुवा हुँदा काँग्रेस मन्त्री भएका कतिपय मन्त्रालयमा एमालेका सचिवहरुलाई राखिएको छ,तिनलाई चलाइएको छैन । गृह,पर्यटन,शहरी,वनमा काँग्रेसका मन्त्रीहरु छन् । त्यहाँ एमाले निकटका एकनारायण अर्याल,मणिराम गेलाल,गणेश पाण्डे,गोविन्द शर्माहरु सचिवको जिम्मेवारीमा छन्,काँग्रेसको मन्त्रालयमा एमालेका सचिव चलाइएको छैन । यस पटकको सरुवामा काँग्रेसी भनेर चिनिएका गोकर्णमणि दुवाडीलाई लखेटेर तथ्यांक कार्यालय,उनकै भाइ नारायण दुवाडीलाई राष्ट्रपति कार्यालय,एरोनोटिकल इञ्जिनियर सुरेश आचार्यलाई उर्जा आयोगतिर खटाइएको छ । काँग्रेसी भनेर चिनिए पनि मधेसी पार्टीसँग व्यक्तिगत सम्बन्ध भएका मुकुन्द निरौला सेटिङ्ग मिलाएर शरदसिंङ्ग भण्डारीले सम्हालेको श्रम मन्त्रालयतिर पुगेका छन् । यद्यपि मन्त्री भण्डारीले घनश्याम उपाध्यायको सरुवाको बिषयमा फरक मत राखेका थिए । उनले प्रधानमन्त्रीसँग राम्रै काम गरिरहेका उपाध्यायलाई सरुवा गर्न जरुरी नभएको जबाफ फर्काएको भए पनि उपाध्याय अख्तियार पुगेर,हाजिर समेनत भइसकेको छन् ।
यसैबीच परराष्ट्र सचिव सेवालाई राजदूत बनाएर पठाउने गृहकार्य चलिरहेको परराष्ट्रका अधिकारीहरुले जनाएका छन् । गेहेन्द्र राजभण्डारीको ठाउँमा सेवालाई पठाउने गरी गृहकार्य शुरु भइसकेको बताइएको छ । यदी सेवा राजदूत भएर गएको खण्डमा केपी शर्मा ओली परराष्ट्रमन्त्री हुँदा उनको सचिवालयमा बसेर काम गरेका अमृत राईको भाग्य खुल्ने छ ।