जब मन्त्रीकै क्वार्टरमा पानी पस्यो

झण्डा हल्लाउँदै हिड्ने मन्त्रीका पनि आफ्नै दुःख ! केपी ओलीको निकट भएकै कारण मन्त्री त पाए तर मन्त्रीमात्र भएर मात्र नहुने, क्वार्टर राम्रो फेला नपर्दा अरुले त हेप्थे नै प्रकृतिले पनि हेप्यो ! बल्ल तल्ल फेला पारेको क्वार्टर पनि बर्खायाममा पानी पसेर कोठा नै हिलाम्मे बनाइदिएसँगै मन्त्रीको दुख शुरु भयो । रमिता मच्चियो अस्ति पुल्चोकमा ।
राम्रा र सुविधासम्पन्न भवन जति अरुले कब्जा जमाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै जिल्लाबासी भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालको भागमा परेको थियो ब्लक सी । यस अघि पम्फा भुसाल उर्जामन्त्री हुँदाकै घटना यस पटक पनि दोहोरियो । उक्त क्वार्टरमा पानी छिरेर हिलाम्य बनाइदिएसँगै हो हल्ला मच्चिने नै भयो । गत विहिबार परेको मुसलधारे बर्षाले मन्त्रीको क्वार्टरका कार्पेट,गलैचा लगायतका भिज्न बाँकी बस्तु केही रहेनन् । क्वार्टरका एउटा कोठाका सबै सामाग्री भिजेर काम नलाग्ने भएसँगै शहरी विकास मन्त्रालय मातहतको निकायले रातारात भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाललाई भोलिपल्टै पुल्चोकबाट भैसेपाटीस्थित एफ टु ब्लकमा सिफ्ट गराइएको छ ।

बिज्ञापन

पुल्चोकस्थित मन्त्री क्वार्टरमा १९ वटा ब्लक छन् । विरेन्द्र राजा हुनेबित्तिकै बनेका ‘ए’ र ‘बी’ ब्लक तीन दशक अघि ‘सी’ र ‘डी’ ब्लक छ । त्यहाँ १२ मन्त्रीहरु बस्दै आएका छन् । बाँकी ५ मन्त्री सैबु,भैसेपाटी र चार जना मन्त्री आफ्नै निवासमा बस्दै आएका छन् । अर्थमन्त्री विष्णु पौडेल घर नजिकै भैसेपाटी क्वार्टरमा सी फोर ब्लकमा बस्न थालेका छन् । यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका र अहिले खानेपानीमा सिफ्ट भएका प्रदीप यादव अघिल्लो सरकारकै पालामा भैसेपाटीस्थित संघीय मन्त्री आवास भैसेपाटीमा बस्दै आएका छन् । प्रदीप इ फोर र वन तथा वातावरणबाट अहिले महिला बालबालिका मन्त्री बनेका नवलकिशोर साह सुडी ए वान ब्लकमा बस्दै आएका छन् । यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता ए टु बल्कमा बस्न थालेका छन् । त्यहाँ प्रतिनिधि सभाको उपसभामुख इन्दिरा राना साउन पहिलो साता डी वान ब्लकमा सार्ने तयारी थियो तर यो बीचमा उनको काण्ड बाहिर आएसँगै भैसेपाटी सर्ने काम रोकिएको छ ।

बिज्ञापन

यता आफ्नै घरमा बस्ने मन्त्रीहरुमा उपप्रधान तथा शहरीमन्त्री प्रकाशमान सिंह,परराष्ट्रमन्त्री आरजु राणा,श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी र उर्जामन्त्री दिपक खड्का रहेका छन् । यस्तै,पुल्चोकस्थित मन्त्री क्वार्टरको डी वान ब्लकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग,डी फाइभमा गृहमन्त्री रमेश लेखक,भूमि मन्त्री बलराम अधिकारी बी थ्री,उद्योगमन्त्री दामोदर भण्डारी सी थ्री,युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी ए वान,स्वास्थ्यमन्त्री प्रदीप पौडेल ए फोर,कानुनमन्त्री अजयकुमार चौरासिया ए टु,संष्कृति,पर्यटनमन्त्री बद्री पाण्डे बी वान,कृषिमन्त्री रामनाथ अधिकारी सी फोर,शिक्षामन्त्री विद्या भट्टराई ए थ्री ब्लकमा बस्दै आएका छन् ।
यस्तै,रक्षामन्त्री मानवीर राई सी फाइभ र वन तथा वातवरणमन्त्री ऐनबहादुर शाही ए फाइभ ब्लकमा बस्दै आएका छन् । पुल्चोकस्थित मन्त्री क्वार्टरमा बस्दै आएका मन्त्रीहरुलाई दशैं अगावै भैसेपाटी सारेर यी क्वार्टरमा सर्वाेच्चका न्यायधीशहरुलाई सार्ने तयारी भइरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्य सचिवलाई जिल्लाबासी,नातेदार कर्मचारीकै भर

सचिव काफ्लेको चलखेल रोकियो: काउन्सेलरमा बसन्त बोहोरा छनोट

अर्थका दुई शक्तिशाली विभाग महानिर्देशकविहीन, भन्सारमा पनि नेतृत्व परिवर्तनको संकेत

निजामती सेवा विधेयकको मस्यौदामा तीन हजार पाँच सयभन्दा बढी सुझाव आए

निजामती सेवा विद्येयकको मस्यौदाप्रति कर्मचारीको आपत्ति,दफा १,२,२८,१२१,१३५ संशोधनको माग

चार सह सचिवको जिम्मेवारी हेरफेर,दुई विभाग रिक्त

सरकारी कार्यक्रमहरू होटल तथा रिसोर्टमा गर्न नपाइने

३० हजार घुससहित खाद्य प्रविधिका प्राविधिक सहायक सन्जय चौधरी पक्राउ

बिशेष