प्रतिकूल बकपत्र गर्ने दुई सरकारी साक्षीविरुद्ध मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकूल बकपत्र गरेको आरोपमा २ सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत्रमा पोखरा महानगरपालिकाका सवइन्जिनियर उषाकिरण रोकायालाई पोखरा ५, मालेपाटनबाट १ लाख ५० हजार घूससहित पक्राउ गरेको थियो । करिब ४ बर्ष अगाडी आयोगको परिक्षामा गण्डकी प्रदेशबाट सब ईन्जिनियरमा उतिर्ण भई स्थायी नियुक्ति प्राप्त गरेर बिरुवा गाउँपालिका स्याङ्जामा पदस्थापन भएकी उनी पछि पोखरा महानगरपालिकामा कार्यरत रहँदा घुससहित फन्दामा परिन ।पोखरा महानगरपालिका १० मा निर्माण भएको घरको सम्पन्न प्रमाण पत्रका लागि शिवप्रसाद बराल, उषाकिरण रोकाया र सुरज कुँवरले ३ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा आयोगले मुद्दा चलाएको थियो अख्तियारले । आयोगले सो मुद्धामा सवइन्जिनियर उषाकिरण रोकाया सरकारी साक्षीका रुपमा चितवनको कालिका नगरपालिका ६ घर भई हाल पोखरा महानगरपालिका १० बस्ने केशरीप्रसाद तिवारी र उर्मिला पौडेललाई उपस्थित गराएको थियो ।

बिज्ञापन

तिवारी र पौडेलले आयोगमा अनुसन्धान अधिकृतसमक्ष गरेको बयान कागजको प्रतिकूल हुने गरी बकपत्र गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा उनीहरूले प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएपछि अख्तियारले मुद्दा दायर गरेको हो ।

दायर गरिएको मुद्दामा उनीहरूसँग साढे तीन लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष