सरकारले २१ सचिवहरुको सरुवा गरिसकेसँगै अब सहसचिवहरुको सरुवाको प्रक्रिया अगाडि बढाएको छ । सत्ता गठबन्धन फेरिएको मन्त्रालयका सचिवहरुको सरुवा टुंग्याइएसँगै अब सहसचिवहरूलाई सरुवा गर्ने तयारी भइरहेको हो। सरकारले एकैसाथ ७० भन्दा बढी सहसचिवहरुको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा गर्ने तयारी गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवहरूको सरुवाको प्रस्ताव लैजाने तयारी गरिरहेको बुझिएको छ । अवधि पुगेका,अघिल्ला पटक माओवादी सरकारले आकर्षक स्थानमा पठाएका,ठूला र आकर्षक मानिएका अड्डाका महानिर्देशकदेखि शक्तिशाली मानिएका जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरूसम्म सरुवा हुने सूचीमा रहेका सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
बिज्ञापन
प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले किस्ता किस्तामा नभई एकै पटक ठूलो संख्यामा सहसचिवहरु यता उता पार्न लागिएको हो । सरुवाको सूचीमा ७० भन्दा सहसचिवहरु पुग्ने आँकलन गरिएको छ । विभिन्न विभागका डिजी, प्रदेश प्रमुख र प्रमुख जिल्ला अधिकारीहरुसहित गरी एकै लटमा ७० भन्दा बढी सहसचिवहरु सरुवा हुन सक्ने आँकलन गरिएको छ । पावरफुल मिनिस्ट्री भनिने अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग, आन्तरिक राजस्व विभाग,ठूला करदाता कार्यालय,उच्चस्तरीय कर कार्यालयको नेतृत्व फेर्ने सरकारको तयारीसंगै त्यहाँको चिफ बन्न सहसचिवहरुको दौडधुप शुरु भैसकेको छ । करिब आधा दर्जन सहसचिव त्यस्तो दौडमा रहेको बुझिन्छ ।अर्थ मन्त्रालय स्रोतका अनुसार यी ठाउँमा जानका लागि धनिराम शर्मा, मदन दाहाल, सुमन दाहाल, सेवन्तक पोखरेललगायतको नाम चर्चामा छ। धनिरामलाई आन्तरिक राजस्व विभागको महानिर्देशक, सुमनलाई राजस्व अनुसन्धान विभाग, सेवन्तक ठूला करदाता कार्यालयको प्रमुख बनाइने चर्चा अर्थ मन्त्रालयमा सुन्न थालिएको छ । यो प्रतिष्प्रर्धामा सुमन दाहाल,मदन दाहाल,दीर्घ मैनाली, सेवन्तक पोखरेलदेखि राजेश्वर ज्ञवालीसम्मका सहसचिवहरु प्रतिष्प्रर्धामा छन् ।
बिज्ञापन
अघिल्लो पटक बैकुण्ठ अर्याल मुख्यसचिव हुँदा सामान्यबाट उठेको सरुवाको फाइलमा महिनौंसम्म नाम थप्ने र हटाउने खेल हुने गरेको थियो । यस पटक त्यस प्रकारको काम हुन्छ वा हुँदैन हेर्न बाँकी नै छ ।